शिवसताक्षीमा ट्रयाक्टरबाट लडेर सहचालक राजवंशीको मृत्यु

दमक/ झापाको शिवसताक्षी ६ मा गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ । झिलझिले– जनता – चौरी सडकमा बिष्णु चोकबाट जनता चोकतर्फ जादै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर सहचालक सो ठाउँका २२ बर्षिय नारायण राजवंशीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ट्याक्टरबाट लडेर गम्भीर घाइते राजवंशीको आंम्दा अस्पताल दमकमा आज साँझ ६.५५ बजे मृत्यु भएको हो ।

युवाहरुसँग ओलीले भने– उहाँको घर जाने बाटो पनि बनाएको हुँ – ओली

झापा/  नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)को महोत्तरीस्थित घर जाने बाटो पनि आफूले बनाएको दाबी गरेका छन्।

ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आएका बालेनले केही नगरेको आरोप लगाउँदै महोत्तरी क्षेत्र नम्बर ३ को बाटो पनि एमाले नेतृत्वको सरकारले बनाएको बताएका हुन्। बुधबार दमकमा एमाले निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै उनले बालेन यो क्षेत्रमा नयाँ भएका कारण उनलाई यो क्षेत्रको उत्तरदायित्व नरहेको दाबी गरे। यद्यपि, बालेनको नाम भने ओलीले लिएनन्।

‘उहाँको घरअगाडिको बाटो मैले बनाइदिएको छु। महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटिहारी जाने बाटोमा पुल मैले बनाएको छु। अहिले म पनि नयाँ हेर्ने भनेको अलिअलि सुन्छु,’ ओलीले भने,‘नयाँ को भन्दा– न चिनेको छ, न जानेको छ। बैंकले नोट छाप्दा त धितो जमानीविना छाप्दैन। यहाँ भोट हाल्दा न धितो न जमानीको मान्छेलाई भोट हाल्ने ? भोलि खोज्न कहाँ जानू ? घर देख्नुभएको छ ? यहाँ फुर्तीसाथ आएका उम्मेदवारको यो ठाउँ हैन। यहाँ उहाँको कोही छैन। यो ठाउँको उत्तरदायित्व छैन।’

बालेन निर्वाचन लड्न आएपछि यहाँका सुकुमवासीलाई घर भत्काउने चिन्ता भएको भन्दै ओलीले कटाक्ष गरे। यद्यपि, उम्मेदवार हुँदैमा केही नहुने उनको दाबी छ। ओलीले पहिलो र सुदृढ संगठन भएको पार्टी एमाले भएका कारण आफूले जित्ने दाबी गरे। सामाजिक सञ्जालले भ्रमको तुँवालो फिँजाएको भन्दै ओलीले त्यसबाट मुक्त हुन कार्यकर्ता तथा मतदातालाई आग्रह गरे।

‘सामाजिक सञ्जालले फिँजाएको भ्रमको तुँवालोबाट मुक्त हुन आग्रह गर्दछु। अल्गोरिदमको प्रभावबाट विलकुल मुक्त हुनुहोस्,’ उनले भने, ‘युवाहरूलाई भ्रमबाट मुक्त हुने प्रयासमा लाग्नुपर्छ। हामीबाहेक कसैले जित्दैन। हामीसँग सुदृढ संगठन छ। हाम्रा कार्यकर्ता, समर्थक, सुभेच्छुक जनवर्गीय संगठन छन्। केही पनि नभएको मान्छेले हल्ला चलाएका छन्। यो सामाजिक सञ्जालको तमासा मात्र हो। सामाजिक सञ्जालको तमासामा पर्ने हैन यथार्थमा जाने हो।’

ओलीले ०६४ सालमा आफू यो निर्वाचन क्षेत्रमा पराजित भएको पनि स्मरण गरे। उक्त समयमा यो क्षेत्र विकासबाट पछि परेको उनको दाबी थियो। ‘एमालेलाई धेरैपटक भोट दियौँ। नयाँलाई भनेर ०६४ सालमा एकपटक चल्यो। भोट दिँदा त मजा नै आयो होला तर, पछि त्यसको स्वाद यस्तो पिरो, तितो। न जिब्रो पखाल्दा जान्छ, न केही गर्दा जान्छ,’ ओलीले भने,‘एक सिन्का विकास भएन। न जनतासँग सम्पर्क हुन्छ न सम्बन्ध छ। केही छैन। न त केही नै विकास हुन सक्यो। यो क्षेत्रले त्यस्तो अवस्था ब्यहोर्नुपर्यो।’ नयाँ पत्रिकाबाट साभार

झापाका पाँच क्षेत्रमा कूल ९० उम्मेदवार, कहाँ कस्ता कस्ता ?

