नाटक ‘आयोजना नम्बर १६०’ कदम थिएटरमा मञ्चन

दमक /  झापाको दमकमा नियमित नाटक मञ्चनगरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ । ५ असार देखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशकसिजन दाहालले जानकारी दिए ।

नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चनगरिएको उनले बताए । नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाकोभरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए ।

उनका अनुसारकर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने देखाएको छ। नाटक पूर्णतः कमेडी रहेको उनले बताए । नाटक ‘आयोजना नम्बर १६०’ मा एक जना सत्तासञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारी तन्त्रलाई गहिरो प्रश्न गरिएको छ । कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेकाहुन् । लाइटमा आयुष भण्डारी छन् ।

ओली सरकार एक बर्षको नजिक – एक समीक्षा

 प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले नेतृत्वको सरकारले एक वर्षको कार्यकाल पूरा गर्नै लाग्दा यसको कार्यसम्पादनलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ । सत्तापक्षले यो अवधिलाई ‘सन्तोषजनक’ र ‘स्थायित्वको सुरुवात’ भन्दै गर्दा सत्ता साझेदार दलहरूबाटै असन्तुष्टिका स्वर सुनिन थालेका छन् भने विपक्षी दलहरूले सरकार ‘पूर्णतः असफल’ भएको कठोर टिप्पणी गरेका छन् ।

आगामी असार मसान्तमा एक वर्षे कार्यकाल पूरा गर्न लागेको सरकारको समीक्षा गर्न बसेको नेकपा एमालेको सचिवालय बैठकले सरकारको काममा सन्तुष्टि जनाएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, ‘पार्टीले यो एक वर्षको समग्र अवस्थालाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।’ एमालेले दैलेखमा ग्यास भेटिनु, ग्वार्कोमा ‘फ्लाईओभर’ निर्माण हुनु र नागढुंगा तथा सिद्धबाबा सुरुङमार्गमा भएको प्रगतिलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

सत्ता गठबन्धनभित्रै असन्तुष्टि
दुईतिहाइ बहुमतको समर्थन पाएको सरकारसँग जनताको अपेक्षा अत्यधिक भए पनि त्यसअनुसार परिणाम आउन नसकेको सत्ता साझेदार दलहरूले नै स्वीकारेका छन् । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सरकारको कार्यसम्पादन अपेक्षाअनुरूप नभए पनि बाहिर प्रचार भएजस्तो निराशाजनक नरहेको बताउँछन् । ‘ठूला दल मिलेर बनेको सरकार भएकाले अपेक्षा धेरै थिए । बजेट अझै प्रभावकारी हुन सक्थ्यो तर निजी क्षेत्रलाई चलायमान बनाउने प्रयास भएको छ, जुन सकारात्मक हो,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले नेतृत्वको सरकारले एक वर्षको कार्यकाल पूरा गर्नै लाग्दा यसको कार्यसम्पादनलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ । सत्तापक्षले यो अवधिलाई ‘सन्तोषजनक’ र ‘स्थायित्वको सुरुवात’ भन्दै गर्दा सत्ता साझेदार दलहरूबाटै असन्तुष्टिका स्वर सुनिन थालेका छन् भने विपक्षी दलहरूले सरकार ‘पूर्णतः असफल’ भएको कठोर टिप्पणी गरेका छन् ।

आगामी असार मसान्तमा एक वर्षे कार्यकाल पूरा गर्न लागेको सरकारको समीक्षा गर्न बसेको नेकपा एमालेको सचिवालय बैठकले सरकारको काममा सन्तुष्टि जनाएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, ‘पार्टीले यो एक वर्षको समग्र अवस्थालाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।’ एमालेले दैलेखमा ग्यास भेटिनु, ग्वार्कोमा ‘फ्लाईओभर’ निर्माण हुनु र नागढुंगा तथा सिद्धबाबा सुरुङमार्गमा भएको प्रगतिलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

सत्ता गठबन्धनभित्रै असन्तुष्टि
दुईतिहाइ बहुमतको समर्थन पाएको सरकारसँग जनताको अपेक्षा अत्यधिक भए पनि त्यसअनुसार परिणाम आउन नसकेको सत्ता साझेदार दलहरूले नै स्वीकारेका छन् । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सरकारको कार्यसम्पादन अपेक्षाअनुरूप नभए पनि बाहिर प्रचार भएजस्तो निराशाजनक नरहेको बताउँछन् । ‘ठूला दल मिलेर बनेको सरकार भएकाले अपेक्षा धेरै थिए । बजेट अझै प्रभावकारी हुन सक्थ्यो तर निजी क्षेत्रलाई चलायमान बनाउने प्रयास भएको छ, जुन सकारात्मक हो,’ उनले भने ।

