दमक १० मा उपप्रमुख विशेष कोषबाट १६ जना बिद्यार्थीलाई साइकल

दमक/  दमक नगरपालिका वडा नम्बर १० मा सञ्चालित पशुपति आधारभुत बिद्यालयमा अध्ययनरत १६ जना छात्र छात्राहरुलाई दमक नगपालिकाको उपप्रमुख विशेष कोषबाट साइकल वितरण गरिएको छ । उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बिहिबार बिद्यालयमा पुगेर ति बिद्यार्थीहरुको शैक्षिक निरन्तरतामा सहयोग पुरयाउने उद्धेश्यले साईकल हस्तान्तरण गर्नुभएको हो ।
बिद्यालयको माग अनुसार नगर उप प्रमुख कोषबाट ति साईकल वितरण गरिएको हो ।
सो अवसरमा उपप्रमुख भट्टराईले सो बिद्यालयमा टाढाबाट आउने बिद्यार्थीहरुलाई समयमै नियमित रुपमा बिद्यालय आउन कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गरेर आफ्नो विशेष कोषबाट साइकल प्रदान गरिएको बताउँदै बिद्यार्थीहरुको उज्वल शैक्षिक भविष्यको कामना गर्नुभयो ।


बिद्यालयमा आउन थालेका बिद्यार्र्थी पनि यातायातको अभावको कारणले बिद्यालय छाड्ने क्रम देखिएकाले त्यसलाई रोक्न र शैक्षिक निरन्तरतामा प्रोत्साहनका लागि साइकल वितरण रोजिएको उहाँले बताउनु भयो ।
स्वास्थ्यका दृष्टिकोणबाट समेत साइकल कुदाउनु अत्यन्तै उपयोगी भएको र सहज माध्यम भएकाले बिद्यार्थीहरुका लागि साइकल रोजिएको उहाँको भनाई छ ।
साइकल पाएपछि बिद्यार्थीलाई विद्यालय आउन जान सहज हुने र पढाइमा सुधार आउने विश्वास लिइएको बिद्यालयका प्रधाना ध्यापक सिताराम निरौलाले बताउनु भयो । अहिले कक्षा ५ सम्म अध्यापन भइरहेको बिद्यालयमा ८० जना बिद्यार्थी आउन थालेको र भर्नाको क्रममै रहेकोले अभैm बिद्यार्थी बढ्ने अपेक्षा लिईएको उहाँले बताउनु भयो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्ती प्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक १० का वडा सदस्य रविन्द्र लिम्बु, सामाजिक व्यक्तित्वहरु घनश्याम खनाल, दिपेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

 

भारत–पाकिस्तान युद्ध प्रभाव , नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

झापा/ पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ। यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ, भने बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्।

सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ। सम्भावित संकित स्थानहरूमा निगरानी एवं चेकजाँच तथा सूक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिएको छ। तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।    यसैगरी शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ। थाह खबरबाट

सुनको मूल्य उकालो, प्रति तोला १ लाख ९२ हजार

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आलोचनाका बाबजुद सरकारी निवास बालुवाटारमै आज साँझ बस्ने गरी बैठक बोलाएका हुन् ।

यसअघि बालुवाटारमा बारम्बार मन्त्रिपरिषद् बैठक आयोजना गरिएको विषयमा सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो । यस्ता टीकाटिप्पणीका बीच प्रधानमन्त्रीले पुनः बालुवाटारलाई नै बैठकस्थल बनाउँदा राजनीतिक वृत्तमा चासो पैदा भएको छ ।

आजको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो तनाव, नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति, आगामी आर्थिक वर्षको बजेट तयारी, सरकारका तर्फबाट हालसम्म भएका कार्यान्वयनका अवस्थाहरू तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने जनाइएको छ ।

दमक अस्पतालमा थाइरोइड ग्रन्थीको सफल शल्यक्रिया

दमक/ एकपछी अर्को गर्दै सेवा विस्तार गरिआएको झापाको दमकस्थित दमक अस्पतालमा थाइराईड ग्रन्थीको सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालको बहिरंग सेवाका लागि नाक, कान र घाँटी रोग सम्बन्धिको विभागमा श्वास प्रश्वास सम्बन्धि समस्या लिएर आएकी इलाम माङसेबुङकी २७ बर्षिया महिलाको थाइरोइड ग्रन्थीको सफल शल्यक्रिया गरिएको हो ।

बिगत एक वर्षदेखि घाँटीमा गाठो पलाएर खान र श्वास फेने अप्ठ्यारो हुने समस्या लिएर आएकी ति महिलालाई नाका, कान , घाँटी रोग विशेषज्ञ डाक्टर प्रवेश कार्की नेतृत्वको टिमले सफल शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख डा. अनुपम घिमिरेले जानकारी दिए ।
पछिल्लो समय दमक अस्पतालमा नाक, कान, घाँटी रोग, प्रसुति तथा स्त्रीरोग, हाड जोर्नी तथा जनरल सर्जरी बिभागको शल्यक्रिया नियमित रुपमा सञ्चालन भइरहेको छ । अस्पतालमा दैनिक एक हजार भन्दा बढीले विभिन्न विशेषज्ञ डाक्टरहरुबाट नियमित ओपिडी सेवा लिने गरेका छन् ।