दमक/ राष्ट्रिय राजनीतिको ध्यान खिचेको झापा जिल्लाका पाँच ओटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यहाँका निर्वाचन क्षेत्रहरुमा हेभिवेट उम्मेदवारहरु समेत चुनावी मैदानमा छन् ।

यसअघिका चुनावहरुमा चर्चाको पात्र बन्दै आएका हेभिवेट केही उम्मेदवारहरु यसपटक चुनावी मैदानमा छैनन् तर नयाँ अनुहारहरुलाई पनि शक्तिशाली उम्मेदवारका रुपमा हेरिँदै आएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार संख्यात्मक रुपमा सबैभन्दा धेरै जना उम्मेदवार भएको क्षेत्र झापाको ५ नम्बर क्षेत्र हो ।
क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित २४ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।

एमालेका ओलीसँगै यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट मन्धरा चिमरिया पौडेल, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रञ्जीत तामाङ, रास्वपाका तर्फबाट बालेन्द्र साह, नेकपा माओवादीका तर्फबाट सञ्जय राई लगायतले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं ५ पछि क्षेत्र नं २ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट महिला नेतृ एवं पूर्व मन्त्री सरिता प्रसाइँ, एमालेका तर्फबाट पूर्व सभामुख देवराज घिमिरे, नेकपाका तर्फबाट पूर्व मन्त्री एवं नेतृ धर्मशीला चापागाइँ , रास्वपाका तर्फबाट पूर्व उपसभामुख इन्दिरा राना लगायतले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं ३ मा हेभिवेट उम्मेदवारका रुपमा हेरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरी राजवंशी, रास्वपाका प्रकाश पाठक लगायत १७ जनाले मनोनयन दर्ता गराएका छन् । सबैभन्दा कम उम्मेदवार भएको क्षेत्र झापाको १ नम्बर क्षेत्र हो । जहाँ १५ जना उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले नयाँ अनुहारलाई उम्मेदवारको अवसर दिएका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको यो निर्वाचन क्षेत्रमा कांग्रेसले उद्योग व्यवसाय क्षेत्रमा केन्द्रिय नेतृत्व सम्म पुगेका केशव पाण्डेलाई उम्मेदवार बनाएको छ भने एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपाका तर्फबाट अशेष घिमिरे उम्मेदवार बनेका छन् ।

यस्तै क्षेत्र नं ४ मा यसपटक कांग्रेस, एमाले र रास्वपाले समेत पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् ।
यस क्षेत्रमा कांग्रेसका तर्फबाट पार्टी जिल्ला सभापति समेत रहेका देउकुमार थेवे, नेकपा एमालेका तर्फबाट पूर्व सांसद तथा नेता एलपी साँवा, रास्वापाका शम्भु सुस्केरा ढकाल पुरानै अनुहार हुन् । २०७९ मा पनि यिनै तीन उम्मेदवारबीच त्यहाँँ प्रतिस्पर्धा हुँदा साँवाले भारी मतान्तरले चुनाव जितेका थिए ।

ओली र बालेनसँग भिड्दै कांग्रेसकी महिला उम्मेदवार मन्धरा

दमक/ प्रतिनिधि सभा निर्वाचनका लागि झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसले महिला उम्मेदवार अघि बढाएको छ ।
कांग्रेसका तर्फबाट झापामा एक मात्र महिला उम्मेदवारका रुपमा दमक ९ निवासी मन्धरा चिमरिया पौडेलले उम्मेदवारी दर्ता गराएकी छिन् ।