विवाद र आलोचनाको घेरामा सरकार
एक वर्षे कार्यकालमा सरकारले अनेकौं विवाद र आलोचनाको सामना गर्नुपर्‍यो । गत असोजको बाढीपछिको कमजोर सरकारी प्रतिकार्य, फागुनमा चर्किएको राजतन्त्र पक्षधरको आन्दोलन र कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरिएको घटनाले सरकारको छविमा धक्का पुग्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रश्न गर्छन्, ‘राम्रो काम गर्दागर्दै कुलमानलाई हटाउनुपर्ने के कारण थियो ? दुईतिहाइको सरकारले अघिल्लो जति पनि राम्रो काम गर्न सकेन ।’

गृहमन्त्रीसमेत मुछिएको भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षले सदन अवरोध गर्नु र सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्नु जस्ता घटनाले राजनीतिक वातावरण थप तरंगित बन्यो । रास्वपाले आफ्ना सभापतिमाथिको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ भने सरकारले विपक्षीका आवाज दबाउन साइबर कानुनको दुरुपयोग गरेको आरोपसमेत लागेको छ ।

कूटनीतिमा असन्तुलनको आशंका
कूटनीतिक मोर्चामा पनि सरकारको प्रदर्शनलाई लिएर प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभापछि चीन भ्रमण गरे पनि छिमेकी भारतबाट औपचारिक भ्रमणको निम्तो पाउन लामो समय कुर्नुपरेको विषयलाई कूटनीतिक असन्तुलनका रूपमा व्याख्या गरिएको छ । कांग्रेस प्रवक्ता महत भन्छन्, ‘छिमेकी भारतसँग सम्बन्ध मजबुत बनाउँदै चीनसँग पनि सन्तुलित सम्बन्ध कायम राखेर लगानी भित्र्याउन थप पहल गर्नुपर्छ ।’

 

