संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं /  मुलुकमा बढ्दो धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै कडा चेतावनीसहित ज्ञापनपत्र पेश गरेको छ।

सङ्घीय गणतान्त्रिक गठबन्धन तथा यसमा आबद्ध नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीको तर्फबाट आइतबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्र पूर्वगृह राज्यमन्त्री तथा सङ्घीय गणतान्त्रिक गठबन्धनका संयोजक मो.रिजवान अन्सारीको नेतृत्वमा पेश गरिएको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा मधेश प्रदेशकी पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारी, नेपाल संघीय समाजवादी पार्टीका उपमहासचिव जनकबहादुर कार्की, पार्टीकी उपाध्यक्ष सीमा खान, उपमहासचिव जावेद अन्सारी तथा केन्द्रीय सदस्य निर्मला बरालसहित गठबन्धन आबद्ध दलका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ज्ञापनपत्रमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसंख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र मुलुकलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको निष्कर्ष ज्ञापनपत्रमा निकालिएको छ।

विशेष गरी २० पुस २०८२ मा धनुषा जिल्लाको कमला नगरपालिका–६ मा मस्जिदमा जबरजस्ती प्रवेश गरी पवित्र कुरान पाक जलाइएको, इस्लामिक ग्रन्थहरू नष्ट गरिएको तथा मस्जिद र स्थानीय बासिन्दाको सम्पत्तिमा तोडफोड गरिएको घटनालाई अत्यन्तै गम्भीर र संविधानविरोधी कार्यका रूपमा चित्रण गरिएको छ। उक्त घटनाले संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र धार्मिक अल्पसंख्यक समुदायको सुरक्षामाथि प्रत्यक्ष आघात पु¥याएको गठबन्धनको ठहर छ।

ज्ञापनपत्रमा राज्यले यस्ता घटनाका मुख्य योजनाकार र दोषीहरूलाई अझैसम्म पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्नुले सरकारको इच्छाशक्ति र प्रशासनिक क्षमता माथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। यदि यही अवस्था कायम रहिरहे मुलुक दीर्घकालीन अशान्ति, अविश्वास र साम्प्रदायिक तनावतर्फ उन्मुख हुने चेतावनी दिइएको छ।

साथै, सरकारले फागुन २१ गतेका लागि आगामी निर्वाचन घोषणा गरिसकेको अवस्थामा विद्यमान असुरक्षा र अस्थिरताले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा गम्भीर राजनीतिक प्रश्न उठेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। गठबन्धनले निर्वाचनअघि नै शान्ति–सुरक्षा कायम गर्न नसके लोकतान्त्रिक प्रक्रियामै संकट आउने चेतावनी दिएको छ।

ज्ञापनपत्रमार्फत गृह मन्त्रालयसमक्ष धनुषा घटनाको निष्पक्ष छानबिन, दोषीहरूमाथि कडा कानुनी कारबाही, धार्मिक अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न तथा आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन विशेष सुरक्षा रणनीति लागू गर्न माग गरिएको छ।

सङ्घीय गणतान्त्रिक गठबन्धनले मागहरू गम्भीरतापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गरे पनि, राज्यले बेवास्ता गरे शान्तिपूर्ण तर सशक्त चरणबद्ध राजनीतिक आन्दोलनमा उत्रिन बाध्य हुने स्पष्ट सन्देशसमेत दिएको छ।

झापा इनर्जीले बेच्यो ४ करोड ७० लाखको बिद्युत

झापा/ सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक वर्ष २०८२–८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ ।

झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ ।

इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन गर्दै आएको छ भने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो ।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युतलाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

झापा इनर्जीले आव २०८०–८१ मा पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१–८२ मा बिक्री बढेर नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले बताए ।

उद्योग वाणिज्य संघ चुनाव– अध्यक्षमा गुरागाइँसहित प्यानलकै वर्चश्व, यस्तो रह्यो मुख्य पदहरुमा घात, अन्तर्घात

दमक/ दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गोपाल गुरागाईले बाजी मारेका छन् । दुई जना प्रतिस्पर्धीहरुलाई फराकिलो मतान्तरले पछि पार्दै गुरागाइँ दोश्रो तथा अन्तिम कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस र नेकपा निकटका व्यवसायीहरुको समुहका गुरागाईले ८९६ मत ल्याएर जित हासिल गरेका हुन भने उनका निकटतम प्रत्यासी भरतकुमार चम्लागाईले ५८६ मत ल्याएका छन् । अर्का प्रत्यासी खड्काले ५०७ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा गुरागाइँ नेतृत्वको संयुक्त उद्यमी व्यवसायी प्यानलले अध्यक्ष गुरागाइँसहित पाँच पदाधिकारी जितेको छ भने लेखा समिति संयोजक पनि गुरागाइँ प्यानलले जितेको छ ।
वरिष्ठ उपाध्यक्षमा चम्लागाइँ नेतृत्वको प्रगतिशील व्यवसायीहरुको प्यानलबाट भगवान बस्नेत (८०६ मत) ल्याएर विजयी भएका हुन् ।
उनले पाएको मत अध्यक्षका प्रत्यासी चम्लागाइँले पाएको भन्दा २२० मतले धेरै हो ।
सो पदमा गुरागाइँ प्यानलका ज्ञाननाथ पौडेल ५७४ मतसहित निकटतम प्रतिस्पर्धीका रुपमा मात्रै दर्ज भए । पौडेलले गुरागाइँ समुहबाट अन्तर्घातको सामना गर्नपर्दा अध्यक्षमा गुरागाईँले पाएको मत भन्दा ३२२ मत कम्ती पाएका हुन् ।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी राजकुमार योङयाले (५७३) मत ल्याएका थिए ।
निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत (८०६) मत ल्याएर विजयी भएका हुन भने प्रथम उपाध्यक्षमा गुरागाइँको टिमका रुवल अधिकारी (९६७) मत ल्याएर विजयी भएका छन भने निकटतम प्रतिस्पर्धीका रुपमा राप्रपा निकटका तुल्सीराम तिम्सीना (६०७ मत) दर्ज भएका छन् ।
सो पदमा एमाले निकटका व्यवसायीहरुको प्यानलका सुनिल साहले ३६६ मत मात्रै पाएका छन् ।

