ओली प्यानलमा झापाली वर्चश्व , चार दाजुभाइ अटाउँदै, खरेल र साँवालाई उपेक्षा

दमक/ नेकपा एमालेको जारी १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रकृयामा जाने निधो भएसँगै नेताहरु आफ्नो समुहबाट विभाजित भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानल ( समुह) मा पर्ने उम्मेदवारले चुनाव जित्न सक्ने आंकलन गर्दै उनको क्याम्पमा पर्ने आशा गरेका पदाधिकारी लेबलका नेताहरु पनि ओलीको समुहमा नपरेपछि भित्र भित्रै असन्तुष्ट छन् ।
कतिपय इश्वर पोखरेलको प्यानलमा परेर चुनाव जित्ने अठोटसहित सो समुहतर्फ देखिएका छन भने कतिपय स्वतन्त्र (दुवै प्यानल)मा नपरेका पनि देखिएको छ ।
विशेष गरी पार्टी अध्यक्ष ओलीको गृह जिल्ला त्यसमा पनि ओलीको आफ्नो निर्वाचन क्षेत्रका धेरै भन्दा धेरै आकांक्षीहरु उनको समुहमा परेका छन् ।
तर ओलीको निकट रहेर उनको पक्षमा खुलेर लागेका केही झापाली नेताहरु पनि अहिले ओलीको कोर टिममा परेनन् ।

ओलीको निर्वाचन क्षेत्र अन्तर्गतका हाल कोशी प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका गौरादहका हिक्मत कार्की ओली समुहबाट सचिव पदको उम्मेदवार बनेका छन भने गौरादहकै बासिन्दा तथा पोलिटब्यूरो सदस्य भइसकेका पूर्व मन्त्री अग्नी खरेल भने ओलीको कोर टिममा परेनन् । खरेल ओलीको टिममा नपरेपछि पार्टी भित्र स्वतन्त्र रुपले सचिव पदको उम्मेदवार बनेका छन् ।
सचिव पदमै उम्मेदवारी घोषणा गरेका अर्का झापाली नेता देवेन्द्र दाहाल भने केन्द्रिय सदस्यको मात्रै उम्मेदवार बनेका छन् । यसले ओलीको गृह जिल्लामा धेरै समय अघिदेखि देखिएको खरेल– कार्की , दाहाल पक्षबीच टकराव बढाएको छ । जसको प्रत्यक्ष असर अध्यक्ष ओलीलाई पर्ने देखिन्छ ।

खरेल र कार्की पक्षधर मात्रै छैनन झापामा ओली समुह भित्रै गोविन्द थापा र होमबहादुर थापा, दाजु भाई र उनै थापा परिवारका नातेदार रोमनाथ ओलीसहितको समुह छ । संयोग यस्तो छ कार्की परिवारका दिपक कार्की पनि केन्द्रिय सदस्यका लागि ओली समुहमा परेका छन् । संविधान सभा सदस्य समेत भइसकेका दिपक र हालका सचिवका उम्मेदवार हिक्मत कार्की एकै परिवारका दाजुभाई हुन् ।
एमालेको ओली समुह भित्र एकै परिवारका एउटै भुगोल (क्षेत्र ५ ) का दाजुभाई ( कार्की दाजु भाई र थापा दाजु भाई, भिनाजु रोमनाथ ओली) समेत अटाए पनि ओलीको क्षेत्र नं ५ कै नेता खरेल अटाउन सकेनन् । आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् ।
क्षेत्र नं ५ सँगै जोडिएको अर्को क्षेत्र नं ४ मा दुई पटक सम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर एमालेको किल्ला बनाउन सफल भएका उद्योगी व्यवसायी नेता समेत रहेका लालप्रसाद (एलपी) साँवा पनि ओलीको समुहमा अन्तत अटाउन सकेनन् । उनी २०७४ र २०७९ को दुवै निर्वाचनमा ग्रामिण इलाका समेट्ने भुगोल क्षेत्र नं ४ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेता हुन् ।
उनकै अगुवाईमा झापा इनर्जी लिमिटेड स्थापना गरी झापामा सौर्य उर्जा उत्पादन गरी ठुलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणलाई आर्थिक समृद्धिको बाटोमा डोहोरयाउने काम साँवाले गरिरहेका छन् । नेपाल उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत रहेका साँवा कार्यकर्ता परिचलान र आफ्ना क्षेत्रबासीलाई नजिकबाट हेर्ने र दुखसुखमा साथ दिने नेताका रुपमा चिनिन्छन् ।
पार्टीको कोशी प्रदेश कमिटी सदस्य र यसपटकको महाधिवेशन प्रतिनिधि छनोट निर्वाचनमा समेत सर्वाधिक मत ल्याएर साँवा महाधिवेशनमा केन्द्रिय सदस्य बन्ने इच्छा राखेर अघि बढेका थिए । ओलीले आफ्नो समुहमा नराखे पनि साँवा पोखरेल समुहमा गएका छैनन् । तटस्थ रुपमा रहेका साँवाको भुमिकाले यो महाधिवेशनमा विशेष अर्थ र महत्व राख्ने विश्लेषण एमाले वृत्तमा छ ।