सो अस्पतालमा सेवाग्राहीको चाप दिनदिनै बढेपछि सहजताका लागि टोकन प्रणाली लागू गरिएको छ । बिरामीहरुलाई तत्काल आउन सक्ने ल्याब सेवाको रिपोर्ट तत्कालै उपलब्ध गराउने प्रणालीको बिकास गरिएको छ । चुस्त व्यवस्थापनका कारण यो अस्पतालबाट झापाको पश्चीमि भुगोलका साथै पूर्वी मोरङ, इलाम, पाँचथरका सर्वसाधारणले स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा लिने गरेका छन् ।

 

दमक बजारमा बृद्धाको साथबाट सुनको सिक्री लुटेर फरार

सांकेतिक तस्विर

दमक/ झापाको दमक बजारमा आज दिउँसो अपरिचित दुई युवाले बजार भर्न आएकी इलाम माङसेबुङकी एक जना बृद्धाको साथबाट डेढ तोलाको सुनको सिक्री लुटेर फरार भएका छन् ।
दमक ६ स्थित पुरानो सब्जी बजार नजिकै दिउँसो करिब साढे १२ बजे तिर अपरिचित दुई जनाले माङसेबुङ ४ की अन्दाजी ६५ बर्षिया मनमती राईको गलामा लगाएको सुनकी सिक्री खोल्न लगाई लुटेर भागेका हुन् ।
ति बृद्धालाई लुटेराले शुरुमा घर थर सोधेर सुन जस्तो देखिने फलामको विस्कुट आकारको पहेंलो रंग दलिएको फलाम देखाएर तपाइँ यो राख्नु होस चिया पनि खानुहोस भन्दै झुक्याएर सक्कली सुनको सिक्री लुटेर भागेका बताइएको छ । सुन लुर्टिपछि हार गुहार माग्दै ति बृद्धा आफ्नो पसलमा आइपुगेको दमक ६ स्थित बिएउण्डबी खाजा घरका प्रोप्राइटर माधव ढकालले बताए ।

व्यवसायिक क्षेत्रमा फड्को मार्दै बरालले शुरु गरे श्रेया सप्लायर्स

दमक/ झापाको गौरादह ५ बाट २०५९ सालदेखि दमकमा आएर व्यवसायिक क्षेत्रमा हात हालेका युवा व्यवसायी देवेन्द्र बरालले समयको मागलाई धान्नका लागि व्यवसाय विस्तार गरेका छन् । यसअघिदेखिनै गर्दै आएको ब्यागको होलसेल तथा खुद्रा व्यापारलाई बरालले दमक ६ स्थित घिमिरे मार्केटमा विस्तार गरेका हुन् ।

उनले सञ्चालनमा ल्याएको श्रेया सप्लायर्सको आज बुधबार बैदिक विधि अनुसार उदघाटन गरिएको छ । बयोबृद्धा माता चन्द्रकुमारी बरालको हातबाट आशिर्वाद लिँदै बरालले औपचारिक रुपमा विशेष गरी महिला तथा बालबालिका लक्षित आधुनिक डिजाइनका विभिन्न खाले ब्याग, छाता, बेल्ट लगायतका सामानको फिक्स प्राइज ( निश्चित मूल्य) को पसल सञ्चालनमा ल्याएका हुन् ।


उदघाटनका अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, सल्लाहकार संयोजक राजकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यसमिति सदस्य तथा युवा व्यवसायीहरु हेमसिंह अधिकारी, सञ्जिब बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि परिषद सदस्य बिष्णु सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अनिलदेव राई लगायतले व्यवसायी बराललाई शुभकामना दिएका छन् ।

व्यवसायीहरुमाझ लोकप्रिय र सामाजिक युवा व्यक्तित्व बरालले आफ्नो व्यवसायिक क्षेत्रको मुख्य प्रेरक व्यक्तित्वका रुपमा आफ्नी दिदी जमुना बराललाई पाएको र उहाँकै प्रेरणाबाट व्यवसाय क्षेत्र रोजेर अघि बढेको उल्लेख गरे । उनले पछिल्लो समय महिला तथा बालबालिकाहरुको रोजाईमा हाते पर्सदेखि अन्य किसिमका आकर्षक र फेसनेवल र गुणस्तरीय ब्याग आइटमहरु रहेकाले बजारमा रहेको मागका आधारमा आफूले यो व्यवसायलाई परिमार्जन गर्दै विस्तार गरेको बताएका छन् ।

 

दमकमा प्रोस्टेड क्यान्सर जाँच , पाँच नम्बर वडाका ७० जनाले लिए सेवा

दमक/ पुरुषहरुमा हुने प्रोस्टेडको समस्यालाई मध्यनजर गर्दै दमक नगरपालिकाको ५ नम्बर वडामा प्रोस्टेडको क्यान्सर सम्बन्धि जनचेतना तथा निशुल्क प्रोष्टेड जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार सञ्चालित सो शिविरमा वडा भित्रका ५५ बर्ष माथिका ७० जनाले प्रोस्टेड जाँच तथा उपचार परामर्श सेवा लिएका दमक ५ का वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिए ।
दमक नगरपालिका कार्यालयको आयोजनामा दमकका वडा तह सम्मनै यस किसिमको शिविर सञ्चालन गरिएको उपप्रमुख रेगिना भट्टराई प्रसाइँले जानकारी दिइन् ।

