ओली र साहले काठमाडौं पुगेर थाले फेसबुक जुहारी, क्षेत्रमै व्यस्त कांग्रेसकी महिला उम्मेदवार

दमक/  माघको पहिलो साता मनोनयन दर्ताको तयारीमा रहेका दलहरु ६ माघमा मनोनयन दर्ता लगत्तै औपचारिक रुपमा चुनाव केन्द्रित आन्तरिक बैठक, छलफल र भेटघाट लगायतका गतिबिधिहरुमा केन्द्रित भएका छन् ।
यहाँका दुई चर्चित उम्मेदवार भने चुनावी माहोल तताएर काठमाडौं फर्किएका छन् ।
एमालेका उम्मेदवार समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका बासिन्दा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० शनिबार काठमाडौं फर्किएका हुन् ।
उनीहरु दुवै जना काठमाडौं फर्किए लगत्तै सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।
खुल्ला बहसमा सहभागी हुने नहुने बिषयमा यि दुई उम्मेदवारले फेसबुक जुहारी चलाइरहँदा झापा ५ कै भुगोलमा रहेर राजनीतिक , सामाजिक क्षेत्रमा पहिचान बनाएका अन्य दलका उम्मेदवारहरु भने मतदातासँगको सुखदुखमा सहभागी भइरहेका छन् ।
कांग्रेसका तर्फबाट झापा ५ मा प्रस्तुत गरिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेल भन्छिन– आज बिहानैदेखि पहिला जस्तै मरिमराउमा गएँ । दमककै बस्नेत परिवारमा परेको शोकमा उपस्थित भए लगत्तै उनी आफ्नै नेतृत्वमा चलिरहेको अनाथ बाल आश्रममा एकैछिन पुगेर त्यहाँका नानीबाबुहरुको अवस्था बुझेर फर्किएकी हुन् । मध्यान्ह १२ बजे पार्टी कार्यालयमा चुनाव केन्द्रित छलफलमा सहभागी भएकी उम्मेदवार चिमरियाले भनिन्– दमकका साथीहरुसँगको मिटिङ सकेर तीन बजे अघिनै गौरादह पुग्नु छ । गौरादह पनि झापा ५ कै भुगोलमा पर्छ ।
उम्मेदवार काठमाडौं फर्किएपछि एमाले नेता, कार्यकर्ताहरु चुनावमा केन्द्रित भएका छन् ।
खासगरी जेनजी आन्दोलनको कारण ढलेको ओली नेतृत्वको सरकारपछि सत्ताबाहिर रहेका अध्यक्ष ओली आफ्ना कार्यकालमा भएका भौतिक पूर्वाधार बिकासका योजनाहरुको फेहरिस्त सर्वसाधारणमाझ प्रस्तुत गर्दै चुनावमा केन्द्रित देखिन्छन भने ओलीलाई काउण्टर दिन भन्दै काठमाडौंबाट आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहका समर्थकहरु परिवर्तनको नारा लिएर चुनाव केन्द्रित छन् ।
रास्वपाले लामो समय अघिदेखि यहाँँ यज्ञमणी न्यौपानेलाई उम्मेदवार बनाएर मतदाताको घरदैलोमा पुगिरहेको र सामाजिक सञ्जालमा केन्द्रित भएको देखिन्थ्यो ।
एकाएक यहाँ साहलाई उम्मेदवार बनाएको रास्वपाको स्थानीय नेतृत्व भने उम्मेदवार साहको टिमसँग सहकार्य र समन्वयका लागि पहल गर्न केन्द्रित भएको देखिन्छ ।
चुनावमा भोट कसलाई दिने भन्दै मतदाताको मुखैमा माइक पुरयाउने सामाजिक सञ्जालका प्रयोगकर्ता र पत्रकारहरुको समुहको सक्रियता धेरै बढेको छ ।
सामाजिक सञ्जालमा रास्वपाको सकारात्मक र ओली विरुद्ध कटाक्ष गर्ने रास्वपा समर्थकहरु कस्सिएर लागेका देखिन्छ भने रास्वपाका साह विरुद्ध पनि एमाले नेता, कार्यकर्ताहरु प्रतिरक्षामा सक्रिय देखिन्छन् ।
ति दुवै पक्षधरले भाद्र २३ र २४ का मर्मस्पर्शी घट्नाहरुमा एकाअर्कालाई आक्षेप लगाइरहेका सामाजिक सञ्जालमा प्रष्ट देखिन्छ । तत्कालिन प्रधानमन्त्री ओलीले ति सबै घटनाको जिम्मा लिनुपर्ने र मतदान मार्फत ओलीलाई परास्त गर्नुपर्ने रास्वपा समर्थकको तर्क देखिन्छ भने आन्दोलन र हिंसाका घटना गराउन बालेन्द्रको भुमिका प्रष्ट देखिएको तर्क गरिरहेका छन् ।
उनीहरु जनमतद्धारा त्यसताका सुनियोजित घटना गराउन भुमिका खेल्दै प्रतिशोधको भावना राखेर झापामा चुनाव लड्न आएकाले त्यसको जवाफ मतदान मार्फत दिनु पर्ने तर्क गरिरहेका छन् ।