लामो समयदेखि झापाको दमकमा बसेर राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील अगुवा महिलाका रुपमा स्थापित पौडेल महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा सशक्त अभियान्ताका रुपमा चिनिएकी नेतृ हुन् ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी प्रस्तावक र क्षेत्र नं ५ (ख)का सभापति रवि केसी न्यौपाने समर्थक रहेका छन् ।
यसअघि झापा–५ मा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गरिसकेका छन् । यस क्षेत्रमा नेकपाले समेत केन्द्रिय सदस्य रञ्जीत तामाङलाई उम्मेदवारका रुपमा अघि सारेको छ । त्यसैगरी विप्लवन नेतृत्वको नेकपा माओवादीका तर्फबाट ३२ बर्षिय सञ्जय राईले उम्मेदवारी दिएका छन् ।

 

क्षतिग्रस्त संरचना हेर्न पुगे ओली, तीन दिन लगातार झापा बस्ने

दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गराएपछि लगातार तीन दिन सम्म आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने कार्यक्रम बनेको छ । यसअघि अध्यक्ष ओली आज मनोनयन सकेर काठमाडौं फर्किने बताइँदै आएको थियो ।
सोमबार दिउँसो आफ्नो क्षेत्र झापा ५ को दमकमा आइपुगेका ओलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका र जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त दमकस्थित दमक नगरपालिका, इलाका प्रहरी कार्यालय दमक लगायतका भवन तथा संरचनाहरुको निरिक्षण गरेका छन् ।

उनलाई दमक नगर प्रमुख रामकुमार थापाले नगरपालिकामा भएको भौतिक संरचनाको क्षति र भइरहेको गतिबिधिबारे जानकारी गराएका छन् ।
आज अध्यक्ष ओलीले दमकका १० वटै वडामा रहेको पार्टी कमिटीका नेतृत्वलाई बोलाएर आवश्यक निर्देशन गर्ने र चुनाव केन्द्रित गतिबिधिमा लाग्ने बताइएको छ । एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार अध्यक्ष ओलीले बुधबार कमल गाउँपालिका र बिहिबार गौरादह र गौरीगञ्जका पार्टी कमिटी तथा अगुवा कार्यकर्ताहरुसँग अलग अलग संवाद गर्नेछन् । अध्यक्ष ओली माघ ९ गते काठमाडौं फर्किने कार्यक्रम बनेको छ । एमालेले आज मनोनयन दर्ता सकेपछि चुनाव प्रचार प्रसार कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।

झापा ५ मा मनोनय दर्ताको अन्तिम तयारीमा दलहरु

दमक/ फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा देशकै ध्यान खिचेको झापा क्षेत्र नं ५ मा मनोनयन दर्ताका लागि सबै राजनीतिक दलहरुले आआफनो अन्तिम तयारी गरेका छन् । यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयं चुनावी मैदानमा उत्रिएका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारले लगाएको स्थान हद, पार्टीको राष्ट्रिय महाधिवेशन र चुनावी तयारीको समेत कारण लामो समयदेखि काठमाडौं नछोडेका अध्यक्ष ओली मनोनयन दर्ताका लागि सोमबार बिहान भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका छन् ।
उनले दमकमा आएर तत्कालै पत्रकार सम्मेलन गरी निर्वाचनमा आफ्नो उम्मेदवारी, यस क्षेत्रको बिकास निर्माणमा आफ्नो भुमिका, समसामयिक राजनीतिक परिस्थिती र पार्टीको चुनावी तयारी लगायतका बिषयमा पत्रकारहरुसँग कुराकानी गरेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त दमकस्थित सरकारी कार्यालय, निजी घरहरु लगायतका संरचनाको निरिक्षण गर्ने कार्यक्रम रहेको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिए ।
मध्यान्ह १२ बजे आकाशे पूल एरियाबाट एमाले कार्यकर्ताहरु अध्यक्ष ओलीलाई लिएर दिउँसो १ बजे दमक ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर एमालेले मनोनयन दर्तालाई उत्साहपूर्ण रुपमा गराउने योजना बनाएको बताइएको छ ।
त्यसैगरी नेपाली कांग्रेसले मध्यान्ह १२ बजे दमकस्थित पार्टी कार्यालयमा यस क्षेत्रमा रहेका सबै नेता, कार्यकर्ताहरुलाई मनोनयन दर्ताको पूर्व तयारीका लागि भन्दै बोलाएको छ । कांग्रेस क्षेत्रीय सचिव धर्मानन्द भट्टराईका अनुसार पार्टीले यस क्षेत्रमा उम्मेदवारको नाम बिहान सम्ममा लगाउने र पार्टीका तर्फबाट स्थानीयस्तरमा मनोनयन दर्ताका लागि गरिनुपर्ने सबै खाले पूर्व तयारी पुरा गरिएको छ । भट्टराईले भने– पार्टी भर्खरै विशेष महाधिवेशनको दौडधुपमा पनि थियो र टिकटका बिषयमा देशैभरका लागि धमाधम टुंगो लाग्दै गएको कारण बिहान सम्ममा फाइनल हुन्छ ।