सो समुहले साहलाई उम्मेदवार बनाए पनि मत भने अन्यत्रै दिएको चर्चा छ ।  चम्लागाइँको समुहका साहले पाएको मत चम्लागाइँको भन्दा २२० मतले कम हो ।
द्धितीय उपाध्यक्षमा गुरागाइँ प्यानलका टिकाराम खतिवडा (८४८) मतसहित निर्वाचित हुँदै गर्दा नविनकुमार अग्रवाल (५९८) ल्याउँदै निकटतम प्रतिस्पर्धी बनेका छन । अग्रवाल राप्रपा समिर्थत समुहका हुन् ।
सो पदमा एमाले निकट चम्लागाइँ समुहका रमेश लुईटेलले (४९८) मत ल्याउँदै तेस्रो स्थानमा खुम्चिनु पर्यो भने तृतीय उपाध्यक्षमा कांग्रेस–नेकपा समर्थित समुहका सुवास गर्तौला ७०० मतसहित निर्वाचित भएका छन् ।
सो पदमा राप्रपा निटकका विवेक श्रेष्ठ ६७८ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेका छन भने चम्लागाइँ समुहका उम्मेदवार उमेश गजमेरले (५७३) मतमा खुम्चिनु परेको छ ।
द्वितीय उपाध्यक्षमा गुरागाइँ प्यानलकै टिकाराम खतिवडा(८४८) , तृतीय उपाध्यक्षमा सुवास गड्तौला (७००) र महिला उपाध्यक्षमा संगीता तुम्बापो (७८५) मतसहित निर्वाचित भएका छन् ।
यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगानाले ४३८ र शुष्मा निरौलाले ७१५ मत प्राप्त गरेकी थिइन् ।
सदस्यहरुमा गुरागाइँ प्यानलका भरत दुलाल, चिरन न्यौपाने र सहदेव भटट्राई निर्वाचित भएका छन भने चम्लागाइँको समुहका कविन श्रेष्ठ, कुमार श्रेष्ठ र टंकप्रसाद आचार्य निर्वाचित भएका छन् ।
बस्तुगतमा निर्वाचितहरु
सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई ,गोकुल खड्का ,खेमराज पाण्डे निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ संगीता प्रसाई र उर्मिला गुरुङ चुनिएकी छन् ।
तीन सदस्यीय लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्धन्दी बिमल बरालले ( ६२९ ) मत पाएका थिए भने निलकण्ठ निरौलाले ( ६०३) मत पाए ।
यसैगरि लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए ।
लेखा सदस्यका उम्मेदवारहरु नन्दलाल पाण्डे (६७९), विलास यादव ( ५३१) ,राधादेवी ढुंगाना ( ४१९) र सागर लावतीले ४१२ मत पाएका थिए ।
शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।

 