 

दमकदेखि पहाड उक्लेका बालेन जवाफ नदिइ फर्किए

विराटनगर / उमदेवारी दर्ता गराउन झापाको दमक आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन् । शनिबार (माघ १०) साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।

शनिबार साँझ काठमाडौं फर्कन उनी अपराह्न नै विराटनगर आएका थिए । विराटनगर विमानस्थलनजिकैको एउटा होटेलमा उनी केही घण्टा बसे । त्यहाँ उनले आफ्नो पार्टीका मोरङका उमेदवारहरूसँग केही बेर छलफल गरे ।

मोरङ क्षेत्र नम्बर–३ बाट रास्वपाका उमेदवार गणेश कार्कीले बालेनसँग केही बेर चुनावी तयारीलगायत विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘‘पार्टी प्रतिनिधि र उमेदवारहरूसँग छलफल गर्नुभयो ।’’

बालेन होटेलबाट निस्कँदै गर्दा ‘झापा–५ मा तपाईंको उमेदवारी केका लागि ? कस्तो परिणाम आउने आकलन गर्नुभएको छ ?’ भन्दै पत्रकारले प्रश्न गरेका थिए । तर, बालेन नबोली तर्किए ।

प्रश्नहरू नसुनेझैँ गरी उनी सोझै गाडीमा गएर बसे । त्यहाँ एउटा कागजमा केही लेखे । त्यसपछि समर्थकलाई अभिवादन गर्न गाडीबाट माथि उक्लिए । अनि, नमस्कार गर्दै विमानस्थलतर्फ अघि बढे ।

उमेदवारी दर्तापछि बालेनले दमकमा समर्थकसँग भेटघाट गरेका थिए । रास्वपा समर्थक र कतिपय सर्वसाधारण उनीसँग भलाकुसारी गर्न त्यहाँ पुगेका थिए । केही बालबालिका र स्थानीय नेतृत्वसँग उनले खिचाएका तस्बिर क्षणभरमै ‘भाइरल’ भएको थियो ।

उनको टिमले भाडामा लिएको घरमा पुगेका समर्थक र सर्वसाधारणसँग उनले भेटघाट गरेका थिए । उनीहरूसँग तस्बिर पनि खिचाए । त्यसको अघिल्लो दिन निकै ठूलो समर्थकको उपस्थितिसहित उनले मनोनयनपत्र दर्ता गराएका थिए ।

त्यसपछि बालेन मेची पहाडका जिल्ला दौडाहामा निस्किए । तर, जहाँ जहाँ गए, उनी प्रतिक्रियाविहीन देखिए । समर्थकलाई अभिवादन गरे, तर केही बोलेनन् । राजनीतिक कार्यक्रम राखेनन् । सभा–सम्मेलन गरेनन् । जता पुगे, नमस्कार गर्दै हात हल्लाउँदै बिदा भए ।