साँवा ओली समुहमा नपरे पनि ओलीकै क्षेत्रका इन्द्र भण्डारी, चिन्तन पाठक , निर्मला पाठक , जलवर्षा राजवंशी , मेनुका काफ्ले , गीता अधिकारी र सुनिता बराल भने उनको समुहमा अटाएका छन् । मेची नगरकी मीना उप्रेतीले पनि सोही समुहबाट उम्मेद्वारी दिएको बुझिएको छ । उता इश्वर पोखरेलको प्यानलबाट झापाका तर्फबाट रविन कोइरालाले मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।

सुहाङलाई किन अटाएनन ओलीले ?
झापासँगै जोडिएको इलामका सुहाङ नेम्वाङ पनि ओलीको समुहमा अटाउन सकेका छेनन् । पछिल्लो समय विघठित संसदमै ओली सरकारले चालेका इम्बोस्ट नम्बर प्लेट लगायतका कतिपय कदमबारे असन्तुष्टि राखेका युवा नेता नेम्वाङ स्वर्गीय सुवास नेम्वाङका सुपुत्र हुन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन् । छोटो समयमै उनले बुबा जस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन् ।
इलाम २ मा भएको उपनिर्वाचनमा उनी एमालेबाट विजयी बनेका थिए । एमालेको युवा पङ्तिले उनी संस्थापन पक्षको लिस्टमा अटाउने अपेक्षा गरेको थियो । तर, अटाउन नसकेपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएका हुन् ।

कांग्रेस दमकको सर्वसम्मत सभापतिमा गोकूल श्रेष्ठको प्रवल सम्भावना

दमक/ नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै झापाको दमकमा पनि कांग्रेसको स्थानीय नेतृत्व सर्वसम्मत चयन गर्न नेतृत्वले आन्तरिक कसरत अघि बढाएका छन् ।

पार्टीको नगर सभापतिका आकांक्षी (सम्भावित उम्मेदवार)हरु एकपछि अर्को गर्दै बढ्न थालेपछि पार्टी नेताहरुले आन्तरिक एकतामा जोड दिँदै साझा र सर्वसम्मत नेतृत्व कसले लिन सक्ला भन्दै आन्तरिक बहस र छलफल गरिरहेका छन् ।

अघिल्ला महाधिवेशनहरुमा भन्दा फरक यस पटक दमक नगरमा नेतृत्वका लागि खासै गुटगत प्यानलहरु खडा गर्न खोजिएको छैन ।

विशेष गरी कांग्रेस दमक नेतृत्वमा अघिल्ला नेतृत्वहरुले प्यानल खडा गर्ने र समुह समुह बनाएर कार्यकर्ता डोहोरयाउने गरेकोमा यसपटक आन्तरिक एकताको आवश्यकता महसुस गरेर नेताहरु सके सर्वसम्मत नेतृत्वको कसरतमा लागेका हुन् ।

नगर समितिका हालका पदाधिकारीहरु तथा वडा सभापतिहरु समेत नगर सभापतिका आकांक्षी भएको बुझेपछि यहाँ नगर सभापतिका लागि सर्वसम्मत साझा नेतृत्व खोज्ने प्रयास भइरहेको बताइएको छ ।