आयोजनाले दमकमा गर्यो एचआइभी र मानव वेचविखन रोकथामबारे सचेतना

आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ । यही प्रश्नको केन्द्रमा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उभिएका छन् । स्थानीय सरकारको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ उन्मुख हुँदै गर्दा उनले बोकेको अपेक्षाको भारी सामान्य छैन । यो कुनै एक व्यक्तिको राजनीतिक यात्राको मात्र कथा होइन । यो समकालीन नेपाली समाजको निराशा, आक्रोश र आशा तीनैको संयुक्त प्रतिबिम्ब हो ।
बालेन्द्र शाहको उदय दलतन्त्र र नेतातन्त्रप्रति बढ्दै गएको असन्तुष्टिको प्रत्यक्ष परिणाम हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा ६१ हजार ७ सय ६७ मतसहित काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनले केवल चुनाव जितेका थिएनन् । उनले स्थापित राजनीतिक संरचनामाथि प्रश्न उठाउँदै वैकल्पिक नेतृत्वको खोजलाई मूर्त रूप दिएका थिए । त्यो मत कुनै संगठित वैचारिक आन्दोलनको परिणाम थिएन । त्यो मत कुनै दीर्घकालीन राजनीतिक संघर्षको निरन्तरता पनि थिएन । त्यो मत मूलतः थाकेको समाजको आवेग, वितृष्णा र आक्रोशको अभिव्यक्ति थियो ।
त्यसपछिका महिनाहरूमा बालेन्द्रको लोकप्रियता निरन्तर उकालो लाग्यो । पुराना दल र तिनका नेताप्रति वितृष्ण बनेको समाजले बालेनमा ‘भिन्नता’ देख्यो । उसले ‘आशा’ देख्यो र अझ महत्त्वपूर्ण कुरा उसले ‘प्रतिरोध’ को सम्भावना देख्यो । यही सम्भावनाले बालेनलाई एक स्थानीय जनप्रतिनिधिबाट राष्ट्रिय चासोको पात्र बनायो । तर लोकप्रियता आफैंमा नीति होइन । समर्थन आफैंमा दृष्टिकोण होइन र भीड आफैंमा संस्थागत क्षमता होइन । स्थानीय तहमा देखिएको ‘डेलिभरी’ स्वतः राष्ट्रिय तहमा रूपान्तरण हुन्छ भन्ने मान्यता स्वयं खतरनाक हुन्छ ।
बालेन्द्रको लोकप्रियता वैचारिक स्पष्टताको परिणाम होइन । यो असन्तुष्ट समाजको मनोवैज्ञानिक प्रतिक्रिया हो । यो त्यस्तो समाजको प्रतिक्रिया हो जसले पुराना राजनीतिक विकल्पमा आफूलाई देख्न छोडिसकेको छ । यही समाजले तत्कालीन आवेगलाई नेता खोज्ने प्रक्रियामा बालेन्द्रलाई केन्द्रमा राखेको छ । तर आवेग र नेतृत्वबीच ठूलो दूरी हुन्छ । आवेग क्षणिक हुन्छ । नेतृत्व दीर्घकालीन ।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको सहमतिले नेपाली राजनीतिमा गहिरो तरंग पैदा गरेको छ । केही दिनको छलफलपछि शक्ति बाँडफाँटमा आधारित सहमति सार्वजनिक हुनु सामान्य राजनीतिक घटना होइन । बालेनले रविलाई पार्टी अध्यक्ष स्वीकार्ने र रविले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति केवल चुनावी तालमेल मात्र होइन । यो सत्ता–केन्द्रित राजनीतिक समझदारीको स्पष्ट संकेत हो । यसले बालेनको ‘एन्टी इस्टाब्लिसमेन्ट’ छविमा गम्भीर प्रश्न खडा गरेको छ ।
यस सहमतिपछि दुई धारको प्रतिक्रिया देखिएको छ । एकथरीले यसलाई वैकल्पिक राजनीतिले संस्थागत रूप लिने सुरुवातका रूपमा व्याख्या गरेका छन् । अर्काथरीले भने यसलाई नयाँ अनुहारले पनि अन्ततः पुरानै सत्ता राजनीतिको बाटो रोजेको उदाहरणका रूपमा हेरेका छन् । यही द्वन्द्वले एउटा गहिरो प्रश्न जन्माएको छ के यो एकता वैचारिक र संरचनात्मक सुधारका लागि हो कि केवल निर्वाचन जित्ने र सत्ताको गणित मिलाउने प्रयास ?
बालेन्द्रको राजनीतिक छवि ‘एन्टी इस्टाब्लिसमेन्ट’ को रूपमा निर्माण भएको हो । उनले काठमाडौं महानगरमा देखाएको निर्णय क्षमता, साहस र जोखिम लिन सक्ने आँटले उनलाई जनप्रिय बनायो । पार्किङ व्यवस्थापन, डिजिटल सेवा विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत, प्रशासनिक ढिलासुस्ती तोड्ने प्रयास, अनधिकृत संरचनामाथि कठोर कारबाही यी सबै कदमलाई आम नागरिकले सकारात्मक रूपमा लिए । धेरैले यसलाई ‘काम गरेर देखाउने नेतृत्व’ को संकेत माने । तर यही क्रममा संवाद, सहमति र संवेदनशीलताको अभाव पनि उत्तिकै प्रस्ट देखियो । टुकुचा उत्खनन, सुकुम्बासी बस्तीमा डोजर प्रयोग, फुटपाथ व्यापारीप्रति कठोर व्यवहारजस्ता विषयमा पर्याप्त गृहकार्य, वैकल्पिक योजना र सामाजिक संवाद कमजोर देखियो । यसले बालेन्द्रको कार्यशैलीलाई ‘आवेगप्रधान’ र ‘व्यक्तिकेन्द्रित’ भन्ने आलोचनाको घेरामा ल्यायो । स्थानीय तहमा यस्तो शैली विवादास्पद हुन्छ । राष्ट्रिय राजनीतिमा भने यस्तो शैली झन् जोखिमपूर्ण हुन्छ । किनकि राष्ट्र–राज्य कुनै महानगरजस्तो एकल प्रशासनिक संरचनाबाट होइन, बहुआयामिक शक्ति सन्तुलन, संवैधानिक मर्यादा र संस्थागत संयमताबाट चल्छ ।
