दमक उद्योग वाणिज्य संघको आसन्न चुनावको मैदानमा दर्जनौं व्यवसायी नेताहरु विभिन्न पदमा उम्मेदवारका रुपमा उभिएका छन् ।
तिनै उम्मेदवारहरुका माझमा आफूलाई व्यवसायीक क्षेत्रमानै परिचित स्पष्ट , न्यायीक र निष्पक्ष व्यवहारिक गुण बोकेका वाणिज्य संघमा सुझबुझसाथ आफ्नो ज्ञानलाई फराकिलो बनाउँदै अघि बढेका उम्मेदवार हुन् ज्ञाननाथ पौडेल अर्थात ज्ञानु ।
दमक र यस क्षेत्रमा व्यवसायिक क्रियाकलापसँगै सामाजिक गतिबिधिमा सक्रिय भुमिका खेलेर मन मनमा बस्न सफल भएका ज्ञाननाथ सानै उमेरमा दमक उद्योग वाणिज्य संघको निर्वाचनमार्फत कार्यसमिति सदस्य र द्धितीय उपाध्यक्षको जिम्मेवारीमा पुगेर सफल नेतृत्व गर्दै आएका छन् । दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भएपछि त्यसयता आफूलाई व्यवसायसंगै समाजसेवाका क्षेत्रमा पनि सक्रिय बनाइराखेका व्यक्तित्व हुन ज्ञानु ।
२०७६ को को निर्वाचनमा वाणिज्य संघको नेतृत्वमा फडको मार्ने पौडेलको प्रयास अधुरो रहे पनि व्यवसायीहरुकै माग र संघको आवश्यकताले उनलाई २०७९ माघमा भएको निर्वाचनमा संघको द्धितीय उपाध्यक्षमा निर्वाचित गराएका हुन् ।
वाणिज्य संघको चुनाव जित्दा होस वा हार्दा उनले व्यवसायीहरुसँगको घुलमिल बढाउँदै आफनो लक्ष्यलाई निरन्तर पछ्यारहेका छन् ।
संघमा उनको प्रभावकारी र सशक्त भुमिका उच्च छ । व्यवसायीहरुसंगको अन्तर्घुलन र भाइचारा सम्बन्धमा अग्रपक्तिंमा रहेका पौडेल अहिले संघको वरिष्ठ उपाध्यक्षको लागि चुनावी मैदानमा छन् ।
वाणिज्य संघमा कुशल र सक्षम सावित गोपाल गुरागाइँ नेतृत्वको प्यानलबाट पौडेल वरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा रहेका पौडेल आर्थिक अनुशासन र संघको कोषलाई प्रभावकारी बनाउन गुरागाइँ नेतृत्वको टिम आवश्यकता देखेरनै यो टिमसँगको सहकार्यमा छन् ।
लायन्स क्लबमा आवद्ध हुँदै दर्जन बढी क्लबहरुको नेतृत्व गरेर जोन चियर पर्सन रहेका ज्ञाननाथ दमक ६ स्थित देवकोटा चोकमा सञ्चालित दमक किचन गुडसका प्रोप्राइटर पनि हुन् ।
पौडेलको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
परिवारमा विशेष गरेर दाजुभाईको साथ सहयोग र इष्टमित्रहरुको हौसलाले उनलाई व्यवसायसंगै संघको नेतृत्व र सामाजिक गतिबिधिमा क्रियाशील बनाउन मद्धत गरिरहेको छ ।
दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा सक्रिय छन् । संघ संस्थामा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले आफ्नो कार्यकालमा सशक्त भुमिका निर्वाह गरेका छन् । संघमा अनुभवी, सक्षम अनुहारको खाँचो छ ।
गुरागाइँ नेतृत्वको प्यानलका उम्मेदवारहरुले संघमा खडकिएको आवश्यकता पुरा गर्ने क्षमता राख्ने र निष्पक्ष र पारदर्शीता झल्काउन सक्ने पौडेलको ठम्याई छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार पौडेल सबै हिसाबले दमकका व्यवसायीहरुले विश्वास र भरोसा गर्न योग्य टिममा रहेर काम गर्ने आफ्नो सोच रहेको बताउँछन् ।
वाणिज्य संघ व्यवसायीहरुको सेवामुलक साझा संस्था भएका कारण आफू पनि बिना आग्रह, पूर्वाग्रह सबै व्यवसायीको सेवा गर्नैका लागि नेतृत्व बिकासमा अघि बढेको पौडेलको भनाई छ । (उम्मेदवार प्रमोशन अन्तर्गत प्रवद्र्धनात्मक सामग्री)