नेपाली कम्युनिष्ट पार्टीले पनि मनोनयन दर्ताका लागि आफ्नो तयारी पुरा गरेको सो पार्टीका नेता दिपेनवाला राईले जानकारी दिए । उम्मेदवारका रुपमा रहेका नेकपाका युवा नेता रञ्जीत तामाङसहित नेता, कार्यकर्ताहरुको उपस्थितीमा सो पार्टीले मनोनयन दर्ताको तयारी, चुनावी रणनीति, सम्भावनाका बिषयहरु लगायत समसामयिक बिषयमा केन्द्रित रहेर सोमबार दमकमा पत्रकार सम्मेलन समेत गरेको थियो ।

नेकपाले मनोनयन दर्तामा सहभागिताका लागि आफ्ना कार्यकर्ताहरुलाई मंगलबार बिहान ११ बजे दमकको देवकोटा चोकमा रहेको सिद्धी मार्केट परिसरमा बोलाएको छ ।
त्यसैगरी रास्वपाले मनोनयन दर्ताको तयारी स्वरुप बिहान ८.३० बजेनै दमकको गोरखा डिपार्टमेन्टको प्राङगणमा भेला राखेको छ ।

रास्वपाले यस क्षेत्रमा उम्मेदवारका रुपमा वरिष्ठ नेता काठमाडौंका तत्कालिन मेयर बालेन्द्र साह (बालेन)लाई उठाउने निर्णय गरिसकेको छ । सो पार्टीले मंगलबार बिहान ९.३० बजे उम्मेदवार साहलाई स्वागत गर्ने र मनोनयन दर्तामा जाने कार्यक्रम रहेको सार्वजनिक गरेको छ । यसबाहेक झापा क्षेत्र नं ५ मा राष्ट्रिय परिवर्तन पार्टीका सविन चाम्लिङ राई, नेपाल श्रम संस्कृति पार्टीका समिर तामाङ लगायत अन्य दलका उम्मेदवारले पनि मनोनयन दर्ताको आआफ्नै तयारी गरेका बताइएको छ ।

 

बचत तथा ऋण सहकारी संघमा अध्यक्ष बाहेकका पदहरुमा निर्विरोध

दमक/ बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । संघको पूर्व निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज (सोमबार) गरिएको मनोनयनमा अध्यक्ष बाहेकका सबै पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हो ।
निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष यामकुमार चुँडाल (विर्तामोड), महिला उपाध्यक्ष सुशीला रिजाल (मेनपा), सचिव विनोदकुमार ढकाल (शिवसताक्षी) , सदस्यहरुमा हिमालय प्रकाश लिम्बु (विर्तामोड), महेश घिमिरे (दमक), मित्रलाल खनाल (कचनकवल), उमाकान्त आचार्य (दमक) र संगीता कोईराला (शिवसताक्षी) रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा जगन्नाथ भट्टराई (मेनपा), सदस्यहरुमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल (भद्रपुर) चुनिएका छन् ।
संघको अध्यक्षमा भने युवराज गिरी (विर्तामोड) र उपेन्द्र प्रसाद ओली (विर्तामोड) को उम्मेदवारी परेको छ । अध्यक्ष एकका लागि दुईको उम्मेदवारी परेपछि सो पदमा भने तत्काल कसैलाई निर्विरोध घोषणा गर्ने सम्भावना रहेको छैन । यद्यपी निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते बिहान ११ बजे सम्म उम्मेदवारी अर्थात मनोनयन फिर्ताको समय तोकिएको छ । सो समय भित्र उम्मेदवारी फिर्ता नभएमा माघ १० गते अध्यक्ष पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