बालेन्द्रको अर्को गम्भीर चुनौती उनको संवाद शैली हो । सामाजिक सञ्जालमार्फत व्यक्त हुने उनको ठाडो, कटाक्षपूर्ण र कहिलेकाहीँ उग्र अभिव्यक्तिले समर्थकलाई त उत्साहित बनाएको छ । तर राष्ट्रिय नेताका रूपमा आवश्यक संयमता, धैर्यता र गरिमामाथि प्रश्न पनि उठाएको छ । लोकतन्त्र आलोचना सहन सक्ने प्रणाली हो । असहमति र प्रतिपक्षी दृष्टिकोणलाई स्वीकार्न नसक्ने नेतृत्व लोकतान्त्रिक अभ्यासमा दीर्घकालीन हुन सक्दैन ।
राष्ट्रिय राजनीतिमा प्रवेश गरेसँगै अब बालेन्द्रमाथि केवल ‘काम’ को होइन ‘दृष्टिकोण’ को पनि परीक्षा सुरु भएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, आर्थिक नीति र विदेश नीति यी विषयमा उनको स्पष्ट र सार्वजनिक धारणा के हो ? अहिलेसम्म यी प्रश्नको ठोस, लिखित र संस्थागत जवाफ आएको छैन । केही जेनजी प्रतिनिधिसँगको संवादमा उनले संविधान र गणतन्त्रको पक्षमा रहेको बताएका छन् भन्ने कुरा बाहिर आएको छ । तर मौखिक अभिव्यक्ति पर्याप्त हुँदैन । राजनीतिक दृष्टिकोण नीति, दस्तावेज र व्यवहारमार्फत प्रमाणित हुनुपर्छ ।
जेनजी आन्दोलन स्वयं नेपाली राजनीतिमा एउटा निर्णायक मोड थियो । २०८२ साल भदौ २३ र २४ गते देखिएको युवाको आक्रोशले परम्परागत राजनीतिलाई खुला चुनौती दियो । त्यो आन्दोलनको नेतृत्व, उद्देश्य र गन्तव्यबारे बहस जारी छ । तर एउटा तथ्य निर्विवाद छ । त्यो आक्रोशले मौन समाजलाई बोल्न बाध्य बनायो । र त्यस आक्रोशको प्रतीक पात्रका रूपमा बालेन्द्र शाह स्थापित हुँदै गएका छन् । यही कारण उनीमाथि अपेक्षाको भारी झन् बढेको छ ।
तर आक्रोशको प्रतिनिधि हुनु र राज्य सञ्चालनको नेतृत्व गर्नु एउटै कुरा होइन । आक्रोश तत्कालीन ऊर्जा हो । शासन दीर्घकालीन जिम्मेवारी । यदि बालेन्द्रले आफूलाई केवल ‘विरोधको प्रतीक’ बाट ‘परिपक्व विकल्प’ मा रूपान्तरण गर्न सकेनन् भने उनी पनि भीडको अर्को क्षणिक नायकमा सीमित हुने जोखिममा छन् । इतिहासमा नेपाली राजनीति यस्ता क्षणिक नायकले भरिएको छ । अझ गम्भीर प्रश्न सुशासनसँग जोडिएको छ । रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म अभियुक्तकै हैसियतमा छन् । यस्तो अवस्थामा सुशासन, पारदर्शिता र नैतिकताको नारासहित अगाडि बढ्ने दाबी गर्ने बालेनले यस्तो सहकार्यलाई कसरी न्यायोचित ठहर गर्छन् ? राजनीति भावनाले मात्र होइन नैतिक मापदण्डले पनि चल्नुपर्छ । यही प्रश्न आज सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म घुमिरहेको छ ।
इतिहासमा काठमाडौंका मतदाताले ‘गणेशमानले लौरो उठाए पनि जित्छ’ भन्ने उक्ति प्रयोग गर्थे । त्यो लौरो त्याग, संघर्ष र नैतिक उचाइको प्रतीक थियो । आज त्यही लौरोको रूपक बालेनसँग जोडिँदै छ । तर यो तुलना खतरनाक छ । गणेशमान सिंहको राजनीतिक उचाइ दीर्घकालीन संघर्षको उपज थियो । बालेनको लोकप्रियता भने मुख्यतः असन्तुष्टिको अभिव्यक्ति हो । यी दुईबीच ऐतिहासिक, वैचारिक र नैतिक धरातलमा तुलना हुन सक्दैन ।
आज ‘बालेनसँग सहकार्य गर्‍यो भने चुनाव जितिन्छ’ भन्ने मनोविज्ञान विकसित हुँदै छ । यही मनोविज्ञानले मिडिया हाइप सिर्जना गरेको छ । तर राजनीतिमा हाइप दीर्घकालीन हुँदैन । जनअपेक्षा पूरा नभए हाइप नै सबैभन्दा ठूलो बोझ बन्छ ।
नेपाली राजनीति आज जटिल मोडमा उभिएको छ । विश्वासको संकट गहिरिँदै छ । संस्थागत कमजोरी, अदृश्य शक्ति र अस्वाभाविक घटनाक्रमले प्रणालीलाई अस्थिर बनाएको छ । यही बेला प्रियतावादी राजनीति आकर्षक देखिन्छ । प्रियतावादले सरल उत्तर दिन्छ । जटिल प्रश्नलाई भावनामा रूपान्तरण गर्छ । तर राज्य सञ्चालन भावनाबाट होइन, नीतिबाट चल्छ ।
अब बालेन्द्रसामु स्पष्ट विकल्प छ । उनी या त प्रियतावादको लहरमा सत्तातर्फ हतारिने पात्र बन्न सक्छन् । वा जनअपेक्षाको भारी बोकेर नीति, दृष्टिकोण र संस्थागत सुधारको कठिन बाटो रोज्न सक्छन् । यो परीक्षा सजिलो छैन । तर यही परीक्षाले उनको वास्तविक राजनीतिक हैसियत निर्धारण गर्नेछ ।
राष्ट्रिय राजनीतिमा बालेन्द्रको प्रवेशले एउटा युगीन प्रश्न उठाएको छ के नेपाली समाजले नयाँ अनुहार मात्र खोजेको हो कि नयाँ राजनीतिक संस्कार पनि ? यसको उत्तर उनका भाषणले होइन । उनका निर्णय, नीति र व्यवहारले दिनेछन् । अपेक्षाको भारी काँधमा बोकेर हिँड्नु साहसको कुरा हो । त्यो भारी बोक्न सक्ने कि त्यसैको चापमा थिचिएर लड्ने, इतिहासले होइन समयले छिट्टै फैसला गर्नेछ ।
(लेखक- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