दमकपछि बालेन इलाम पुगे । त्यहाँ रास्वपाका उमेदवार र समर्थकलाई अभिवादन गरे । इलामबाट पाँचथर हुँदै उनी ताप्लेजुङ पुगेर शुक्रबार (माघ ९) पाथीभरा मन्दिरको दर्शन गरे । आफू त्यहाँ पुगेको जनाउ दिन उनले फेसबुक स्टाटस लेखे– जय पाथीभरा, जय मुक्कुमलुङु ।

पाथीभरा मन्दिरको दर्शन गरेर ताप्लेजुङबाट फर्किएका बालेन शनिबार नै धनकुटा पुगेका थिए । तर, गाडीबाट ओर्लिएनन् । उनले धनकुटा सदरमुकाम परिक्रमा गर्दै समर्थक र मतदातासँग भेट्ने कार्यक्रम तय थियो । तर, अन्तिम समयमा स्थगन गर्दै सोझै गाडीबाटै फर्किए ।

पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा कार्यव्यस्तताका कारण स्थगन गरिएको रास्वपाले जनाएको छ ।

भीमनारायण चोकमा उनले गाडीबाट नओर्ली झ्यालबाटै केही बेर कार्यकर्ता र समर्थकसँग हात मिलाएका थिए । रास्वपा धनकुटाले बालेनको आगमनलाई लिएर केही दिनअघिदेखि प्रचार गरे पनि उनी सदरमुकाममा गाडीबाट नओर्ली नै फर्किएका हुन् ।

रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार, आसन्न निर्वाचनअघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा त्यहाँ आमसभा आयोजना गरिनेछ । “बालेनले फेरि आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” दाहालले भने ।  धनकुटा सदरमुकाम आउनुपूर्व बालेनले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए ।

उनी शुक्रबार तेह्रथुम सदरमुकाम म्याग्लुङमा बास बसेका थिए । शनिबार बिहान उनी उतैबाट धनकुटा प्रवेश गरेका थिए ।  बाह्रखरीबाट साभार 

गगन थापालाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा कांग्रेस

काठमाडौं/   पार्टीमा नयाँ पुस्ताको हस्तक्षेप बढाएको नेपाली कांग्रेसले आसन्न चुनावमा पार्टीका नवनिर्वाचित सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा होमिने निर्णय गरेको छ ।   शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताए। यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो।  सभापति थापासहित केन्द्रिय नेताहरु भर्खरै सकिएको विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रिय कार्यालय सानेपामा पुगेका हुन् ।

गायिका मेनुका राई र गायक नबिनको स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

काठमाडौं /  गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली र उभौली’सँग जोडिएको छ। उधौली र उभौली किरात समुदायले प्रकृति, भूमी र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाउने सांस्कृतिक विशेषतालाई गीतमा चित्रण गरिएको छ ।  नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने गरिन्छ । यी पर्वहरूमा साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको विशेष महत्वलाई गीतमा ब्यक्त गरिएको छ ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ  राजु कार्कीले गरेका छन । ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको छ भने गीतको निर्माता बिना राई रहनुभएको छ ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोले पनि उधौली–उभौलीको सांस्कृतिक भाव, सामूहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रियशनले निर्माण गरेको हो।

मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

सम्पत्ती विवरणनै नबुझाई उम्मेदवार बनेर बिदाई भए यी चार मन्त्री

काठमाडौं/ जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारमा सहभागी भएका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका छन्। ती चार जना मन्त्रीले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारी दिएका छन्।

कार्की सरकारमा रहेका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात, जलस्रोत ऊर्जा तथा सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीसहित सबै  मन्त्रीको ‘सम्पत्ति विवरण प्राप्त भएको’ जनाइएको छ तर विवरण खुल्दैन। अर्थात्, त्यसलाई गोप्य राखिएको छ। वेबसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणको छुट्टै शीर्षक राखिए पनि हालसम्म  त्यसलाई खोलेर हेर्न मिलेको छैन अर्थात् त्यसलाई गोप्य नै राखिएको छ।

गत पुसमा तत्कालीन  भौतिक पूर्वाधार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा तत्कालीन मन्त्री घिसिङले सम्पत्ति विवरण गोप्य राखिएको विषयमा सोधिएको जिज्ञासामा भनेका थिए,  ‘मन्त्री भएको दुई महिनाभित्र हामीले सम्पत्ति विवरण क्याबिनेटमा पठाइसकेका छौं।’

