साउने संक्रान्ति मौलिक पर्व अनेकौ विशेषताले भरिएको दिन

आज देशभर साउने सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।  साउने संक्रान्ति नेपाली हिन्दू संस्कृतिमा एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष साउन १ गते मनाइन्छ। यो दिनलाई वर्षाको स्वागत गर्ने र प्रकृतिसँग जोडिने विशेष दिनका रूपमा पनि लिइन्छ। साउने संक्रान्तिलाई “साउन संक्रान्ति” वा “सिरुवामुंखी संक्रान्ति” पनि भनिन्छ।
किसानदेखि सरकार सम्मका लागि साउन महिनाको १ गते बिशेष दिन हो । नेपालमा आजकै दिनदेखि नयाँ आर्थिक बर्षको शुरुवात हुन्छ ।
आजकै दिनदेखि विभिन्न निकाय, सरकारी तथा गैह्रसरकारी संस्थाहरुले पनि आजको दिनलाई नै आर्थिक कारोबारको थालनीका लागि बर्षको पहिलो दिनका रुपमा लिने व्यवस्था छ ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस दिनबाट सूर्य दक्षिणायन लाग्ने र वर्षायामको मध्य विन्दु मानिने भएकाले यसको सांस्कृतिक एवं खगोलीय महत्व विशेष छ । यो पर्व कृषि संस्कृतिको सम्मान, प्रकृतिसँगको तादात्म्यता र पारिवारिक जमघटको अनुपम प्रतीकका रूपमा रहेको छ ।
खगोलीय रूपमा आजदेखि सूर्य दक्षिणतिर ढल्कने अर्थात दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र आजदेखि सुरु हुने दक्षिणायन, दुवै दिनलाई वैदिक परम्परामा विशेष मानिन्छ ।
यस दिनलाई किसानहरूले एक महिना लामो धान रोपाइँ र अन्य खेतीपातीको कामबाट विश्राम लिने अवसरका रूपमा पनि मनाउँछन् ।
आफन्तजन भेला भई मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यस पर्वलाई सामाजिक रूपमा अझ जीवन्त बनाएको छ ।
साउने सङ्क्रान्तिको सबैभन्दा मौलिक र रोचक पक्ष भनेको ‘लुतो फाल्ने’ परम्परा हो । असार महिनाभर हिलोमाटोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाइयोस् भन्ने कामनासहित यो विधि गरिन्छ ।
धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार, ‘कृषि कर्मको क्रममा शरीरमा लाग्ने विभिन्न चर्मरोग र विकारलाई हटाउन औषधीय गुणयुक्त वनस्पतिहरूको प्रयोग गरी शरीरलाई शुद्ध पार्ने प्रतीकात्मक विधि नै लुतो फाल्नु हो ।’
साउने सङ्क्रान्तिसँगै भगवान् शिवको प्रिय महिना ‘श्रावण’ पनि प्रारम्भ भएको छ । यो महिनाभरि श्रद्धालुहरू, विशेषगरी महिलाहरू, भगवान् शिवको भक्ति–आराधनामा लीन हुन्छन्।् । प्रकृति हरियालीले ढाकिने यो समयमा महिलाहरू हरियो र रातो रङका वस्त्र, चुरा र मेहन्दीमा सजिएर प्रकृतिसँग एकाकार भएको सन्देश दिन्छन् ।
यसरी, साउने सङ्क्रान्ति केवल एक दिनको पर्व मात्र नभई, कृषि–संस्कृति, प्रकृति–पूजा, स्वास्थ्य–चेतना र सामाजिक–सद्भावको अनुपम संगम हो । यसले नेपाली समाजको प्रकृति र परम्पराप्रतिको गहिरो सम्मानलाई उजागर गर्दछ ।

 

 

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माग

झापा/ पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको लिम्बू भाषा र तराई क्षेत्रमा बोलिने मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न माग गरेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत मङ्गलबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा तुरुन्त लागू गर्न माग गरिएको छ । प्रदेशले प्रदेशभित्रका भाषालाई सरकारी कामकाजको भाषा बनाउने सक्ने प्रावधान भएको र नेपाल सरकारले संविधानमा भएको प्रावधान कार्यान्वयनका लागि विगत २०७३ सालमै भाषा आयोग गठन गरेको स्मरण पनि मञ्चले गराएको छ ।

त्यसबेला गठन भएको आयोगले प्रदेश नम्बर १ हालको कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने सिफारिस गरिसकेकाले सो तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमार्फत प्रदेश नं ३ हालको बागमती प्रदेशले तामाङ र नेवार भाषा तथा ४ नम्बर लुम्बिनी प्रदेशले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने विधेयक पारित गरी सकेको मञ्चले स्मरण गराएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०७८ सालमै कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्न आयोगले सिफारिस गरेको भए पनि हालसम्म कार्यान्वयन अर्थात लागु नगरिएकोमा मञ्चले आपत्तिसमेत जनाएको छ । मञ्चले अबको दुई महिनाभित्र लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गर्न समय सीमासमेत तोकेको छ ।

