रोटरी क्लब अफ दमकको बार्षिक कार्ययोजना सार्वजनिक

दमक/ झापाको दमकमा सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहेको अन्तराष्ट्रिय सञ्जाल भएको रोटरी क्लब अफ दमकको नयाँ नेतृत्वले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ ।
क्लबको नेतृत्व केशवकुमार अग्रवालले सम्हालेपछि सो टिमले आफ्नो बार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । रोटरीले शिक्षा, स्वास्थ्य, शान्ति, सरसफाई, आर्थिक सशक्तिकरण, महिला सशक्तिकरण , वातावरण संरक्षण लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।
क्लबले बिहिबार पत्रकार सम्मेलन गरेर आगामी एक बर्ष भित्र सञ्चालन गर्ने सामाजिक सेवाका कामहरु बारेमा जानकारी गराएको थियो ।
क्लबका अध्यक्ष अग्रवालले पोलियो निर्मुलीकरण, स्वास्थ्य शिविर, रक्तदान सहित स्वास्थ्य चेतनाका कार्यक्रमहरु गरिने जानकारी दिनु भयो । त्यस्तै मातृ तथा बाल स्वास्थ्य तर्फ सुरक्षित प्रसुति, पोषण , खोप कार्यक्रम आदी सञ्चालन गरिने जनाइएको छ ।
दमकमा स्थापनाकालदेखिनै सक्रिय भुमिका निर्वाह गर्दै आएको संस्थाले दमकमानै पहिलो पटक मिर्गौलाका बिरामीहरुका लागि डयलोसिस सेवा सञ्चालन गरिरहेको र दमकको एक निजी अस्पतालसँगको साझेदारीमा सञ्चालित सो सेवाबाट दैनिक १४ देखि १६ जना सम्म बिरामीहरुले सेवा लिइरहेका रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष समेत विक्रमकुमार साहले जानकारी दिनु भयो । लाइफलाइन अस्पताल दमकसँगको साझेदारीमा सञ्चालित सो सेवा दमक र आसपास क्षेत्रका लागि पयाृप्त नभएकाले थप विस्तारको योजना रहेको समेत उहाँले बताउनु भयो । सो अवसरमा क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, सन्दीप चापागाइँ (दिपु) लगायत रोटरीमा क्रियाशील व्यक्तित्वहरुले रोटरीको कार्यक्षेत्र, योजना र यसबाट समाजमा पुगेको योगदान आदीका बिषयमा जानकारी गराउनु भएको थियो ।

 

सुनको मूल्य ह्वात्तै घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलामा २४ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो करोबार दिन बुधबार सुन १ लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

करेन्ट लागेर र सिटी सफारी दुर्घटनामा दुई जनाको मृत्यु

दमक/ झापाको गौरादह नगरपालिका वडा नम्बर ७ गच्यामारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लागेर एक जना बृद्धाको मृत्यु भएको छ ।
सो ठाउँकी ७७ बर्षिया तेजकुमारी उप्रेतीको घाँस काट्ने मेसिनमा करेन्ट लागेर मृत्यु भएको हो । बुधबार साँझ करिब ७ बजे सो घटना भएको स्थानीय नारायण राजवंशीले जानकारी दिनु भयो ।
त्यसैगरी मदनभण्डारी लोक मार्ग अन्तर्गत मोरङको लेटाङ नगरपालिका–५ मा सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा सिटी सफारीमा सवार ३२ बर्षिय जनम तामाङको मृत्यु भएको हो । दुर्घटनापछि घाइते भएका चार जना मध्ये तामाङको उपचारका क्रममा बुधबार विराटनगरमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा लेटाङ–४ का ३९ बर्षीय भिषण राई, सुनसरी बराहक्षेत्रका २२ बर्षीत सन्देश राई र ३० बर्षीय क्षितिज राई घाईते हुनुभएको छ ।

मधेश प्रदेशका आठ जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं/ मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो ।

मधेश प्रदेश सरकारले मंगलबार (हिजो) संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मधेश प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक भएको रहेको गृह मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशका आठ वटा जिल्लामा सुख्खाका कारण खानेपानी, सिँचाई तथा कृषि क्षेत्रमा विपद्को अवस्था सिर्जना भएकोले मधेस प्रदेशभर संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारले गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २(द) मा विपद् प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने व्यवस्था छ ।

कांग्रेसद्धारा धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा वीपिको सम्झना, अस्पतालमा फलफुल

दमक/  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर झापाको कमल ५ स्थित आन्तरिक पर्यटनको गन्तव्यको रुपमा बिकास गरिँदै लगेको साधुहोली सिमसार क्षेत्रमा बृक्षारोपणसहित फोहोरमैला व्यवस्थापन सामग्री राखिएको छ ।