आफूहरूले बुझाएको विवरण सार्वजनिक गर्ने काम आफ्नो नभएको उनको भनाइ थियो। ‘विवरण सार्वजनिक गर्ने विषय उहाँहरूको हो,’ त्यतिबेला उनले भनेका थिए।

उनको भनाइ  आशय थियो– सम्पत्ति सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयको हो।

प्रशासन विज्ञहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय सरकारको नैतिकताको विषयसँग पनि जोडिएको  बताउँछन्। जेनजी आन्दोलनपछि बनेको सरकार झन् पारदर्शी हुनुपर्ने र त्यसले तत्कालै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा उनीहरूको जोड छ।

 

जेनजी आन्दोलनमा विस्थापित प्रहरी चौकी तोपगाछीको सेवा सुचारु

दमक/  गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विस्थापित भएको कमल गाउँपालिका वडा नं २ क्याम्पामा स्थित प्रहरी चौकी तोपगाछी पुनःस्थापना भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरु खेदिएपछि त्यहाँको प्रहरी सेवा स्थगित रहेकोमा बिहिबारदेखि पुनः प्रहरी सो चौकीमा बसेर सेवा दिन सक्ने व्यवस्था मिलाइएकोे हो ।

पुनस्थापित प्रहरी चौकीमा सुरक्षाको जिम्मेवारी लिएर पुगेका प्रहरीलाई त्यहाँका जनप्रतिनिधि र सर्वसाधारणले स्वागत गरेका छन् ।
स्थानीय बासिन्दाले त्यहाँ प्रहरी सेवाको माग गरेपछि वडा कार्यालयको सहकार्यमा आजदेखि प्रहरी सेवा सुचारु भएको कमल २ का वडाध्यक्ष अशोक सुब्बाले जानकारी दिए । वडाध्यक्ष सुब्बाको नेतृत्वमा क्याम्पा बजार टोल विकास संस्था र क्याम्पा बजार व्यवस्थापन समितिका पदाधिकारीहरुले सामुहिक रुपमा चौकी परिसर सरसफाई गर्दै त्यहाँ प्रहरी सेवा सञ्चालनको वातावरण बनाएका हुन् ।

सो अवसरमा वडाध्यक्ष सुब्बासहित स्थानीयहरुले प्रहरी कर्मचारीहरुलाई खादा र अबिर लगाएर स्वागत गरेका हुन् । वडा अध्यक्ष सुब्बाले प्रहरी कर्मचारीहरूलाई निरुत्साहित नभई कानुनी परिधी भित्र रहेर सेवा दिन आग्रह गरे । प्रहरीलाई वडा कार्यालय र समुदायको पूर्ण सहयोग रहने उनले बताए । उनले भने– वडा कार्यालय सदैव प्रहरीको साथमा रहेको छ र भविष्यमा पनि रहनेछ ।

 