रास्वापाको समानुपातिक सूचीमा झापाबाट तीन जना, ११० जनाको नाम सार्वजनिक

काठमाडौं/  निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११० जनाको नाम समावेश गरेको छ ।

रास्वपाले बुझाएको बन्दसूचीमा पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल, अभियन्ता रमेश प्रसाईँ, पत्रकार सुम्निमा उदास, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, अधिवक्ता ओजस्वी शेरचन, नेतृ समीक्षा बास्कोटा लगायतका चर्चित अनुहारहरू समेटिएका छन् ।

रास्वपाले आयोगमा बुझाएको ११० जनाको पूर्ण नामावली यस प्रकार छः

आदिवासी जनजाति (क्रम १ देखि ३२ सम्म)

१. राम लामा (पुरुष) – काभ्रेपलाञ्चोक

२. खुस्बु सरकार श्रेष्ठ (पुरुष) – ललितपुर

३. मिङमा ग्याबु शेर्पा (पुरुष) – ताप्लेजुङ

४. मनोहर प्रधान (पुरुष) – चितवन

५. ज्ञानेन्द्र मल्ल (पुरुष) – काठमाडौँ

६. सुनिलभक्त श्रेष्ठ (पुरुष) – काठमाडौँ

७. भूमि बहादुर गुरुङ (पुरुष) – स्याङ्जा

८. विश्व राई (पुरुष) – धनकुटा

९. आयुष मानन्धर (पुरुष) – मोरङ

१०. सोम बहादुर लालचन (पुरुष) – काठमाडौँ

११. मानकाजी श्रेष्ठ (पुरुष) – तनहुँ

१२. खर्क बहादुर बुढा (पुरुष) – काठमाडौँ

१३. मनोज राजवंशी (पुरुष) – झापा

१४. बसुमाया तामाङ (महिला) – धादिङ

१५. गंगा छन्त्याल (महिला) – बागलुङ

१६. सुम्निमा उदास (महिला) – ललितपुर

१७. अनुष्का श्रेष्ठ (महिला) – काठमाडौँ

१८. ओजस्वी शेरचन (महिला) – काठमाडौँ

१९. सिर्जना श्रेष्ठ (महिला) – सुनसरी

२०. रजनी श्रेष्ठ (महिला) – मोरङ

२१. कुसुम महर्जन (महिला) – काठमाडौँ

२२. भूमिका श्रेष्ठ (महिला) – काठमाडौँ

२३. प्रमिला कुलुजु (महिला) – भक्तपुर

२४. सुजाता तामाङ (महिला) – संखुवासभा

२५. कृपा महर्जन (महिला) – काठमाडौँ

२६. एलिजा गुरुङ (महिला) – गोरखा

२७. जिना विष्ट (महिला) – मकवानपुर

२८. विष्णु कुमारी गुरुङ (महिला) – कास्की

२९. मीरा महर्जन (महिला) – सिन्धुपाल्चोक

३०. निर्मला खिम्दिङ (महिला) – ताप्लेजुङ

३१. गीता सिक्राकार (महिला) – काठमाडौँ

३२. उमा घले तामाङ (महिला) – नुवाकोट

खस आर्य (क्रम ३३ देखि ६५ सम्म)

३३. रमेश प्रसाईँ (पुरुष) – ताप्लेजुङ

३४. सुदिप ढकाल (पुरुष) – पाल्पा

३५. प्रमोद न्यौपाने (पुरुष) – सिन्धुपाल्चोक

३६. प्रकाश बहादुर बोहरा (पुरुष) – दैलेख

३७. पवन शाही (पुरुष) – कालिकोट (पिछडिएको क्षेत्र)

३८. प्रेम बहादुर बोहरा (पुरुष) – रुकुम (पिछडिएको क्षेत्र)