तोकिएको समयसीमाभित्र लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नेगरी मुख्यमन्त्री कार्कीले प्रदेश संसदमा तुरुन्त विधेयक दर्ता गर्नुपर्ने पनि ज्ञापनपत्रमार्फत मञ्चले अनुरोध गरेको उल्लेख छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष केरुङद्धारा पूर्व प्रधानमन्त्री देउवासहित मन्त्रीहरुको ध्यानाकर्षण

इलाम/ इलामको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिका भित्रका सार्वजनिक सरोकारका बिषयहरुमा काठमाडौं पुगेर संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
अध्यक्ष केरुङले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, शहरी बिकास मन्त्री प्रकाशमान सिंह, कृषि राज्य मन्त्री अरुण चौधरी लगायतसँग साक्षात्कार गर्दै अध्यक्ष केरुङले समसामयिक बिषय र चुलाचुलीबासीले भोग्दै आएका समस्याहरुको स्थायी समाधानका लागि भइरहेका प्रयत्न र सरकारको साथ सहयोगको अपरिहार्यता बिषयमा जानकारी गराउनु भएको हो ।


पालिका भित्र विबिध कारणले आर्थिक बर्ष २०८१/०८२ मा फ्रीज हुन पुगेको बजेट पुन सुनिश्चित गर्न , थप बजेटको व्यवस्था गर्न र चुलाचुलीको भुमी समस्याको स्थायी समाधानका लागि नापीको व्यवस्था गर्न पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री देउवासहित बहालवाला मन्त्रीहरुसँग महत्वसाथ छलफल गरि ध्यानाकर्षण गराइएको अध्यक्ष केरुङले जानकारी दिनु भयो ।
शान्ती सुरक्षा तर्फ चुलाचुली प्रहरी चौकीको स्तरोन्नती , आवश्यक पूर्वाधार व्यवस्थापन कृषि, पर्यटन र चुलाचुली अस्पतालमा आवश्यक थप स्वास्थ्य सामाग्रीको उपलब्धताका लागि पनि भेटघाटका क्रममा छलफल भएको छ ।
चुलाचुली गाउँपालिका इलाम जिल्लामानै पछिल्लो समय सडक पूर्वाधार, शिक्षा लगायतका विभिन्न क्षेत्रमा सन्तुलित बिकासमा फड्को मारिरहेको पालिकाका रुपमा छ । गत बर्ष कार्यसम्पादन मुल्याङकनमा जिल्लाकै उत्कृष्ट गाउँपालिकाका रुपमा रहेको चुलाचुलीले हालै सार्वजनिक भएको एसइइ परीक्षामा पनि जिल्लामै उत्कृष्ट स्थान ओगट्न सफल भएको पालिका हो ।

 

 

पर्खालले थिचेर मजदुरको र करेन्ट लागेर घरधनीको मृत्यु

दमक/ झापाको भद्रपुर र विर्तामोडमा आज साँझ भएका अलग अलग घट्नामा दुई जनाको मृत्यु भएको छ ।
भद्रपुरमा पर्खालले थिचेर एक जना मजदुरको ज्यान गएको छ भने विर्तामोडमा आफ्नै निर्माणाधिन घरमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार करिब ४ बजे गते भद्रपुर नगरपालिका वडा नं ६ राधाकृष्ण टोलमा सघन सहरी भवन निर्माण बिभागको नालाको काम गर्ने क्रममा ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल लडेर यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि. ले नालाको काम गर्न खटाएका कामदार बिर्तामोड .९ लक्कीबारीका ३५ बर्षिय लक्ष्मण कामतको मृत्यु भएको हो ।
पर्खालले थिभेर गम्भिर घाईते भएका कामतको प्रादेशिक अस्पताल भद्रपुर मा उपचारको क्रममा ५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी आइतबार राती ८ बजे बिर्तामोड १० पथरभिट्टामा ५३ बर्षिय पुष्प पोखरेलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पोखरेलको उपचारको लागि छिमेकी भवानी घिमिरेले बिएण्डसी अस्पताल बिर्तामोड लगेका थिए । उनलाई तत्कालै डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक पोखरेल निर्माणाधिन सो घरमा एक्लै बस्ने गरेका र उनका परिवार पाँचथरमा बस्दै आएकाले परिवारलाई घट्ना बिषयमा जानकारी गराइएको छ ।

 

 

