दमक/ दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गोपाल गुरागाईले बाजी मारेका छन् । दुई जना प्रतिस्पर्धीहरुलाई फराकिलो मतान्तरले पछि पार्दै गुरागाइँ दोश्रो तथा अन्तिम कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस र नेकपा निकटका व्यवसायीहरुको समुहका गुरागाईले ८९६ मत ल्याएर जित हासिल गरेका हुन भने उनका निकटतम प्रत्यासी भरतकुमार चम्लागाईले ५८६ मत ल्याएका छन् । अर्का प्रत्यासी खड्काले ५०७ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा गुरागाइँ नेतृत्वको संयुक्त उद्यमी व्यवसायी प्यानलले अध्यक्ष गुरागाइँसहित पाँच पदाधिकारी जितेको छ भने लेखा समिति संयोजक पनि गुरागाइँ प्यानलले जितेको छ ।
वरिष्ठ उपाध्यक्षमा चम्लागाइँ नेतृत्वको प्रगतिशील व्यवसायीहरुको प्यानलबाट भगवान बस्नेत (८०६ मत) ल्याएर विजयी भएका हुन् ।
उनले पाएको मत अध्यक्षका प्रत्यासी चम्लागाइँले पाएको भन्दा २२० मतले धेरै हो ।
सो पदमा गुरागाइँ प्यानलका ज्ञाननाथ पौडेल ५७४ मतसहित निकटतम प्रतिस्पर्धीका रुपमा मात्रै दर्ज भए । पौडेलले गुरागाइँ समुहबाट अन्तर्घातको सामना गर्नपर्दा अध्यक्षमा गुरागाईँले पाएको मत भन्दा ३२२ मत कम्ती पाएका हुन् ।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी राजकुमार योङयाले (५७३) मत ल्याएका थिए ।
निर्वाचन समितिका संयोजक लीला गुरागाईका अनुसार वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत (८०६) मत ल्याएर विजयी भएका हुन भने प्रथम उपाध्यक्षमा गुरागाइँको टिमका रुवल अधिकारी (९६७) मत ल्याएर विजयी भएका छन भने निकटतम प्रतिस्पर्धीका रुपमा राप्रपा निकटका तुल्सीराम तिम्सीना (६०७ मत) दर्ज भएका छन् ।
सो पदमा एमाले निकटका व्यवसायीहरुको प्यानलका सुनिल साहले ३६६ मत मात्रै पाएका छन् ।

सो समुहले साहलाई उम्मेदवार बनाए पनि मत भने अन्यत्रै दिएको चर्चा छ ।  चम्लागाइँको समुहका साहले पाएको मत चम्लागाइँको भन्दा २२० मतले कम हो ।
द्धितीय उपाध्यक्षमा गुरागाइँ प्यानलका टिकाराम खतिवडा (८४८) मतसहित निर्वाचित हुँदै गर्दा नविनकुमार अग्रवाल (५९८) ल्याउँदै निकटतम प्रतिस्पर्धी बनेका छन । अग्रवाल राप्रपा समिर्थत समुहका हुन् ।
सो पदमा एमाले निकट चम्लागाइँ समुहका रमेश लुईटेलले (४९८) मत ल्याउँदै तेस्रो स्थानमा खुम्चिनु पर्यो भने तृतीय उपाध्यक्षमा कांग्रेस–नेकपा समर्थित समुहका सुवास गर्तौला ७०० मतसहित निर्वाचित भएका छन् ।
सो पदमा राप्रपा निटकका विवेक श्रेष्ठ ६७८ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेका छन भने चम्लागाइँ समुहका उम्मेदवार उमेश गजमेरले (५७३) मतमा खुम्चिनु परेको छ ।
द्वितीय उपाध्यक्षमा गुरागाइँ प्यानलकै टिकाराम खतिवडा(८४८) , तृतीय उपाध्यक्षमा सुवास गड्तौला (७००) र महिला उपाध्यक्षमा संगीता तुम्बापो (७८५) मतसहित निर्वाचित भएका छन् ।
यसैगरि, महिला उपाध्यक्षकी उम्मेदवार लोकमाया ढुंगानाले ४३८ र शुष्मा निरौलाले ७१५ मत प्राप्त गरेकी थिइन् ।
सदस्यहरुमा गुरागाइँ प्यानलका भरत दुलाल, चिरन न्यौपाने र सहदेव भटट्राई निर्वाचित भएका छन भने चम्लागाइँको समुहका कविन श्रेष्ठ, कुमार श्रेष्ठ र टंकप्रसाद आचार्य निर्वाचित भएका छन् ।
बस्तुगतमा निर्वाचितहरु
सात बस्तुगततर्फ हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई ,गोकुल खड्का ,खेमराज पाण्डे निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ संगीता प्रसाई र उर्मिला गुरुङ चुनिएकी छन् ।
तीन सदस्यीय लेखा समितिको संयोजकमा भेनस श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्धन्दी बिमल बरालले ( ६२९ ) मत पाएका थिए भने निलकण्ठ निरौलाले ( ६०३) मत पाए ।
यसैगरि लेखा सदस्यमा ८७४ मत ल्याएर रुपक सापकोटा र ७५३ मत ल्याएर राजकुमार अधिकारी सदस्यमा निर्वाचित भए ।
लेखा सदस्यका उम्मेदवारहरु नन्दलाल पाण्डे (६७९), विलास यादव ( ५३१) ,राधादेवी ढुंगाना ( ४१९) र सागर लावतीले ४१२ मत पाएका थिए ।
शुक्रवार भएको निर्वाचनमा संघमा आवद्ध २२९८ व्यवसायी मतदाता रहेकामा २०२८ मत खसेको थियो ।

 

Facebook Comments Box