३९. चोला प्रसाद बस्याल (पुरुष) – स्याङ्जा

४०. विमल कुमार तिवारी (पुरुष) – सिराहा

४१. टीका राम दाहाल (पुरुष) – मोरङ

४२. टेक बहादुर पोखरेल (पुरुष) – काठमाडौँ

४३. जनक न्यौपाने (पुरुष) – पाल्पा

४४. दिपक कुमार बोगटी (पुरुष) – म्याग्दी

४५. हरिश प्रसाद भट्ट (पुरुष) – बैतडी

४६. इच्छा राम कार्की (पुरुष) – काठमाडौँ

४७. महेश्वर घिमिरे (पुरुष) – चितवन

४८. प्रतिमा रावल (महिला) – कञ्चनपुर

४९. रचना खतिवडा खत्री (महिला) – काभ्रेपलाञ्चोक

५०. लिमा अधिकारी (आचार्य) (महिला) – काठमाडौँ

५१. विदुषी राणा (महिला) – काठमाडौँ

५२. समिक्षा बास्कोटा (महिला) – काठमाडौँ

५३. श्रद्धा कुवर क्षेत्री (महिला) – रुपन्देही

५४. टीका संग्रौला (महिला) – झापा

५५. क्रान्तिशिखा धिताल (महिला) – दाङ

५६. आकृति अवस्थी (महिला) – डडेलधुरा

५७. सृष्टी भट्टराई (महिला) – सुनसरी

५८. मन्जु भुषाल (महिला) – रुपन्देही

५९. प्रभा कार्की (महिला) – ललितपुर

६०. शोभा खनाल (महिला) – गोरखा

६१. रत्ना कुमारी थापा (महिला) – अछाम (पिछडिएको क्षेत्र)

६२. जानु पौड्याल (महिला) – बर्दिया

६३. प्रभा ढकाल (महिला) – बारा

६४. निना रेग्मी पोखरेल (महिला) – ललितपुर

६५. शोभा कार्की (महिला) – ओखलढुङ्गा

दलित (क्रम ६६ देखि ८० सम्म)

६६. प्रकाश चन्द्र दर्जी (पुरुष) – सुनसरी

६७. प्रकाश वि.क. (पुरुष) – बागलुङ

६८. रुपक घिमिरे (पुरुष) – तनहुँ

६९. विजय जैरु (पुरुष) – कञ्चनपुर

७०. गोविन्द लुहार (पुरुष) – बझाङ (पिछडिएको क्षेत्र)

७१. अरविन्द कुमार राम (पुरुष) – सिराहा

७२. हिरालाल बादी (पुरुष) – सुर्खेत

७३. रीमा विश्वकर्मा (महिला) – बर्दिया

७४. अमृता बिक (महिला) – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

७५. सीता बादी (महिला) – सुर्खेत

७६. स्मृति सेन्चुरी (महिला) – दोलखा

७७. सुष्मा स्वर्णकार (डिम्पल) (महिला) – बाँके

७८. तारा विश्वकर्मा (महिला) – काभ्रेपलाञ्चोक

७९. खिमा विक (महिला) – दाङ

८०. अनिता नेपाली (महिला) – झापा

थारु (क्रम ८१ देखि ८७ सम्म)

८१. सुरेन्द्र चौधरी (पुरुष) – काठमाडौँ

८२. प्रेम लाल चौधरी (पुरुष) – मोरङ

८३. गोविन्द बहादुर थारु (पुरुष) – बाँके

८४. गीता चौधरी (महिला) – कञ्चनपुर

८५. उर्मिला चौधरी (महिला) – दाङ

८६. पुष्पा कुमारी चौधरी (महिला) – सप्तरी

८७. करिश्मा कठरिया (महिला) – कैलाली

मधेशी (क्रम ८८ देखि १०५ सम्म)

८८. पुरुषोतम सुप्रभात यादव (पुरुष) – सिराहा

८९. खगेन्द्र कर्ण (पुरुष) – सप्तरी

९०. नन्दन यादव (पुरुष) – महोत्तरी

९१. राम प्रकाश महतो (पुरुष) – सिराहा

९२. देव नारायण मण्डल (पुरुष) – धनुषा

९३. उदय प्रकाश (पुरुष) – सर्लाही

९४. अभिजित गुप्ता (पुरुष) – काठमाडौँ

९५. पूनम कुमारी अग्रवाल (महिला) – सिराहा

९६. निशा मेहता (महिला) – सुनसरी

९७. ललिता कुमारी (महिला) – सिराहा

९८. अंकिता ठाकुर (महिला) – सप्तरी

९९. सरिता महतो (महिला) – सर्लाही

१००. कामिनी कुमारी (महिला) – महोत्तरी

१०१. सुनिता कुमारी चौधरी (महिला) – पर्सा

१०२. पूनम साह (महिला) – धनुषा

१०३. प्रमिला कुमारी सिंह (महिला) – महोत्तरी

१०४. जुली यादव (महिला) – धनुषा

१०५. मञ्जु सिंह (महिला) – धनुषा

मुस्लिम (क्रम १०६ देखि ११० सम्म)

