दमक/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । त्यस्तै भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएका तथा झापा गाउँपालिका–४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएका थिए । त्यसैगरी प्रहरी नायव निरीक्षक अधिकारीले मोरङको कटहरी गाँउपालिका–३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेका प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुव्र्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको ठहर गर्दै सोको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वाेत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।