नेपाल तरुण दलको क्षेत्रीय नेतृत्व सम्हालिरहेका र नयाँ पुस्तादेखि पाको पुस्तासम्म सहज रुपमा जोडिन सक्ने नेताका रुपमा लोकप्रिय तरुण नेता गोकूल श्रेष्ठलाई सर्वसम्मत नगर सभापति बनाएर अघि बढाउन मध्यमार्गी प्रस्तावमाथि नेताहरुले छलफल चलाइरहेका छन् । यस अघि नगर सभापतिका आकांक्षी नेताहरुलाई अन्य बैकल्पिक स्थानमा व्यवस्थापन गर्दै युवा पुस्ताबाट अधिकतम कार्यकर्ताहरुको भावना बुझ्ने नेतृत्वका रुपमा श्रेष्ठको नाम प्रस्ताव भएको बताइएको छ । यस बिषयमा युवा नेता श्रेष्ठ स्वयं भने खुल्न चाहेका छैनन् । नाम प्रस्ताव हुनु मात्रै ठुलो कुरा होइन सबैका लागि मान्य नाम हुनुचाहिं ठुलो बिषय हो– श्रेष्ठले आफ्नो नाम पार्टी भित्र चर्चामा आउनुलाई आफूले सामान्य रुपमा लिएको बताउँदै भने ।

श्रेष्ठ दमक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य समेत छन् । दमक १ निवासी श्रेष्ठ पार्टीको केन्द्रीय राजनीतिमा सोझै पहुँच राख्ने हैसियत भएको र कार्यकर्ताहरुमाझ मिलनसार र लोकप्रिय मानिन्छन् ।

एमालेको बन्द सत्र शुरु हुँदै, पदाधिकारीमा आकांक्षी व्यवस्थापनको चुनौती

काठमाडौं/ नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ ।   नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ । भृकुटीमण्डपमा आइतबार हुने बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । अध्यक्षमा ओलीविरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । दुवै पक्ष छुट्टाछुट्टै प्यानल निर्माणको गृहकार्यमा छन् । ओलीको निर्णय नै ‘अन्तिम’ हुने भएकाले संस्थापनका अधिकांश आकांक्षीले त्यसैमा चित्त बुझाउने अवस्था छ । पोखरेल समूह भने संस्थापनको प्यानलमा समेटिन नसकेका नेताहरूलाई आफ्नो पक्षमा ल्याउन पहल गर्ने योजनामा छ ।

एमालेमा हाल अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना हुने व्यवस्था छ । केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रावधान छ । अध्यक्ष ओलीले विधान संशोधनमार्फत उपाध्यक्ष र सचिवको संख्या बढाएर क्रमशः पाँच र नौ बनाउने, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने तयारी गरेका थिए । यसकै लागि शुक्रबार सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावमा छलफल भएको थियो । त्यसमा वरिष्ठ उपाध्यक्ष पोखरेलले विरोध गरेपछि असफल भयाे । ओलीनिकट एक नेताका अनुसार १५ पदाधिकारीका लागि ५० जनाभन्दा बढी आकांक्षी छन् । ओलीलाई सबैभन्दा जटिल महासचिव र उपाध्यक्षमा नेता व्यवस्थापनमा देखिएको छ ।

हाल उपमहासचिव रहेका पृथ्बी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरिरहेका छन् । ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउन चाहेका छन् । त्यसो हुँदा तीन उपाध्यक्षमा गुरुङ र ज्ञवालीलाई उपाध्यक्षमा लैजानुपर्ने हुन्छ । त्यसपछि हालका उपाध्यक्ष रामबहादुर थापा र गुरु बरालको व्यवस्थापन गर्ने चुनौती आउँछ । अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि त्यही पदमा दोहोरिन चाहेका छन् । ओलीनिकट एक नेताका अनुसार पौडेल, थापा र बराललाई उपाध्यक्षमै कायम राखेर गुरुङ, ज्ञवाली र अर्का उपमहासचिव विष्णु रिमाललाई त्यही पदमा दोहोर्‍याउने अर्को विकल्प छ । हाल सचिव रहेका छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठ उपमहासचिवका दाबेदार छन् । उपमहासचिवमा दोहोर्‍याइए विश्वकर्मा, अर्याल र महासेठले सचिवमै चित्त बुझाउनुपर्ने हुन्छ । त्यसबाहेक दर्जनभन्दा बढीले सचिवमा आकांक्षा राखिरहेका छन् ।