१०६. सैय्यद वकार अहमद शाह (पुरुष) – बाँके

१०७. मिर्जा राशिद बेग (पुरुष) – कपिलवस्तु

१०८. समिना मिया (महिला) – चितवन

१०९. अफसाना बानू (महिला) – काठमाडौँ

११०. गजाला शमीम मिकरानी (महिला) – रौतहट

झापा ५ बारे कांग्रेसका स्थानीय नेताहरु के भन्छन ?

झापा/ झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसले आगामी निर्वाचनबारे कस्तो कदम चाल्छ भन्ने जिज्ञासा व्याप्त छ ।
कांग्रेसमा गएको पुषको अन्तीम साता भएको दोश्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको र सो महाधिवेशन विधानसम्मत रहेको ठहर गर्दै निर्वाचन आयोगले समेत थापा नेतृत्वलाई नै कांग्रेसको आधिकारिकता दिएसँगै झापाको क्षेत्र नं ५ बाट कांग्रेसले कसलाई उम्मेदवार बनाउने हो भन्ने जिज्ञासा बढेको छ ।

यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , काठमाडौंका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह समेत उम्मेदवारका रुपमा उत्रिने चर्चा व्यापक छ ।
कांग्रेस झापा क्षेत्र नं ५ का स्थानीय नेताहरु भने ओली र बालेन दुवै उम्मेदवार यस क्षेत्रका लागि अहिले माग नभएका उम्मेदवारका रुपमा लिन्छन् । उनीहरुको बुझाईमा ओलीले यो क्षेत्रबाट पटक पटक नेतृत्व गरेर गएका छन तर समग्रमा उनको लोकप्रियता पछिल्लो समय ह्वात्तै घटेको छ ।

बिकासका एजेण्डाहरुलाई स्वभाविक मान्दै कांग्रेसका स्थानीय नेताहरु जिम्मेवार व्यक्तिले जिम्मेवारी ठाउँमा पुगेपछि बिकासका योजनाहरु प्रकृयागत रुपमा अघि बढ्ने बिषय भएको तर्क गरिरहेका छन् ।
यस क्षेत्रमा नवआगन्तुक उम्मेदवारका रुपमा बालेन आए पनि यहाँको क्षेत्र, भुगोल र यहाँका मतदाताको मनोविज्ञानबारे उनी अनभिज्ञ रहेकाले स्थानीय उम्मेदवारनै आम मतदाताको रोजाईमा पर्ने र युवा पुस्ताबाट उठाइने कांग्रेसका जो कोही उम्मेदवारले मतदाताको मन र मत जित्नेमा उनीहरु आशावादी छन् ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी भन्छन– कांग्रेस विशेष महाधिवेशनबाट रुपान्तरित भएर आएको छ । गगन थापाले नेतृत्व लिएपछि कांग्रेसका नयाँ, पुराना सबै कार्यकर्ताहरुमा मात्रै नभएर कांग्रेस इतर वा सामान्य नागरिकहरुमा समेत आशा बढेको छ । त्यसैले कांग्रेस उम्मेदवार जो भए पनि यहाँँबाट चुनाव जित्नु हुनेछ । उस्तै बुझाई र तर्क छ कांग्रेस झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (ख)का सभापति रवि केसीको पनि ।

सभापति केसी भन्छन– कोही अल्मलिनु पर्दैन कांग्रेसमा गगन युग शुरु भएको छ । यसले नेतृत्वलाई उत्साहित र आम नागरिकलाईनै आशावादी बनाएको छ । कांग्रेसको नयाँ नेतृत्वले देशैभर १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने निधो गरिसकेकाले झापा ५ मा उम्मेदवारी नदिने भन्ने प्रसंगनै जायन नहुने सभापति केसीले बताए । उनले कांग्रेसले यसअघि झापा ५ बाट सिफारिस गरेका तीन उम्मेदवारहरु अइन्द्रविक्रम केरुङ, मेदनी सिटौला वा मन्धरा चिमरिया जसले पनि यहाँ टिकट पाउन सक्ने र जसले पाए पनि चुनाव जित्ने परिस्थितीको आंकलन गरिएको तर्क गरे ।