अधिक पुरुषहरुमा उमेर बढेसँगै प्रोस्टेडको समस्या देखिने र यसले क्यान्सरको जोखिम निम्त्याउने भएकाले क्यान्सरको जोखिम कम गर्न प्रोस्टेड सम्बन्धिको जनचेतनासहित वडा वडामा शिविरको शुरुवात गरिएको उपप्रमुख भट्टराईको भनाई छ ।
दमक ५ मा आयोजित शिविर कार्यवहाक वडाध्यक्ष खड्ग राईको अध्यक्षतामा सञ्चालन भएको थियो । दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा उपप्रमुख भट्टराईको विशेष आतिथ्य रहेको थियो ।

वडा सदस्य शोभा खतिवडा बेलबाँसेले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रममा कार्यपालिका सदस्य ख्यामकुमारी परियार, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, दमक अस्पतालका सर्जन डा. चन्द्रप्रकाश मैनाली लगायतको विशेष उपस्थिती रहेको थियो । सोही प्रकृतिको शिविर आज दमकको ३ नम्बर वडामा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।
वडा सचिव बालकृष्ण कोइरालाका अनुसार बुधबार बिहान १० बजेदेखि आमचोकमा रहेको नगर स्वास्थ्य केन्द्रमा सो शिविर सञ्चालन हुनेछ । वडाबासी ५५ बर्ष माथिका पुरुषहरुलाई सो शिविरमा सहभागी भएर लाभ लिन कार्यवहाक वडाध्यक्ष गजेन्द्र धिमालले आग्रह गरेका छन् ।

दमक ८ ले दियो भजन कीर्तन मण्डलीलाई तालिमसँगै बाद्यवादन सामग्री

दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ८ मा सञ्चालित भजन कीर्तन टोलीका सदस्यहरुलाई बाद्यवादन सम्बन्धिको तालिमसँगै सामग्री हस्तान्तरण गरिएको छ ।
वडा नम्बर ८ को कार्यालयलले चालू आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडाभित्र सञ्चालनमा रही वडा कार्यालयमा सूचीकृत हुन आएका १४ वटा कीर्तन मण्डलीलाई  गोलाप्रथाका आधारमा पाँच वटा हार्मोनियम र सबैलाई मादलसहित बाद्यवादनका सामग्री हस्तान्तरण गरिएको हो ।


वडा सचिव सन्दिप सुवेदीका अनुसार बाद्यवादन तालिम समापन तथा ति सामग्री हस्तान्तरण गर्न आयोजित औपचारिक कार्यक्रममा तालिममा सहभागीहरुबीच प्रतिस्पर्धा समेत गराइएको थियो ।


सो प्रतिस्पर्धाका उत्कृष्ट कीर्तन मण्डलीलाई प्रोत्साहन स्वरुप स्पीकर प्रदान गरिएको थियो । दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)ले ति सामग्री हस्तान्तरण गर्दै वडा कार्यालय सबै वडाबासीहरुको अभिभावक हुनुका नाताले यस किसिमका धार्मिक तथा साँस्कृतिक पक्षको बिकासमा समेत जोड दिदैं आएको बताए । उनले भजन कीर्तनका माध्यमबाट पनि समाजमा अनुशासन र असल कामहरुको अभ्यास गर्न सकिने भएकाले यस किसिमका प्रोत्साहनलाई निरन्तरता दिईने बताए । समापन कार्यक्रममा वडा सदस्यहरु ख्याम श्रेष्ठ, पदम गिरी, हरिमाया चुँडाल , ममता रसाइलीसहित स्थानीय सामाजिक तथा धार्मिक अगुवाहरु, ज्येष्ठ नागरिक तथा महिलाहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।

४५ दिन सम्म सञ्चालन गरिएको बाद्यवादन तालिममा बिहानी कला केन्द्रका संगीत प्रशिक्षक हेमन्त रिजालले सहजीकरण गरेका थिए । बाद्यवादन तालिममा १४ वटै कीर्तन मण्डलीबाट दुई/दुई जनाका दरले सहभागी थिए ।

 

 

दुर्घटनामा बिहेकी जन्ती महिलासहित चार जनाको मृत्यु

दमक/  धनकुटा र उदयपुरमा भएका छुट्टा छुटै सवारी दुर्घटनामा चार जनाको जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भएर सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भिम बहादुर दाहालका अनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले ति घाईतेहरुको उद्धार गरी उपचारका लागि पठाएको थियो । उपचारको क्रममा बसका चालक धरान उपमहानगरपालिका–१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको धरान घोपामा र धनकुटा नगरपालिका–६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो ।
बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका–४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी–२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियारको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी–४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका–४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।