आफूलाई अप्ठ्यारोमा पर्दा काँध थापेका महेश बस्नेतलाई ओलीले सचिव बनाउन खोजेका छन् । सचिवमा खगराज अधिकारी, भानुभक्त ढकाल, किरण गुरुङ, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई, अग्नि खरेल, राजेन्द्र गौतम, हिक्मत कार्की, सूर्य थापा, जुली महतो, ज्वाला साह, नीरज आचार्य, नरुलाल चौधरी, खिमलाल भट्टराई, पदम गिरी, विशाल भट्टराईलगायत नेता पनि आकांक्षी छन् । हाल पदाधिकारीबाहेक २३ सदस्यीय स्थायी कमिटीमा रहेका अधिकांश सचिवका आकांक्षी छन् ।

पोखरेल पक्षमा खुलेका उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले दोहोरिन चाहेका छैनन् । सचिव गोकर्ण बिष्टले उपाध्यक्ष वा अरू पदमा उम्मेदवारी दिनेबारे टुंगो भएको छैन । संस्थापन पक्षको उम्मेदवार हेरी उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई महासचिवको उम्मेदवार बनाउने तयारी छ । उपमहासचिवमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, ठाकुर गैरे, सुरेन्द्र मानन्धर, रचना खड्का, अरुण नेपाल, पुरुषोत्तम पौडेल, झपट रावल, उषाकिरण तिम्सेनामध्येबाट उठ्ने तयारी छ । सचिवमा गोकुल बाँस्कोटाले छुट्टै उम्मेदवारी दिने बताए पनि उनी पोखरेल समूहसँग छलफलमै छन् । संस्थापनबाट आधिकारिक उम्मेदवार हुन नपाएका नेताहरू आफ्नो पक्षमा आउन सक्ने पनि पोखरेल पक्षको बुझाइ छ ।

डिपिएल नेपालको अध्यक्षमा खतिवडा

दमक/ डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दमकमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट दुर्गाप्रसाद खतिवडा (दिवस)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार राती अबेर सम्पन्न महाधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी महासचिवमा कमल गैरे, कोषाध्यक्षमा जीवन सापकोटा र उपाध्यक्षमा मनिष गिरी निर्वाचित भएका छन् ।
संस्थाको विधान बमोजिम निर्देशकहरुमा अश्विन तिम्सिना, मनिका गिरी, जेनिश चम्लागाईं र दिपक न्यौपाने निर्वाचित भएका जनाइएको छ । यस अघि सो संस्थाको नेतृत्व अनिता खत्रीले गर्दै आएकी थिइन् । एक बर्षे कार्यकालका लागि यो समिति निर्वाचित भएको हो । यो संस्थाले दमकमा मुख्य कार्यालय स्थापना गर्दै देशभरका विभिन्न जिल्लामा हाल सम्म २१ वटा शाखा विस्तार गरिसकेको छ ।

ताराबारी आधारभूत विद्यालय अध्यक्षमा गौतम

दमक/ दमक नगरपालिकास्थित तारावारी आधारभूत विद्यालय ब्यवस्थापन समितको अध्यक्षमा सन्तोष गौतम सर्वसम्मत रुपमा चयन भएका छन्।

सामाजिक काममा सक्रिय गौतम दमक -४ स्थित विद्यालयको स्तरोन्नतिका निम्ति निरन्तर क्रियाशील थिए।

आइतवार विद्यालय परिसरमा आयोजित भेलावाट गौतम अध्यक्ष चुनिएका हुन्। गौतम साविक नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटीका सदस्य तथा झापा क्षेत्र नं ५ का अध्यक्ष समेत रहेका छन्।  गौतमले राज्यका निकाय र अभिभावकसंग सहकार्य गरी विद्यालय सुधारमा समर्पित हुने वताए।