वाणिज्य संघको सधैं सक्रिय भुमिकामा प्रथम उपाध्यक्षका उम्मेदवार तिम्सीना

दमक/  दमक उद्योग वाणिज्य संघको आसन्न पुष १८ मा हुन गइरहेको निर्वाचनका दर्जनौं उम्मेदवारहरुका बीचमा प्रथम उपाध्यक्षका उम्मेदवार तुलसीराम तिम्सिना फरक शैलीमा चुनाव लडिरहेका छन् ।
आफ्ना मतदाताहरुसँगको भेटमा उनले भन्ने गरेका छन– मेरो उम्मेदवारी समयको माग हो ।
सेवाका लागि संघमा आफ्नो दाबेदारी रहेको प्रष्ट पार्दै तिम्सीनाले सक्षम नेतृत्व, स्पष्ट कार्य योजनाको नारा तय गरेका छन् । योजना धेरै जसो समय आफ्नो उद्यम , व्यवसाय र सामाजिक क्षेत्रका काममानै बिताउने गरेका तिम्सीनाले अघिल्लो एक कार्यकाल जिम्मेवार र सुझबुझ पूर्वक ढंगबाट बिताए ।
संघका हरेक गतिबिधिमा सक्रिय भुमिका निर्वाह गर्दै महत्वपूर्ण काम, कार्यक्रमहरुमा जिम्मेवारी निर्वाह गरेका तिम्सीना सधैं सबैसँग भावनात्मक एकता कायम राख्नमा अब्बल थिए । संघले संस्थागत रुपमा आयोजना गरेका हरेक काम कार्यक्रमहरुमा उनको भुमिका र योगदान उच्च रहँदै आएको थियो । वाणिज्य संघका हरेक बैठकहरुमा नियमित उपस्थिती र हरेक कार्यक्रमहरुमा प्रभावकारी भुमिकाको प्रशंसा गर्दै संघले उनलाई सम्मान समेत गरेको थियो ।

दमक ८ मा सञ्चालित दमककै गहनाका रुपमा चिनिएको कस्मिक पाटी प्यालेसका सञ्चालक मध्येका एक युवा उद्यमी हुन् तिम्सीना । स्वदेशमानै युवाहरुले रोजगारका सम्भावनाहरु खोज्नु पर्छ भन्ने मान्यता राख्दै आएका तिम्सीना अग्रजहरुलाई सम्मान र आफ्ना समकालिनहरुसँग काँधमा काँध हातमा हात मिलाएर अघि बढ्न तयार हुने गर्छन । नुतन एग्रो इण्डस्ट्रिज लखनपुरका सञ्चालक, टिएसटी ट्रेडर्सका प्रोप्राइटरको रुपमा रहेका तिम्सीना सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै संलग्न छन् । क्लब हिमालयन टाइगरका सचिव तिम्सीना होलसेल व्यवसायी संघको आजिवन सदस्य र हाम्रो बाल आश्रम दमकका संस्थापक सदस्य समेत छन् । ( उम्मेदवार प्रमोशन अन्तर्गत प्रवद्र्धनात्मक सामाग्री)

७ स्वर्णसहित १९ पदक जित्दै दमक डोजाङ बन्यो पहिलो

दमक/ दमक तेक्वान्दो डोजाङले झापा जिल्लास्तरीय तेक्वान्दो डोजाङ प्रतियोगितामा ७ स्वर्णसहित कूल १९ पदक जित्दै प्रथम स्थान ओगटन सफल भएको छ ।
झापाको गौरीगञ्जमा शनिबार सम्पन्न प्रथम गौरीगञ्ज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता –२०८२ मा दमक तेक्वान्दो डोजाङ प्रथम बन्न सफल भएको दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।
डोजाङबाट २८ जना खेलाडी सहभागीहरूमध्ये विभिन्न वजन समूहमा ७ स्वर्ण पदक ,४ रजत र ८ काँस्य पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा ३० केजी तौल समूहबाट मनिष राई,२६ केजीबाट प्रज्ञा तामाङ,४१ केजीबाट सुभम अधिकारी,४४ बाट रेसु धिमाल,४६ केजीबाट देन्सु योगी, पुम्से महिलातर्फ सेमिना राई र इक्सा मादेनले स्वर्ण पदक जितेका हुन् ।


यसैगरी रजत पदक प्राप्त गर्नेहरूमा २८ केजी समूहबाट संयोग थापा,२० केजीबाट डिम्पल बस्नेत ,४६ केजीबाट रन्जिता तामाङ र पुरुष पुन्सेतर्फ एसविन तुम्रोक र काँस्यपदकतर्फ २९ केजी तौल समूहकी साइनो दंगाल ,३५ केजीबाट चिनो दङ्गाल ,४४ केजीबाट परिस्ता राई, ५० केजीबाट निकिता तामाङ प्रतिक्षा तामाङ ,पुरुष ३५ केजीतर्फ आशिष धिमाल,४४ केजीबाट रेगम राई , ५६ केजीबाट इन्दीप धिमाल रहेका छन् ।

गौरीगञ्जस्थित गौरीप्राविमा भएको सो प्रतियोगितामा झापा जिल्लाका १६ वटा डोजाङका २३० खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिता गौरीगञ्ज तेक्वान्दो डोजाङ र शुभम तेक्वान्दो डोजाङले संयुक्त रुपमा आयोजना गरेको हो ।
दमक तेक्वान्दो डोजाङले दमकका ५ वटा सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेलको प्रशिक्षण सञ्चालन गर्दे आएको छ ।

