दमक/ प्रतिनिधि सभा निर्वाचनका लागि झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसले महिला उम्मेदवार अघि बढाएको छ ।
कांग्रेसका तर्फबाट झापामा एक मात्र महिला उम्मेदवारका रुपमा दमक ९ निवासी मन्धरा चिमरिया पौडेलले उम्मेदवारी दर्ता गराएकी छिन् ।

लामो समयदेखि झापाको दमकमा बसेर राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील अगुवा महिलाका रुपमा स्थापित पौडेल महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा सशक्त अभियान्ताका रुपमा चिनिएकी नेतृ हुन् ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी प्रस्तावक र क्षेत्र नं ५ (ख)का सभापति रवि केसी न्यौपाने समर्थक रहेका छन् ।
यसअघि झापा–५ मा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गरिसकेका छन् । यस क्षेत्रमा नेकपाले समेत केन्द्रिय सदस्य रञ्जीत तामाङलाई उम्मेदवारका रुपमा अघि सारेको छ । त्यसैगरी विप्लवन नेतृत्वको नेकपा माओवादीका तर्फबाट ३२ बर्षिय सञ्जय राईले उम्मेदवारी दिएका छन् ।

 

Facebook Comments Box