एमालेको ११ औं राष्ट्रिय महाधिवेशन तयारी पूरा

Author Nishkarsha News
२०८२ मंसिर २७, शुक्रबार २१:०८

भक्तपुर/ नेकपा (एमाले) ले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिए ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।  नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने  उनको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्