कांग्रेस दमकको सर्वसम्मत सभापतिमा गोकूल श्रेष्ठको प्रवल सम्भावना

दमक/ नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै झापाको दमकमा पनि कांग्रेसको स्थानीय नेतृत्व सर्वसम्मत चयन गर्न नेतृत्वले आन्तरिक कसरत अघि बढाएका छन् ।
पार्टीको नगर सभापतिका आकांक्षी (सम्भावित उम्मेदवार)हरु एकपछि अर्को गर्दै बढ्न थालेपछि पार्टी नेताहरुले आन्तरिक एकतामा जोड दिँदै साझा र सर्वसम्मत नेतृत्व कसले लिन सक्ला भन्दै आन्तरिक बहस र छलफल गरिरहेका छन् ।

अघिल्ला महाधिवेशनहरुमा भन्दा फरक यस पटक दमक नगरमा नेतृत्वका लागि खासै गुटगत प्यानलहरु खडा गर्न खोजिएको छैन ।
विशेष गरी कांग्रेस दमक नेतृत्वमा अघिल्ला नेतृत्वहरुले प्यानल खडा गर्ने र समुह समुह बनाएर कार्यकर्ता डोहोरयाउने गरेकोमा यसपटक आन्तरिक एकताको आवश्यकता महसुस गरेर नेताहरु सके सर्वसम्मत नेतृत्वको कसरतमा लागेका हुन् ।

नगर समितिका हालका पदाधिकारीहरु तथा वडा सभापतिहरु समेत नगर सभापतिका आकांक्षी भएको बुझेपछि यहाँ नगर सभापतिका लागि सर्वसम्मत साझा नेतृत्व खोज्ने प्रयास भइरहेको बताइएको छ ।
नेपाल तरुण दलको क्षेत्रीय नेतृत्व सम्हालिरहेका र नयाँ पुस्तादेखि पाको पुस्तासम्म सहज रुपमा जोडिन सक्ने नेताका रुपमा लोकप्रिय तरुण नेता गोकूल श्रेष्ठलाई सर्वसम्मत नगर सभापति बनाएर अघि बढाउन मध्यमार्गी प्रस्तावमाथि नेताहरुले छलफल चलाइरहेका छन् ।

यस अघि नगर सभापतिका आकांक्षी नेताहरुलाई अन्य बैकल्पिक स्थानमा व्यवस्थापन गर्दै युवा पुस्ताबाट अधिकतम कार्यकर्ताहरुको भावना बुझ्ने नेतृत्वका रुपमा श्रेष्ठको नाम प्रस्ताव भएको बताइएको छ । यस बिषयमा युवा नेता श्रेष्ठ स्वयं भने खुल्न चाहेका छैनन् । नाम प्रस्ताव हुनु मात्रै ठुलो कुरा होइन सबैका लागि मान्य नाम हुनुचाहिं ठुलो बिषय हो– श्रेष्ठले आफ्नो नाम पार्टी भित्र चर्चामा आउनुलाई आफूले सामान्य रुपमा लिएको बताउँदै भने ।
श्रेष्ठ दमक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य समेत छन् । दमक १ निवासी श्रेष्ठ पार्टीको केन्द्रीय राजनीतिमा सोझै पहुँच राख्ने हैसियत भएको र कार्यकर्ताहरुमाझ मिलनसार र लोकप्रिय मानिन्छन् ।

डिपिएल नेपालको छैठौं महाधिवेशन उदघाटन

दमक/ डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौं राष्ट्रिय महाधिवेशन झापाको दमकमा उदघाटन गरिएको छ । पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यमा शनिबार दमकमा महाधिवेशन उदघाटन गरिएको हो ।

डिपीएल नेपालकी राष्टिय अध्यक्ष अनिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रमबीच प्रमुख अतिथी शाक्य, साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेली, लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने लगायतले संयुक्त रुपमा महाधिवेशनको उदघाटन गरे ।
उदघाटन कार्यक्रमका वक्ताहरुले डिपिएल नेपालले पठन संस्कृतिसँगै युवाहरुलाई रचनात्मक कार्यमा जोडन खेलेको भुमिका प्रशंसनिय भएको उल्लेख गरे । उदघाटन कार्यक्रममा दमक ७ का वडाध्यक्ष भिम पौडेल, इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्साल लगायतको आतिथ्य रहेको थियो ।