वाणिज्य संघको नेतृत्वमा लम्किँदै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ज्ञाननाथ (ज्ञानु)

दमक उद्योग वाणिज्य संघको आसन्न चुनावको मैदानमा दर्जनौं व्यवसायी नेताहरु विभिन्न पदमा उम्मेदवारका रुपमा उभिएका छन् ।
तिनै उम्मेदवारहरुका माझमा आफूलाई व्यवसायीक क्षेत्रमानै परिचित स्पष्ट , न्यायीक र निष्पक्ष व्यवहारिक गुण बोकेका वाणिज्य संघमा सुझबुझसाथ आफ्नो ज्ञानलाई फराकिलो बनाउँदै अघि बढेका उम्मेदवार हुन् ज्ञाननाथ पौडेल अर्थात ज्ञानु ।
दमक र यस क्षेत्रमा व्यवसायिक क्रियाकलापसँगै सामाजिक गतिबिधिमा सक्रिय भुमिका खेलेर मन मनमा बस्न सफल भएका ज्ञाननाथ सानै उमेरमा दमक उद्योग वाणिज्य संघको निर्वाचनमार्फत कार्यसमिति सदस्य र द्धितीय उपाध्यक्षको जिम्मेवारीमा पुगेर सफल नेतृत्व गर्दै आएका छन् । दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भएपछि त्यसयता आफूलाई व्यवसायसंगै समाजसेवाका क्षेत्रमा पनि सक्रिय बनाइराखेका व्यक्तित्व हुन ज्ञानु ।
२०७६ को को निर्वाचनमा वाणिज्य संघको नेतृत्वमा फडको मार्ने पौडेलको प्रयास अधुरो रहे पनि व्यवसायीहरुकै माग र संघको आवश्यकताले उनलाई २०७९ माघमा भएको निर्वाचनमा संघको द्धितीय उपाध्यक्षमा निर्वाचित गराएका हुन् ।
वाणिज्य संघको चुनाव जित्दा होस वा हार्दा उनले व्यवसायीहरुसँगको घुलमिल बढाउँदै आफनो लक्ष्यलाई निरन्तर पछ्यारहेका छन् ।
संघमा उनको प्रभावकारी र सशक्त भुमिका उच्च छ । व्यवसायीहरुसंगको अन्तर्घुलन र भाइचारा सम्बन्धमा अग्रपक्तिंमा रहेका पौडेल अहिले संघको वरिष्ठ उपाध्यक्षको लागि चुनावी मैदानमा छन् ।
वाणिज्य संघमा कुशल र सक्षम सावित गोपाल गुरागाइँ नेतृत्वको प्यानलबाट पौडेल वरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा रहेका पौडेल आर्थिक अनुशासन र संघको कोषलाई प्रभावकारी बनाउन गुरागाइँ नेतृत्वको टिम आवश्यकता देखेरनै यो टिमसँगको सहकार्यमा छन् ।
लायन्स क्लबमा आवद्ध हुँदै दर्जन बढी क्लबहरुको नेतृत्व गरेर जोन चियर पर्सन रहेका ज्ञाननाथ दमक ६ स्थित देवकोटा चोकमा सञ्चालित दमक किचन गुडसका प्रोप्राइटर पनि हुन् ।
पौडेलको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
परिवारमा विशेष गरेर दाजुभाईको साथ सहयोग र इष्टमित्रहरुको हौसलाले उनलाई व्यवसायसंगै संघको नेतृत्व र सामाजिक गतिबिधिमा क्रियाशील बनाउन मद्धत गरिरहेको छ ।
दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा सक्रिय छन् । संघ संस्थामा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले आफ्नो कार्यकालमा सशक्त भुमिका निर्वाह गरेका छन् । संघमा अनुभवी, सक्षम अनुहारको खाँचो छ ।
गुरागाइँ नेतृत्वको प्यानलका उम्मेदवारहरुले संघमा खडकिएको आवश्यकता पुरा गर्ने क्षमता राख्ने र निष्पक्ष र पारदर्शीता झल्काउन सक्ने पौडेलको ठम्याई छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार पौडेल सबै हिसाबले दमकका व्यवसायीहरुले विश्वास र भरोसा गर्न योग्य टिममा रहेर काम गर्ने आफ्नो सोच रहेको बताउँछन् ।
वाणिज्य संघ व्यवसायीहरुको सेवामुलक साझा संस्था भएका कारण आफू पनि बिना आग्रह, पूर्वाग्रह सबै व्यवसायीको सेवा गर्नैका लागि नेतृत्व बिकासमा अघि बढेको पौडेलको भनाई छ । (उम्मेदवार प्रमोशन अन्तर्गत प्रवद्र्धनात्मक सामग्री)

 

टिकाराम खतिवडा– अनुभवी नेतृत्वको साथमा, सधैं व्यवसायीहरुकै माझमा

टिकाराम खतिवडा दमकमा विगत २२ बर्षदेखि सानो व्यवसायबाट व्यवसायीक यात्रा शुरु गरेका एक संघर्षशील उदियमान लगानीकर्ता हुन्‌् । साइकल चलाएर घुम्ती व्यापारका माध्यमबाट दमकमा व्यवसायीक यात्रा शुरु गरेका खतिवडा सरल जिवनशैलीका कारण  साथी सर्कल भित्र सहज घुलमिल हुन सकेका छन् ।

