टिकाराम खतिवडा दमकमा विगत २२ बर्षदेखि सानो व्यवसायबाट व्यवसायीक यात्रा शुरु गरेका एक संघर्षशील उदियमान लगानीकर्ता हुन्् । साइकल चलाएर घुम्ती व्यापारका माध्यमबाट दमकमा व्यवसायीक यात्रा शुरु गरेका खतिवडा सरल जिवनशैलीका कारण साथी सर्कल भित्र सहज घुलमिल हुन सकेका छन् ।
हाल न्यू पाथीभरा कस्मेटीक र श्री गणेश ट्रेडर्सका प्रोप्राइटर खतिवडाको व्यवसायिक लगानीको क्षेत्र फराकिलो छ । कस्मेटिक सामानको आपूर्तिकर्ता (होलसेल व्यवसायी) खतिवडा एकल स्वामित्वको व्यवसायका अतिरिक्त साझेदारी व्यवसायमा पनि अघि बढेका छन् । स्पष्ट र हक्की स्वभावका खतिवडा होटल थ्री इनका सञ्चालकहरु मध्येका पनि एक हुन ।
उनी दमक ६ मा अवस्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्ष रहेर वित्तीय क्षेत्रको नेतृत्व सम्हालिरहेका छन् ।
उनले आफ्ना व्यवसायीक फर्म र प्रतिष्ठानहरु मार्फत प्रत्यक्ष रुपमा ३५ /४० जनालाई रोजगारीको अवसर दिलाएका छन् ।
त्यसका अतिरिक्त खतिवडा व्यवसायबाट आर्जिएको नाफा समुदायमा पनि खर्चिनु पर्छ भन्ने मान्यता राख्दै आएका छन् । उनले आफ्नो जन्मोत्सवको अवसर पारेर यस अघि विपन्न २५ परिवारको एकसाथ स्वास्थ्य बीमा गरिदिएका छन् । दमकको नमुना मार्ग बजार भित्र आफ्नै खर्चमा सार्वजनिक खानेपानीको व्यवस्थापन गरेर नमुना प्रस्तुत गरेका उनी
पछिल्लो समय व्यवसायिक क्षेत्रमा स्थापित लगानीकर्ताका रुपमा परिचय बनाउन सफल छन् ।
टिकाराम व्यवसायी हुनुका नाताले व्यवसायीहरुकै नेतृत्वदायी र साझा संस्था दमक उद्योग वाणिज्य संघको नेतृत्वमा अभ्यास गरिरहेका छन् ।
२०७९ माघ अर्थात अघिल्लो निर्वाचनमा संघको कार्यसमिति सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका खतिवडा अहिले हुन लागेको निर्वाचनमा वाणिज्य संघमा सफल र खारिएको नेतृत्वकर्ता गोपाल गुरागाइँको टिमबाट द्धितीय उपाध्यक्ष पदका लागि उम्मेदवार छन् ।
व्यवसायलाई कर्म र धर्म दुवैको ख्याल राखेर चलाउनु पर्छ भन्ने मान्यता राख्ने टिकाराम एकतामानै शक्ति, व्यवसायीक प्रगति भन्ने सन्देशसहित चुनावी दौरानमा छन् ।
संघको कुशल, सक्षम र अनुभवी नेतृत्वका रुपमा स्थापित गोपाल गुरागाइँसहितको टिमबाट उनी द्धितीय उपाध्यक्षको उम्मेदवारका रुपमा अघि बढिरहेका छन् । खतिवडा व्यवसायीक क्षेत्रबाहेक आफूले धेरै अन्य क्षेत्रमा हात नहालेको भन्दै व्यवसायीहरुसँगै हातेमालो गरेर अघि बढ्न चाहेको बताउँछन् । (विज्ञापनिक सामग्री)