महाधिवेशनमा संस्थाको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायत भावी योजना तथा कार्यक्रमहरुबारे पनि चर्चा परिचर्चा भएको बताइएको छ । महाधिवेशनमा संस्थाका २१ व्टा शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु समेत करीब २ सय जना सहभागी रहेका आयोजकले जनाएको छ । महाधिवेशनले दुर्गा प्रसाद खतिवडा ( दिवस)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गर्ने तयारी छ ।
निर्वाचन कार्यक्रम यसअघिनै शुरु भएको र सबै पदहरुमा आवश्यक संख्या भन्दा धेरै उम्मेदवार नभएकाले खतिवडाको अध्यक्षतामा सिंगो कार्यसमिति निर्विरोध निर्वाचित हुने निश्चीत देखिएको हो ।

 

ओलीसँगको प्रतिस्पर्धामा उत्रिँदै कांग्रेसका युवा नेता केरुङ

झापा/ नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिको ध्यान खिच्दै आएको झापाको क्षेत्र नं ५ मा युवा नेता अइन्द्रविक्रम केरुङलाई उठाउने लगभग पक्का जस्तै भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मुकाबिला गर्न कांग्रेसको बिद्यार्थी संगठनदेखिनै सक्रिय नेतृत्व लिँदै आएका महासमिति सदस्य समेत रहेका केरुङनै मैदानमा उत्रिने सम्भावना बलियो देखिएको हो ।
पार्टीको वडा तहदेखिनै भएको छलफल तथा सिफारिस प्रक्रियामा उनको नाम शीर्षस्थानमा रहेको छ । पार्टीको क्षेत्रीय समिति र जिल्ला समिति दुवैले उम्मेदवार सिफारिस गर्दा केरुङको नाम एक नम्बरमा राखेको छ । केरुङ क्षेत्र–५ मा ‘हेभिवेट’ प्रत्यासीका रूपमा उभिने लगभग पक्का जस्तै भएको नेपाली कांग्रेसका उच्च तहका नेताहरुले समेत बताएका छन् ।
ओलीको राजनीतिक आधार क्षेत्र मानिएको झापा ५ को यो भुगोलमा ओलीलाई काउण्टर दिन कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रमहरुमा व्यक्त भएको भावना अनुरुप दमक बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भइसकेर युवा बिद्यार्थीहरुमाझ लोकप्रिय स्थानीय युवा नेता केरुङलाई खडा गरेको हो ।
दमक–१ का स्थायीबासिन्दा केरुङ सादा जिवनशैली , मिलनसार स्वभावका मानिन्छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनले एमालेको पकड क्षेत्र मानिएको दमकमा रहेको दमक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जित निकालेर चुनावी यात्रा शुरु गरेका हुन् । त्यस यता संसदीय फाँटमा उनी चुनाव लड्नबाट बञ्चित हुँदै आएका थिए तर पार्टीको आन्तरिक अधिवेशनमा भने उनी १३ औं महाधिवेशनमा पहिलो पटक प्रतिनिधि निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा उनले फड्को मार्दैै महासमिति सदस्यको निर्वाचन समेत लोकप्रिय मतसहित जितेका हुन् । उनको उम्मेदवारीले दमकको स्थानीय मत , गौरादह, कमल र गौरीगञ्जको समेत प्रभावित मत तान्न सक्ने, एमाले अध्यक्ष ओलीका बिषयमा देशव्यापी रुपमा देखिएको असन्तुष्टि जस्ता कारणले केरुङ आगामी निर्वाचनमा ओलीसँगको बलियो प्रतिस्पर्धामा उत्रिन सक्ने अनुमान स्थानीय वृत्तमा हुन थालेको छ ।

राजाको भान्जाको नाममा चार करोड ठगी गर्ने पक्राउ

झापा/ विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह झापामा पक्राउ परेका छन् ।

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट  पक्राउ गरेको हो। उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेको थिए।

युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए। पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका सिहंविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाठौँमा चार, ललितपुरमा दुई गरी छवटा ठगीसम्बन्धी कसुर तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भनी प्रहरी बृत्त दरबारमार्गमा एउटा मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।
कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूले निजविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भ्रदकालीमा जाहेरी दिन अनुरोध समेत गरेको छ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन तयारी पूरा

भक्तपुर/ नेकपा (एमाले) ले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिए ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।  नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने  उनको भनाइ छ ।