मौद्रिक नीति केवल घोषणामात्र होइन जनउत्तरदायी रणनीति होस्

आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा प्रस्तुत भइसकेपछि अब व्यवसायी, बैंकर, अर्थशास्त्री र सर्वसाधारणको ध्यान मौद्रिक नीतितर्फ मोडिएको छ । आर्थिक समृद्धि, रोजगारी सिर्जना, उत्पादन प्रवर्द्धन र वित्तीय अनुशासन कायम राख्न मौद्रिक नीतिको भूमिका अपरिहार्य रहन्छ । तर विगत केही वर्षयता मौद्रिक नीतिले न त जनविश्वास जित्न सकिरहेको छ न त अर्थतन्त्रको मूलधारमा निर्णायक सुधार ल्याउन सफल देखिएको छ । यो अवस्था केवल एक नीतिगत कमजोरी नभई समग्र नियामक संयन्त्र, सरकार, बैंक, बजार सम्बन्ध र नीतिगत सोचको गहिरो विचलनलाई प्रतिविम्बित गर्छ ।
नेपालमा मौद्रिक नीतिको परिभाषा अझै घोषणामुखी ढाँचामा सीमित देखिन्छ । हरेक वर्षको नीति सार्वजनिक भएपछि केही दिन चर्चाको केन्द्रमा रहन्छ विश्लेषण र प्रतिक्रिया आउँछन् तर त्यसपछि न त मूल्याङ्कन गरिन्छ न त कार्यान्वयनमाथि संवाद हुन्छ । मौद्रिक नीति आर्थिक पुनरुत्थानको दिशानिर्देशक बन्नुको सट्टा दिशाहीन घोषणापत्रमा सीमित बन्न थालेको छ । मुद्रास्फीति नियन्त्रण, ब्याजदर सन्तुलन, कर्जा प्रवाहको पारदर्शिता र लगानीमैत्री वातावरणको निर्माण जस्ता विषयमा नीतिको मौनता दिनप्रतिदिन झनै स्पष्ट हुँदै गएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रयोग गरिँदै आएका मौद्रिक उपकरणहरू जस्तै बैंक दर समायोजन, अनिवार्य नगद सञ्चिति अनुपात, ऋण प्रवाह सीमा, चालु खाता घाटाको नियन्त्रण समयसापेक्ष परिमार्जन नहुँदा ती अब अप्रभावकारी बन्दै गएका छन् । बैंकरहरू जोखिम लिन डराउँछन् सहकारीहरू अनियन्त्रितरूपमा चलेका छन् लघुवित्तले चक्रवृद्धि ब्याज लगाएर ऋणभार सिर्जना गरेका छन् । यस्ता प्रतिकूल अवस्थाहरूबीच मौद्रिक नीतिले कुनै प्रभावकारी चासो देखाउन सकेको छैन ।
२०५९/०६० सालदेखि सार्वजनिकरूपमा घोषित मौद्रिक नीति प्रारम्भिक वर्षहरूमा अपेक्षाकृत प्रभावकारी देखिए पनि पछिल्ला वर्षहरूमा त्यसको प्रभावकारिता निरन्तर खस्कँदै गएको छ । मुद्रास्फीति दर ८–९ प्रतिशतसम्म पुगेको अवस्थामा मध्यम र निम्न आय भएका नागरिकको जीवनस्तर प्रभावित भएको छ । खाद्य वस्तु, यातायात, आवासदेखि स्वास्थ्यसम्मको मूल्यवृद्धिले आम उपभोक्ताको क्रयशक्ति घटाएको छ । यसले उपभोग घटाउँछ, उत्पादन घटाउँछ, रोजगारी संकुचित हुन्छ र अन्ततः देशको अर्थतन्त्रमा स्थगनको स्थिति आउँछ । यस चक्रलाई तोड्ने जिम्मेवारी मौद्रिक नीतिको हो तर हालसम्म त्यो जिम्मेवारी निर्वाह हुन सकेको छैन ।
सहुलियत कर्जाको नाममा गरिब, युवा, महिला, विपन्न र सीमान्तकृत वर्गको नाम लिइए पनि व्यवहारमा भने कर्जाको पहुँच सधैं शक्तिशाली, पहुँचवाला र शहरी क्षेत्रका व्यवसायीहरूमा केन्द्रित देखिन्छ । सहुलियत कर्जाले गरिबको जीवनस्तर उकास्न सक्नुको साटो समाजमा असमानता बढाउने माध्यम बनेको छ । मौद्रिक नीतिमा पारदर्शी कार्यान्वयन संयन्त्र, लक्षित अनुगमन र प्रभाव मूल्याङ्कनको संयन्त्र नहुँदा यो चुनौती थप जटिल बनेको छ ।
युवाशक्ति र वैदेशिक रोजगारीबाट फर्किएका लाखौं नेपालीको श्रम, सीप र पूँजीलाई उत्पादनमा प्रयोग गर्ने अवसर मौद्रिक नीतिले तयार गर्न सकेको छैन । उनीहरूका लागि स्टिमुलेसन प्याकेज, सहुलियत ऋण, उत्पादनमूलक उद्यमको लागि अनुदान वा स्टार्टअप प्रवर्द्धन कार्यक्रम मौद्रिक नीतिले समावेश गर्नुपर्ने हो हालसम्म त्यो सम्भव हुन सकेको छैन । बरु बेरोजगारीको चपेटामा परेका ती युवाहरू पुनः विदेशिन बाध्य छन् जसले दीर्घकालीन सामाजिक र आर्थिक संकट निम्त्याउने सम्भावना बलियो बनाएको छ ।
