दमक/झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायको अध्ययन सकेर राष्ट्रसेवक कर्मचारीका रुपमा नेपाल सरकारको स्थायी सेवामा कार्यरत ९६ जनालाई आज सामुहिक सम्मान गरिएको छ ।
क्याम्पसको शिक्षा शास्त्र संकायले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न ठाउँमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
त्रिभुवन विश्व बिद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा. गोविन्दप्रसाद गुरागाइँको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।


दमक बहुमुखी क्याम्पस शिक्षा विभाग प्रमुख कल्पना खतिवडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्षद्धय सुरेश सुब्बा र देवीप्रसाद दाहाल, सञ्चालक सदस्यहरु शेरबहादुर भट्टराई र बोधप्रसाद घिमिरे, शिक्षा समिति संयोजक अम्बिका खनाल, क्याम्पस प्रमुख यज्ञराज गिरी, पूर्व क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।