टिपरको ठक्करबाट महिलाको मृत्यु

दमक/ झापाको दमकमा रहेको मदनडाँगी–डिपु सडक अन्तर्गतको दमक ३ मा पर्ने संगम चोकमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार मध्यान्ह १२ बजे डिपु चोकबाट आम्दा तर्फ आउदै गरेको मे १ ख २८८४ नम्बरको टिपरको ठक्करबाट स्कूटरमा सवार दमक ३ का नारायणप्रसाद गौतमकी श्रीमती अन्दाजी ५५ बर्षिया लक्ष्मी गौतमको मृत्यु भएको हो ।
बिपरीत दिशाबाट जादै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर चालक टिका गौतमको दाहिने खुट्टाको घँुडामा सामान्य चोट लागेको जनाइएको छ । स्कूटर , टिपर र टिपर चालक बिर्तामोड २ का तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि दिउँसो २.२५ बजे कानुनी प्रकृया पूरा गरी शव दमक अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो ।

 

ज्येष्ठमा रामायण वाचन प्रतियागिता

दमकको भट्टराई प्रतिष्ठानमा मृत दिपेन्द्रको मृत्युमा अनुसन्धान

दमक/ झापाको दमक –४ स्थित भट्टराई कुल वंश प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले प्रतिष्ठान कार्यसमितिको दबाबका कारण आत्महत्या गरेको परिवारले दाबी गरेको छ ।
दिपेन्द्र आत्महत्या गर्दा लेखेको सुसाईड नोटमा समेत कार्यालयबाट तीन महिनाको तलब पाउन बाँकी रहेको लेखेको भेटिएको परिवारको दाबी छ ।
त्यसैगरी प्रतिष्ठान परिसरमा निर्माणाधिन संरचनाहरुको भुक्तानीका लागि समेत निर्माण समिति हुँदा हुँदै समितिका जिम्मेवार व्यक्तिहरुलेनै कार्यालय सचिव ( दिपेन्द्र)को नाउँमा पेस्की रकम निकाल्न लगाएको खुल्न आएको छ ।
निर्माण समितिले पेश्की रकम लिकालेर ठेकेदारलाई भुक्तानी गर्नु पर्नेमा कार्यालय सचिवको नाउँमा लाखौं रकम पेस्की निकालेर समितिले रकम लिएको र पेस्की फछ्र्यौटको लागि कार्यालय सचिवलाई दबाब दिएको पनि स्रोतहरुले जनाएका छन् ।
प्रतिष्ठानको खातामा करोडौं रकम भए पनि तीन महिना देखीको तलब भुक्तानी नदिनु र निर्माण समितिलाई बुझाएको रकमलाई समेत पेस्की फछ्र्यौटका लागी दबाब दिँदा दोहोरो तनाबमा परेका दिपेन्द्रले सोही कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

गत असार २२ गते अपरान्ह ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव दिपेन्द्रले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।
भट्टराईले आत्महत्या गरेको बिषयमा अनुसन्धान भइरहेको र सबै पाटोबाट अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

दमक र धनकुटाबाट लागूऔषधसहित ६ जना पक्राउ

दमक/ झापाको दमक र सुनसरीबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले गोप्य सूचनाको आधारमा दमक नगरपालिका–४ का १९ बर्षीया प्रिया तामाङ, दमक–५ का १९ बर्षीय सुमित सुन्दास, २१ बर्षीय प्रविन चेम्जोङ र दमक–१० का २७ बर्षीय मनोज खनाललाई ३५० क्याप्सुल र ३५० चक्की सहित दमक–४ बाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई सिटी सफारीमा शंकास्पद अवस्थामा हिंड्दै गर्दा आस्था कलेज नजिकैबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का २६ बर्षीय धिरेन राई र २७ बर्षीय धिरज मगरलाई २ ग्राम ब्राउन सुगर सहित इटहरी–४ स्थितबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गुरु पूर्णिमामा सह-योग शिक्षक प्रशिक्षण प्रमाण पत्र बितरण

दुर्घटना अपडेट- घाईते बालकको पनि मृत्यु, आमा गम्भिर

दमक/  झापाको बाह्रदशी १ खैरबारीमा बुधबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बाह्रदशी १ खैरबारीमा बुधबार दिउँसो करिब सवा ३ बजे द्यच्घठब्श् टद्धद्धण् नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा दुवै सवारीका चालकको मृत्यु भएको थियो ।
स्कूटरमा सवार तीन बर्षका बालक आयुष राजवंशीको पनि बुधबार राती उपचारका क्रममा मृत्यु भएसँगै सो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
दुर्घटनामा यस अघि स्कूटरका चालक कचनकवल गाउँपालिका वडा नम्बर ३ का ६० बर्षिय श्रीप्रसाद राजवंशी र भारतको किसनगञ्ज जिल्लामा पर्ने डिगलबैंक करलाबारीका २७ बर्षिय सुरज टुडुको मृत्यु भएको थियो । सोही दुर्घटनामा गम्भिर घाईते मोटरसाइकलमा सवार २७ बर्षीया उर्मिला राजवंशीको गम्भिर अवस्थामा बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रीप्रसाद र आयुष राजवंशी एकै परिवारका हजुरबुबा नाती हुन् भने घाईते उर्मिला आयुषकी आमा हुन् ।