नेपालमा मौद्रिक नीति अझै पनि परम्परागत संरचनाभित्र सीमित देखिन्छ । प्रविधिको युगमा वित्तीय प्रविधि, डिजिटल बैंकिङ, अनलाइन क्रेडिट स्कोरिङ, ब्लकचेन, डिजिटल मुद्रा नियमन जस्ता मुद्दा मौद्रिक नीतिको प्राथमिकतामा पर्नुपर्ने हो ।  मौजुदा नीतिमा यस्ता विषयहरूलाई औपचारिक र कार्यान्वयनयोग्यरूपमा समेट्ने प्रयास झल्किएको छैन । क्रिप्टो करन्सी जस्तो चुनौतीपूर्ण विषयमा स्पष्ट नीति नहुनु फिनटेक प्लेटफर्मको नियमनबारे दिशानिर्देशन नहुनु वा डिजिटल कारोबारको सुरक्षित प्रवर्द्धन नहुनु ती सबै मौद्रिक नीतिको अदक्षता र ढिलासुस्तीका प्रमाण हुन् ।
त्यसैगरी निष्क्रिय पूँजी र कोषहरू  जस्तै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष उत्पादनशील क्षेत्रमा प्रवाह हुने गरी उपयोग गर्ने नीति निर्माण हुन सकेको छैन । यस्ता विशाल कोषहरू कृषिमा, पूर्वाधारमा, स्टार्टअप वा लघु उद्यममा लगानी हुने हो भने आर्थिक पुनरुत्थानको मार्ग प्रशस्त हुन सक्थ्यो । न मौद्रिक नीतिले यस्ता प्रस्तावहरू ल्याएको देखिन्छ न त कार्यान्वयन गर्ने निकायमा त्यो इच्छाशक्ति देखिएको छ ।
नेपाल राष्ट्र बैंकको भूमिका केन्द्रीय बैंकको रूपमा सिमित छैन अब यसको भूमिका आर्थिक सन्तुलनकर्ता, पूर्वचेतावनी संयन्त्र सञ्चालनकर्ता र वित्तीय बजारको अभिभावकको रूपमा पुनः परिभाषित गरिनुपर्छ । हालको मौद्रिक नीति सूचनाको पारदर्शिता, जोखिमको पूर्वअनुमान, नीति बजार समन्वय तथा वित्तीय संवादमा कमजोर देखिएको छ । यसले केवल औपचारिक घोषणामै सीमित नीति निर्माण परिपाटीलाई झल्काउँछ ।
नेपालमा योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच नीतिगत समन्वयको गहिरो अभाव छ । बजेटले प्राथमिकता दिएको क्षेत्रलाई मौद्रिक नीतिले समर्थन दिनुपर्ने हो त्यस्तो समन्वय नहुनाले नीति निर्माण नै विरोधाभासपूर्ण देखिन्छ । नीति निर्माणका क्रममा साझा डाटाको अभाव, संयुक्त कार्यान्वयन संयन्त्रको कमजोरी तथा मूल्याङ्कनको सामूहिक प्रणाली नहुनुले नीति नै अव्यवस्थित बनाएको छ ।
नीति निर्माणमा सरोकारवालाको सहभागिता नहुनु अर्को गम्भीर चुनौती हो । निजी क्षेत्र, सहकारी संघसंस्था, श्रमिक प्रतिनिधि, लघुवित्त संस्था, उपभोक्ता समूहजस्ता निकायको सुझाव, आवश्यकता र अनुभवलाई नीतिमा समेट्न नसक्दा मौद्रिक नीति व्यवहारभन्दा अलग्गिएको देखिन्छ । यो नीति केवल केन्द्रीय बैंकका उच्च तहका अधिकारीहरूको निर्णयमा सीमित हुँदै गएको छ ।
यस्ता अवस्थाहरूमा अब आवश्यक छ ।  मौद्रिक नीति त्रैमासिक समीक्षा प्रणालीमा जानु प्रत्येक नीति, कार्यक्रम वा उपकरणको प्रभाव मूल्याङ्कन गरी तत्काल सुधार गर्न सक्ने ‘फीडब्याक लूप’ प्रणाली मौद्रिक नीतिमा समावेश गरिनुपर्छ । नीति स्थायित्वको नाममा ‘फ्रोजन पालिसी’ अपनाउनुले संकट व्यवस्थापन असम्भव बनाउँछ ।
अबको मौद्रिक नीति घोषणापत्र होइन, रणनीतिक दस्तावेज हुनुपर्छ । यसमा विगतको आत्मसमीक्षा, वर्तमानको यथार्थपरक मूल्याङ्कन र भविष्यप्रतिको ठोस योजना समेटिनुपर्छ । मुद्रास्फीति नियन्त्रण, वित्तीय साक्षरता प्रवर्द्धन, सहुलियत कर्जाको लक्षित वितरण, डिजिटल प्रविधिको समुचित प्रयोग, निष्क्रिय पूँजीको उत्पादनशील परिचालन यी सबै विषय समेटिएको समावेशी र उत्तरदायी मौद्रिक नीति अबको आवश्यकता हो ।
अब समय आइसकेको छ कि हामी मौद्रिक नीतिलाई कागजमा सीमित नबनाई नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक यन्त्र बनाऔँ । यसका लागि नेतृत्वको राजनीतिक इच्छाशक्ति, केन्द्रीय बैंकको स्वायत्तता, निजी क्षेत्रको उत्तरदायित्व र नागरिक समाजको सशक्त सहभागिता अपरिहार्य छ । नीति बनाउने हो भने जनताका लागि न कि घोषणाका लागि । त्यसैले अबको मौद्रिक नीति निर्णायक, संवेदनशील र समर्पित बन्नैपर्छ ।
(लेखक– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्।