हाल न्यू पाथीभरा कस्मेटीक र श्री गणेश ट्रेडर्सका प्रोप्राइटर खतिवडाको व्यवसायिक लगानीको क्षेत्र फराकिलो छ । कस्मेटिक सामानको आपूर्तिकर्ता (होलसेल व्यवसायी) खतिवडा एकल स्वामित्वको व्यवसायका अतिरिक्त साझेदारी व्यवसायमा पनि अघि बढेका छन् । स्पष्ट र हक्की स्वभावका खतिवडा होटल थ्री इनका सञ्चालकहरु मध्येका पनि एक हुन ।
उनी दमक ६ मा अवस्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्ष रहेर वित्तीय क्षेत्रको नेतृत्व सम्हालिरहेका छन् ।

उनले आफ्‌ना व्यवसायीक फर्म र प्रतिष्ठानहरु मार्फत प्रत्यक्ष रुपमा ३५ /४० जनालाई रोजगारीको अवसर दिलाएका छन् ।
त्यसका अतिरिक्त खतिवडा व्यवसायबाट आर्जिएको नाफा समुदायमा पनि खर्चिनु पर्छ भन्ने मान्यता राख्दै आएका छन् । उनले आफ्‌नो जन्मोत्सवको अवसर पारेर यस अघि विपन्न २५ परिवारको एकसाथ स्वास्थ्य बीमा गरिदिएका छन् । दमकको नमुना मार्ग बजार भित्र आफ्‌नै खर्चमा सार्वजनिक खानेपानीको व्यवस्थापन गरेर नमुना प्रस्तुत गरेका उनी
पछिल्लो समय व्यवसायिक क्षेत्रमा स्थापित लगानीकर्ताका रुपमा परिचय बनाउन सफल छन् ।

टिकाराम व्यवसायी हुनुका नाताले व्यवसायीहरुकै नेतृत्वदायी र साझा संस्था दमक उद्योग वाणिज्य संघको नेतृत्वमा अभ्यास गरिरहेका छन् ।
२०७९ माघ अर्थात अघिल्लो निर्वाचनमा संघको कार्यसमिति सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका खतिवडा अहिले हुन लागेको निर्वाचनमा  वाणिज्य संघमा सफल र खारिएको नेतृत्वकर्ता गोपाल गुरागाइँको टिमबाट   द्धितीय उपाध्यक्ष पदका लागि उम्मेदवार  छन् ।

व्यवसायलाई कर्म र धर्म दुवैको ख्याल राखेर चलाउनु पर्छ भन्ने मान्यता राख्ने टिकाराम एकतामानै शक्ति, व्यवसायीक प्रगति भन्ने सन्देशसहित चुनावी दौरानमा छन् ।
संघको कुशल, सक्षम र अनुभवी नेतृत्वका रुपमा स्थापित गोपाल गुरागाइँसहितको टिमबाट उनी द्धितीय उपाध्यक्षको उम्मेदवारका रुपमा अघि बढिरहेका छन् । खतिवडा व्यवसायीक क्षेत्रबाहेक आफूले धेरै अन्य क्षेत्रमा हात नहालेको भन्दै व्यवसायीहरुसँगै हातेमालो गरेर अघि बढ्न चाहेको बताउँछन् । (विज्ञापनिक सामग्री)

कहिले हट्ला शेयर बजारको ग्रहण ?