कांग्रेस झापाका जिल्ला सदस्य एवं नेविसंघ झापाका पुर्व सभापति पर्शुराम रिजाल पनि कांग्रेस हिजोका दिनमा भन्दा बिल्कुल फरक परिस्थितीमा रहेको बताउँदै नयाँ जोश र उत्साहले भरिएका कार्यकर्ताहरु एकताबद्ध भएर कांग्रेसलाई चुनाव जिताई छोड्ने बताउँछन् ।

झापा ३ सहित कोशीका पाँच क्षेत्रमा ओली आफैंले उम्मेदवार तोक्ने, कोशीमा कहाँ को उम्मेदवार ?

दमक/ नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार झापाको क्षेत्र नं ३ सहित कोशीका पाँच निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले उम्मेदवारका बिषयमा अन्तीम टुंगो लगाउने जिम्मा लिएका छन् । अध्यक्ष ओली भने झापा ५ बाट उम्मेद्वार बन्ने छन् ।
पार्टीका उपमहासचिव योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा उम्मेदवार टुंगो लाग्न सकेको छैन ।
पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलामको क्षेत्र नम्बर १ मा काजिमान कागते र २ बाट सुहाङ नेम्वाङ उम्मेदवार बन्ने छन् ।
त्यस्तै झापाको क्षेत्र नं १ मा रामचन्द्र उप्रेती र २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाउँदैछ भने क्षेत्र नं ३ मा उम्मेदवारको टुंगो लगाएको छैन । सधैंका चुनावमा एमालेले सो क्षेत्र र क्षेत्र नं ५ मा राप्रपासँगको तालमेलमा उम्मेदवारी दिँदै आएको छ ।
यसपटक पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र ३ मा उम्मेदवारको अन्तीम टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलेनै पाएका छन् । त्यहाँबाट सिफारिस गरिएका उम्मेदवार दिपक कार्कीले त्यहाँ टिकट लिन अस्वीकार गरेका बताइएको छ । अर्का सम्भावित बसन्त बाँनियालाई टिकट दिन अध्यक्ष ओली तत्काल राजी भएका छैनन् । यसलाई ओलीको चलाख्याइँका रुपमा बुझिएको छ ।
त्यहाँ ओलीले कांग्रेस वा राप्रपा को सँग तालमेल गर्ने हुन भन्ने जिज्ञासा व्याप्त छ । यद्यपी कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको नयाँ नेतृत्वले देशैभर कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।
क्षेत्र नं ४ मा एमालेले पछिल्ला दुई निर्वाचन लगातार जित्दै आएका र क्षेत्रबाट उम्मेदवार सिफारिस भएका नेता एलपी साँवालाई टिकट दिन इन्कार गरेको छ ।
त्यहाँँ साँवाको बिकल्पमा एमालेले मनोज ताम्लीलाई उम्मेदवार बनाएको छ । संखुवासभामा एमालेले डा. अर्जुन कार्कीलाई, धनकुटामा राजेन्द्र राईलाई र भोजपुरमा शेरधन राईलाई उम्मेदवार बनाउने निधो गरेको छ ।
यसअघि मोरङबाट निर्वाचित एमाले नेता भानुभक्त ढकाललाई तेह्रथुममा उम्मेदवार बनाएर पठाएको छ भने सुनसरी १ मा सूर्य पन्दाक, २ मा जगदीश कुसियात र ४ मा भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । ३ मा पनि ओली आफैंले टुंगो लगाउने जनाइएको छ ।
मोरङको क्षेत्र नं १ मा प्रदेश कमिटी अध्यक्ष समेत रहेका घनश्याम खतिवडा, २ मा दिलीप बगेडिया, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ । मोरङका ५ र ६ नम्बर क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाइनै दिएको छ । सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, उदयपुर १ मा दुर्गा थापा स्वोती र २ मा अमर रायमाझीलाई उम्मेदवार बनाएको छ भने खोटाङमा देवविक्रम राईलाई उम्मेदवार बनाएको छ ।