हतुवागढी-९ मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्ररही निरीक्षक अमर राईले जानकारी दिए।

बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्।

उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएका हरेछन्। साँझसम्म पनि नफर्किएछि आफन्तले प्रहरीलाई खबर गरेका थिए,’ इन्सपेक्टर राईले  भने, ‘खबरपछि घोडेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल साहको कमाण्डमा चार जना प्रहरी परिचालन भएका छन्। खोजीको लागि सुनसरी प्रहरीलाई पनि खबर गरिएको छ।’

खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहे पनि बिहीबार बिहानसम्म फेला परेका छैनन्।

दमक नगर अस्पतालमा एकैपटक १० जना स्टाफ नर्स नियुक्त हुँदै ( सफल उम्मेदवारको नामावलीसहित)

दमक/ झापाको दमक नगरपालिकामा सञ्चालित दमक नगर अस्पतालमा एकैपटक १० जना स्टाफ नर्सले करार सेवामा रोजगारी पाएका छन् ।
सेवाग्राहीको चाप उल्लेखीय रुपमा बढिरहेको सो अस्पताल दमक नगरपालिका मातहत सञ्चालनमा छ ।

नगरपालिकाले एकसाथ ठुलो संख्यामा करार सेवामा नियुक्तीका लागि स्टाफ नर्स सहायक स्तर (पाँचौ तह)का लागि विज्ञापन खुलाएको थियो ।
गत बैशाख २४ गते प्रकाशित विज्ञापन बमोजिम बुधबार (११ असार)मा परीक्षा लिइएको थियो । लिखित परीक्षामा सहभागी कूल ४६ जना परीक्षार्थी मध्ये २७ जना अन्तरवार्ता परीक्षामा सहभागी थिए ।
सहभागीहरु मध्ये खुलाइएको विज्ञापनका आधारमा १० जना सफल उम्मेदवारको सूचीमा परेका हुन् ।
दमक नगरपालिकाद्धारा आज प्रकाशित सूचना अनुसार सफल भएका १० उम्मेदवारको सूचीमा पोखराकी मनिता रानाभाटसहित अन्य ९ जना कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका छन् । प्रकाशित सूचना बमोजिम सफल उम्मेदवारको सूचीमा दमक १० की अनुजा खड्का, दमक १ की समृद्धी राई, फाल्गुनन्द ५ पाँचथरकी नम्रता साँवा, दमक ८ की नितु भण्डारी, दमक ५ की दीक्षा गुरुङ, दमक ४ की आयुस्मा कोइराला, बाँझो ८ इलामकी बिमला योङहाङ, दमक ५ की अस्मिता राई र मिक्लाजुङ ६ पाँचथरकी विनुसा राई परेका छन् । उनीहरुलाई सात दिन भित्र कार्यालयमा सम्पर्क गर्न सुचित गरिएको छ ।

अग्र्यानिक मच्छड धुप बनाउने र बजारीकरण सम्बन्धी १० दिने तालिम

दमक/ अग्र्यानिक मच्छड धुप बनाउने, बजारिकरण र ब्रान्डिङ सम्बन्धी १० दिने तालिम बुधबारदेखि दमकमा सुरु भएको छ। दमक नगरपालिकाको आर्थिक सहयोगमा तथा दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नको आयोजनामा सुरु भएको तालिममा २० जना एकल महिला सहभागी छन्।

तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै, यस्ता सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउने दिशामा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपप्रमुख रेगिना भट्टराईले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने यस्ता कार्यक्रमहरूको प्रभावकारितामाथि जोड दिनुभयो।

आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले अग्र्यानिक धुप उत्पादनमार्फत घरेलु उद्योग विस्तार र रोजगारी सिर्जनामा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

संस्थाकी सञ्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले दिव्यदृष्टिले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न व्यावसायिक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रम सञ्चालन दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले गर्नुभयो।

तालिममा सहभागी महिलाहरुलाई उत्पादन प्रक्रियासँगै प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापनका विविध पक्षमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