बढनु पर्ने शेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आफनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा झर्दा शेयर बजार परिसुचक २,५८१ अंकको विन्दुमा आइपुगेको छ ।
नयाँ गर्भनरमा प्रा.डा विश्व पौडेल आइसकेपछि शेयर बजार लगानीकर्ताका धेरै मागहरु पुरा गरिएका थिए । नीतिगत रुपमा अहिले शेयर बजारलाई बाधा–ब्यवधानहरु छैनन् । बैंक तथा वित्तिय संस्थाहरुको ‘ब्यालेनसिट’ पनि अघिल्लो आर्थिक बर्ष भन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक बर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरु आक्रान्त थिए । खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक बर्षदेखि सुधार देखिन थालेको हो । फलस्वरुप पनि यस बर्ष बैंकहरुले थोरै भएपनि लाभाम्शं घोषणा गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनीहरुले त यस बर्ष आर्कषक लाभाम्सं घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरुले पनि राम्रै हिसावको लाभाशं घोषणा गरिरहेका छन् । उर्जा कम्पनीहरुमा त्यति चार्मिङ नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरुको पनि अवस्था त्यति नराम्रो होइन । यद्यपी उर्जा क्षेत्र देशले आश गरेको सम्बृद्धिको आधारशिला हो । यस क्षेत्र आजभन्दा १० बर्ष अघिसम्म एक दर्जनभन्दा बढी नेप्सेमा सुचिकृत थिएनन् । आज ९७ वटा जलविधुत कम्पनी नेपाल स्टक एक्चेन्जमा सुचिकृत छन् । देशले विधुत निर्यात बढाउँदै लगेको छ । कम्पनीहरुले निर्माणको चरणमा ऋणपान गरेरै विधुत उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभासं दिन सक्ने अवस्थामा पुगिसेका छैनन्् ।
तर हालैको जेनजी आन्दोलन पछि होटल पर्यटन क्षेत्रमा जेनजी विद्रोहको नकारात्मक असर परेको हो । तरपनि पर्यटन आगमन बढ्न थालेकै छ । र, पनि अर्थतन्त्रको ऐनाको रुपमा हेरिने शेयर बजारको प्रतिबिम्ब अंध्यारो छ । शेयर बजार दिनहुँ जसो ओरालो मात्र लागि रहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त शेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।
पुराना दलहरुको अति राजनीति
वास्तम्बमा जेनजी आन्दोलन पछि शेयर बजारको नुर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको शेयर बजार परिसुचक हठा्त भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थीतिले उच्च अंकले घटेको हो । राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष ०८२–८३ को लागि मौद्रिक नीति मार्फत शेयर बजारलाई जब प्रोत्सहनकारी नीति ल्यायो । त्यहि ताका नै आन्दोलन सुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थीति भोगिरहेको छ । जेनजी आन्दोलन भएको १०० दिन वितिसकेको छ । चुनाब गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ । तर चुनाब हुनेमा शंसय उत्तिकै कायम छ । किनकी ठुला भनिएका काँङग्रेस र एमाले जस्ता दलहरुको अति राजनीतिले चुनाबी वातावरण बन्न सकेको छैन । उनीहरु भन्नलाई चुनाबाट भाग्दैनौ भनिरहेका छन् । निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सुचि दर्ता पनि गरिरहेका छन् । तर उनीहरुको मुल ध्येय सर्वोच्च अदालतबाट संसद पुर्नरस्थापना गर्ने कसरतमा छ । उनीहरुले जेनजी विद्रोहलाई विद्रोह नै मानिरहेका छैन । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् । फगत २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरुले शक्ता संञ्चालकको हिसावले लिनै मानिरहेका छैन । त्यसकारण जेनजी आन्दोलन पछि पनि काँ्रङग्रेस एमालेको परिवर्तन नभएको सोच, अति राजनीतिले शेयर बजारका लगानीकर्तालाई अन्यौल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थीरता र शान्तिपुर्ण ब्यवसायिक वातावरण आउनेमा ठुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु भmन् बढी संकटपुर्ण पो हुने होकि भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् ।अन्यौलग्रस्थ छन् । त्यसमाथी जेनजी आन्दोलन ताका शक्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्र्कषमा डरत्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरुकोे नै स्वोर ठुलो हुँदै आएको छ । उनीहरु नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त शेयर लगानीकर्ताले आगामी दिन झन् संकटपुर्ण हुने ठान्ने नै भए । काँङगेस सभापति शेरबहादुर देउवा जेनजी आन्दोलन पछि विछिप्त भएर पार्टीमा कार्यवाहक जिम्मेवारी पुर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनै सक्रिय हुँदै आएका छन् । कार्यबाहक दिएर करिव राजनीतिबाट विदा लिएझै गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् । सो पार्टीले महाधिबेशनसम्म गर्न सकेको छैन । बरु जेनजी आन्दोलन ताका शक्ता साझेदार दल एमालेसँग मिलेर काँङग्रेस पनि संसद पुर्नरस्थापनाका लागि दौडिरहेको छ । बहुमत र्पुवसासंदहरुको हस्ताक्षर गराएर सार्वेच्चमा पुरक रिट लैजाँदै छन् । अर्थात जेनजी आन्दोलनले जस–जसलाई आउट भनेको थियो, उनीहरु नै इन भइरहेका छन् । तिनै बुढा पुराना र सदिऔंदेखि शक्ताको तालाचाबी लिएर बसेकाहरु हावी भएछि नयाँ भनिएकाहरु रुष्ट छन् । एकथरी फागुन २१मै चुनाब चाहन्छन् अर्काथरी संसद पुर्नरस्थापना गरेर पुरानो विरासद फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा ब्यवसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डरत्रास र धम्कीहरु बढीरहेका छन् । यस्तो अवस्थामा शेयर बजारको नुर गिर्नु स्वभाविक हो ।
बढ्दो अराजकता
पुराना राजनीतिक दलहरुको अति–राजनीति त भयो नै । नयाँ कतिपयहरुबाट अराजकता पनि बढी रहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दालन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुधुर्बबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुरा भन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ । जेनजी आन्दोलनकै क्रममा पनि २३ गते घट्ना भड्किएपछि २४ गते देशका धेरै संघ संस्था, नीजि क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब हाराहारी नोक्सानी भएको आँकलन छ । तथ्याकंमा ८४ अर्ब नोक्सानी भएपनि विश्वले देखेको सो आगजानी, लुटपपाट तथा तोडफोड घटनाले देशमा ब्यवसायिक मनोवल गिराएको छ । ब्यवसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगहरुमा नकारात्मक असर परेको छ । उद्यम ब्यवसाय गर्न बैंकहरुमा ऋण लिन जानेहरुसम्म हच्कीएका छन् । भोली के हुने हो भनेर डराइरहेका छन् । यस्तैमा बिमा कम्पनीहरुले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् । ब्यवसायिक माहौल भत्किएको छ । अराजकता बढेको छ । चन्दा, आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यवसायिक जगत आक्रन्त छ । शान्ति सुरक्षाको वातावरण खलल भएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था अधापी कायम छ । फलस्वरुप शेयर लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।
अन्त्यमा, माथी उल्लेखीत अवस्थाका विच पनि लगानीकर्ताहरुले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने आवश्यक छ । चुनाब गर्ने वातावरण बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरु चुनाबमा जाने अवस्था सिर्जना गराउन ब्यवसायीहरुको तर्फकबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाब हुँदा सबै कुराको सामाधान मिल्नेछ भने चुनाब सर्यो वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्नेछ । त्यसकारण चुनाब गराउनेमा सबैको सहयोग अपरिहार्य छ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।