नेपाली कांग्रेस कमल गाउँ समितिले कमल गाउँपालिका अध्यक्ष समेत रहनु भएका कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वीपि कोइरालाको राजनीतिक, साहित्यीक जिवन र समाजवादका बिषयमा चर्चा पनि गरिएको थियो ।

सो अवसरमा पर्यटकीय गन्तव्यको रुपमा निर्माण गरिँदे गरेको साधुहोली सिमसारको बिकास र संरक्षणका लागि कमल गाउँपालिका र पर्यटन बोर्ड मार्फत युएनडीपिसँगको साझेदारीमा भइरहेको काम प्रशंसनिय रहेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको तर्फबाट कमल गाउँपालिका भित्रको पर्यटन बिकाससँगै त्यहाँको शिक्षा, स्वास्थ्य कृषि र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि आफू त्यतिमै सन्तुष्ट भएर नबसेको बताउनु भयो ।

उहाँले नेपाली कांग्रेसको माथिल्लो नेतृत्व र स्थानीय कार्यकर्ताहरुकाबीचमा रहेको खाडललाई पुर्न नेता, कार्यकर्ताहरुले आआफ्नो ठाउँबाट योगदान दिन सक्नु पर्ने धारणा राख्नु भयो । जनताको सेवानै वीपिको लक्ष्य हो भन्ने आफ्नो बुझाई रहेको बताउँदै उहाँले कांग्रेस नेता, कार्यकर्ताहरु कुरामा भन्दा काममा विश्वास गर्ने सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले वीपिको विचार र सिद्धान्तको बहस गरेर मात्रै नबसेको र व्यवहारमा कांग्रेसले बिकास र समृद्धिको खाका सहित अघि बढेको उल्लेख गर्नु भयो । कांग्रेसको नेतृत्वमा कमल गाउँपालिका भित्रका बिकासका योजनाहरु सन्तुलित रुपमा अघि बढेको अनुभूती पार्टीले गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि राजनबहादुर ढुंगानाले पुँजीवादी सोच राखेर समाजवाद ल्याउन नसकिने हुनाले कांग्रेस नेता, कार्यकर्ताहरुले आफूलाई सच्याउन ढिलाई गर्न नहुने बताउनु भयो । नेता ढुंगानाले समग्र कमलको बिकासमा कांग्रेस नेतृत्व सफल रुपमा अघि बढेको र यत्तिमा मात्रै चित्त बुझाएर बस्नु नहुने बताउनु भयो ।

सो अवसरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलिप राई, झापा क्षेत्र नं ५ खका सभापति रवि केसी, नेपाल तरुण दल झापाका अध्यक्ष राजकुमार न्यौपाने, पार्टीका प्रदेश क्षेत्र कका कोषाध्यक्ष बदी साम्पाङ राईसहित विभिन्न तहका नेतृत्वको साथै कमल र दमक क्षेत्रबाट स्थानीयहरु ठुलो संख्यामा सहभागी थिए ।
त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) को प्रदेश सभा क्षेत्रीय समितिको आयोजनामा दमक नगर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
प्रदेश सभा क्षेत्रीय सभापति रवि केसीका अनुसार अस्पतालका करिब ५० जना बिरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितीमा आयोजित फलफुल वितरणमा सभापति केसीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमका पार्टीका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपाली कांग्रेसका संस्थापक कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

यस दिनलाई नेपाली कांग्रेससहित साहित्यीक क्षेत्र सम्बन्धि संघ संस्थाहरुले अत्यन्तै महत्वपूर्ण दिनका रुपमा लिने गर्छन । नेपाली साहित्यका क्षेत्रमा पनि कोइरालाको महत्वपूर्ण योगदान रहेको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छु भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनु भएको थियो ।

४३ औं वीपि स्मृती दिवस मनाइँदै, कमलमा सरसफाईसहित वृक्षारोपण गरिँदै,दमकमा फलफुल वितरण