आयुर्वेद अस्पताल लखनपुरमा बालबालिकालाई स्वर्ण विन्दु प्रासन गराइँदै

दमक/ झापाको कमल गाउँपालिका ७ लखनपुरमा सञ्चालित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा कोशी प्रदेशमै पहिलो पटक बालबालिकाहरुलाई स्वर्ण विन्दु प्रासनको कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वर्ण विन्दु प्रासनले बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत पुरयाउँछ ।
अस्पतालले आयुर्वेद चिकित्सा सेवालाई विस्तार गर्ने सिलसिलामा पहिलो पटक यही असार १३ गते ६ महिनादेखि ७ बर्ष उमेर समुहका बालबालिकालाई स्वर्ण भस्म (सुनपानी,मह, घिउ आदीको सम्मिश्रण) को पहिलो डोज खुवाउन लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्ड डा. सिद्धार्थ ठाकुरका अनुसार बालबालिकामा रोग प्रतिरधात्मक क्षमताको बिकासका लागि स्वर्ण विन्दु महत्वपूर्ण मानिन्छ । यो ३ महिनादेखि माथि १६ बर्ष उमेर समुहका बालबालिकालाई खुवाउनु स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुने भएता पनि आवश्यकतालाई धान्न सक्ने अस्पतालको क्षमतालाई मध्यनजर गरेर यसपटक ६ महिनादेखि ७ बर्ष उमेर समुहका मात्रै बालबालिकालाई लक्षित गरिएको डा. ठाकुरले जानकारी दिनु भयो ।
उहाँका अनुसार यसपटक सो कार्यक्रमबाट झण्डै चार सय बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ । साधारणतया झाडापखाला लागिरहेका र उच्च ज्वरो आइरहेका बालबालिकालाई उनीहरुलाई निगरानीमा राखेर मात्रै यसको सेवन गराइनेछ ।
यसको सेवनले बालबालिकाको स्वास्थ्यमा छिटो छिटो आउने गरेका स्वास्थ्य सम्बन्धिका समस्याहरुलाई न्यूनिकरण मद्धत पुग्दछ– डा. ठाकुरले अस्पतालमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नु भयो । बालबालिकाहरुमा रुघा खोकी जस्ता समस्याहरु देखिनु बालबच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुनुको परिणाम भएकाले प्रतिरोधात्मक क्षमता बढाउन यसले महत्वपूर्ण भुमिका खेल्ने आयुर्वेद चिकित्सकहरुको भनाई छ । पत्रकार सम्मेलनमा अस्पतालका आयुर्वेद चिकित्सक डा. अर्जुन अर्यालले स्वर्ण विन्दु प्रासनको लागि नक्षत्रका आधारमा मिति तय गरिएको बताउनु भयो ।

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ/खेत जोतेर बाटोमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा रंगेली १ का ३२ बर्षीय केदार न्यौपानेको मृत्यु भएको हो । को. ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक न्यौपानेलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उनलाई त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । मोटरसाइकल पछाडी सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
ठक्कर दिने ट्याक्टर र चालक रंगेली–८ का ३० बर्षीय जिबन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

दमक नगरले ल्यायो १ अर्ब ४७ करोडको बजेट

दमक/ दमक नगरपालिकाको १७ औँ नगरसभा आज बुधबार बसेको छ ।

नगर प्रमुख रामकुमार थापा अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सहित कुल १ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत  गर्नुभएको छ ।  प्रस्तुत बजेटमा चालु र पुँजीगत खर्चको प्रतिशत हाराहारी रहेको छ । चालू खर्च ७१ करोड २९ लाख ५० हजार अर्थात ४८.५५ प्रतिशत प्रक्षेपण गरिएको छ भने पुँजीगत खर्च ७४ करोड ५० लाख ५० हजार अर्थात ५०.६५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
दमक अस्पतालका लागि विशेष विनियोजनका रुपमा ३९ करोड रुपैयाँ विनियोजना गरिएको छ ।
बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी ३४ करोड ९१ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने संघीय सरकारको अनुदान ७२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारको अनुदान  ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट २९ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ । त्यस्तै विभिन्न जनसहभागितामुलक योजनाहरुमा जनसहभागिता वापत १ करोड रुपैयाँ र दमक अस्पतालको बीमा दावी बाटः ३९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।
बजेटले सामाजिक समावेशीता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको नगरपालिकाकी उपप्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।
नगर प्रमुख थापाले बजेटले दमकलाई समावेशी, समृद्ध र प्रविधिमैत्री नगरको दिशामा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।

कतारमा इरानको आक्रमण

इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ।  अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।

इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन्।

पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।

इरानका आणविक केन्द्रहरुमा अमेरिकाले आक्रमण गरेलगत्तै उसले बदला लिने आकलन गरिएको थियो। त्यसैले अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई सोमबार बाहिर ननिस्किन भनेका थिए।

कतारले पनि आफ्नो आकाशमा उडान रद्द गरेको थियो–एजेन्सी