दमक/  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपाली कांग्रेसका संस्थापक कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
यस दिनलाई नेपाली कांग्रेससहित साहित्यीक क्षेत्र सम्बन्धि संघ संस्थाहरुले अत्यन्तै महत्वपूर्ण दिनका रुपमा लिने गर्छन । नेपाली साहित्यका क्षेत्रमा पनि कोइरालाको महत्वपूर्ण योगदान रहेको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छु भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनु भएको थियो ।
वि.सं. २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि उनीहरूलाई सुन्दरीजल बन्दीगृहमा सारिएको थियो, जहाँ कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतका मन्त्रीहरूलाई बन्दी बनाइएको थियो ।
वि.सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएपछि कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु परेको थियो ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको परवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किनु भएको थियो ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ वटा उपन्यास प्रकाशित छन्। उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छन् भने हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ पनि प्रकाशित छन्।् ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, र वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेका छन् ।
सम्झनामा विभिन्न कार्यक्रम
यसैबीच वीपि स्मृति दिवसको अवसर पारेर वीपि कोइरालाको सम्झनामा आज नेपाली कांग्रेसले झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित पर्यटकीयस्थलका रुपमा बिकास गरिँदै गरेको साधुहोली सिमसार क्षेत्रमा श्रमदानमा सरसफाई तथा बृहत वृक्षारोपण कार्यक्रम गर्दैछ ।
कांग्रेस कमल गाउँ समितिको आयोजनामा हुन लागेको सो कार्यक्रममा पार्टी, स्थानीय नेता, कार्यकर्ताहरुसहित स्थानीय संघ संस्था र सर्वसाधारण नागरिकहरु समेत सहभागीह हुने जनाइएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) को प्रदेश सभा क्षेत्रीय समितिको आयोजनामा दमक नगर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । प्रदेश सभा क्षेत्रीय सभापति रवि केसीका अनुसार अस्पतालका करिब ५० जना बिरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको हो । कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितीमा आयोजित फलफुल वितरणमा सभापति केसीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमका पार्टीका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीसहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

 

प्रहरी निरिक्षक विजय चौहान र प्रनानी अधिकारी उत्कृष्ट प्रहरी घोषित

दमक/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी  मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । त्यस्तै भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएका तथा झापा गाउँपालिका–४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएका थिए । त्यसैगरी प्रहरी नायव निरीक्षक अधिकारीले मोरङको कटहरी गाँउपालिका–३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेका प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुव्र्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको ठहर गर्दै सोको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

शेयर ठगी आरोपमा अग्रवाल पक्राउ

शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगन्जका प्रवक्ता अपिल बोहोराका अनुसार अग्रवाललाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

‘उनलाई ठगी र अपराधी केसमा पक्राउ गरेको हो’, बोहोराले भने, ‘शेयरको ठगी तथा अपराधी विश्वास घातमा पक्राउ परेको हो ।’

अग्रवाललाई उजुरीका आधारमा पक्राउ परेको बोहोराले जानकारी दिएका छन् । अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खबरहबबाट 

‘असार मास’ ल्याउदै जीवन, गीता र स्मिता


काठमाडौं / माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा स्वर भर्नुभएको छ लोकप्रिय गायिका स्मिता प्रधान, शब्द सिर्जना गर्नुभएको छ सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारी र संगीत संयोजन राजु कार्कीले ।

गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भन्नुभयो, ‘यो गीत गाउनु मात्र नभई महसुस गर्नु थियो । यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।’

सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भन्नुभयो, ‘जीवन शर्मासँगको सहकार्यबाट सधैं विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।’

जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहनुभएको छ, उहाँका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पाँच दर्जनभन्दा धेरै गीतमा उहाँले संगीत भर्नुभएको छ ।

गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’

गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘असार मास’ केवल गीत नभएर,  माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताउनुभयो ।

भारत कालिम्पोङ कि स्मिता प्रधान एक प्रतिभाशाली गायिका हुनुहुन्छ जसले ‘द भ्वाइस अफ नेपाल सिजन-५’ मा भाग लिएर दर्शकहरूको ध्यान आकर्षित गर्न सफल हुनुभएको थियो । विभिन्न चरण पार गर्दै नकआउट राउन्डमा पुगेर आउट हुनुभएकी उहाँले कोचहरूको र दर्शकहरूको मन जित्नुभएको थियो । बिजेता हुन नसकेपनी उहाँ गायन क्षत्रमा ब्यस्त हुनुहुन्छ ।

दमक क्याम्पस शिक्षा विभागले गर्यो स्थायी सेवामा कार्यरतहरुलाई सम्मान

दमक/झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायको अध्ययन सकेर राष्ट्रसेवक कर्मचारीका रुपमा नेपाल सरकारको स्थायी सेवामा कार्यरत ९६ जनालाई आज सामुहिक सम्मान गरिएको छ ।
क्याम्पसको शिक्षा शास्त्र संकायले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न ठाउँमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
त्रिभुवन विश्व बिद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा. गोविन्दप्रसाद गुरागाइँको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।


दमक बहुमुखी क्याम्पस शिक्षा विभाग प्रमुख कल्पना खतिवडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्षद्धय सुरेश सुब्बा र देवीप्रसाद दाहाल, सञ्चालक सदस्यहरु शेरबहादुर भट्टराई र बोधप्रसाद घिमिरे, शिक्षा समिति संयोजक अम्बिका खनाल, क्याम्पस प्रमुख यज्ञराज गिरी, पूर्व क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।