दमक क्याम्पसमा छात्रावास सेवाको अन्तीम तयारी

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरूका लागि छात्रावास सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
क्याम्पस प्रशासनका अनुसार टाढा–टाढाबाट आएर अध्ययन गर्ने छात्रा विद्यार्थीहरूको सुरक्षा, आवास समस्या समाधान र शैक्षिक निरन्तरतामा सहजता ल्याउने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको हो ।
यसबाट विशेष गरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका छात्रा विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । तत्काल ५० जना छात्राहरुलाई राख्ने व्यवस्था गरेका छौं, छात्रावासका लागि आवश्यक फर्निचर, लत्ताकपडा आदीको व्यवस्था भइसक्यो केही दिनमै यसको औपचारिक शुरुवात गरिनेछ– क्याम्पस प्रमुख यज्ञराज गिरीले भने ।
सो छात्रावासमा सुरक्षित बसोबासको व्यवस्था, आवश्यक खानेपानी तथा सरसफाइको व्यवस्था , अध्ययनमैत्री वातावरण रहको छ ।
शिक्षा क्षेत्रमा लैङ्गिक समानताको लक्ष्यलाई पछ्याउँदै दमक बहुमुखी क्याम्पसले छात्राहरुको सुविधाका लागि छात्रावास सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख गिरीले जानकारी दिए ।
बिद्यार्थीहरुको सुविधालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चानलमा ल्याइएको क्याम्पस प्रमुख गिरीको भनाई छ ।
स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूले सामुदायिक क्याम्पसमा यस किसिमको छात्रावासको सुरुवात हुनु प्रशंसनीय र महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारी दमक बहुमुखी क्याम्पस पूर्वकै पूर्वाधारयुक्त शैक्षिक थलोका रुपमा बिकास गर्न सम्भव हुनुका पछाडी क्याम्पस सञ्चालक, प्रशासनसँगै यहाँका नागरिकहरुको राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच पनि कारण भएको बताउँछन् ।
क्याम्पसलाई पछिल्लो समय प्रविधिमैत्री बनाउने र यहाँँका अधिकतम बिद्यार्थीहरुलाई सुलभ र सहज रुपमा उच्च शिक्षा दिलाउन माथिल्लो तहका सरकारहरुको पनि सहयोग आवश्यक रहेको अध्यक्ष भण्डारीको भनाई छ ।
क्याम्पसमा पछिल्लो समय विश्व बिद्यालय अनुदान आयोगसँगको सहकार्यमा क्याम्पसको भौतिक पूर्वाधार , प्रविधिहरुको बिकासका धेरै महत्वपूर्ण योजना सञ्चालनमा छन् । हाल क्याम्पसमा ७ करोड ५२ लाखको एउटा योजना कार्यान्वयनको अन्तिम चरणमा छ भने एक करोडको अर्को एउटा र १ करोड ८८ लाख अर्का एक योजना पनि स्वीकृतको अन्तिम चरणमा पुगेको छ ।

भुटानको कारागारमा गुरुङको मृत्यु, ह्युमन राइट्स वाचको ध्यानाकर्षण

दमक/ अन्तरराष्ट्रिय मानव अधिकारवादी  संस्था, ह्युमन राइट्स वाच, ले भुटानका राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।  भुटानमा सबैभन्दा लामो समयदेखि थुनामा राखिएका बन्दीमध्ये  श बहादुर गुरुङको मृत्यु भएको सार्वजनिक भए पछि ह्युमन राइट्स वाचले त्यस्तो चिन्ता व्यक्त गरेको हो।

६५ वर्षीय गुरुङको गत डिसेम्बर महिनामा भुटानको चामगाङ कारागारमा आँखासम्बन्धी रोगको उपचार खोजिरहेका बेला अस्पष्ट परिस्थितिमा मृत्यु भएको हो। सन् १९९० मा भुटानका सीमान्तकृत नेपालीभाषी समुदायको अधिकारका लागि आन्दोलन गरेकै कारण उनलाई ३५ वर्षदेखि जेलमा राखिएको थियो। ह्युमन राइट्स वाचले उनको मृत्युलाई “भुटानका कठोर कारागारहरूमा कथित आलोचकहरूमाथि थोपरिएको अन्याय र अनावश्यक पीडाको दुःखद स्मरण” भनेको छ।

ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक मीनाक्षी गांगुलीले भुटानमा करिब ३० जना राजनीतिक बन्दी रहेको र तीमध्ये धेरैले आजीवन कारावासको सजाय भोगिरहेको बताइन्। कारागार प्रशासनले बन्दीहरूलाई खाना, कपडा, राम्रो ओछ्यान र औषधि समेत नदिने गरेको, कतिपय अवस्थामा पैसा दिने बन्दीहरूलाई मात्र औषधि उपलब्ध गराउने गरेको आरोप पनि उनले लगाएकी छन्।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी) ले ह्युमन राइट्स वाचको यस कदमलाई स्वागत गर्दै यसअघि नै श बहादुर गुरुङको जेलभित्र भएको मृत्युप्रति जवाफदेहिता माग गर्दै आएको र भुटानका राजनीतिक बन्दीहरूले भोगिरहेको  दयनीय अवस्थाबारे निरन्तर आवाज उठाउँदै आएको जनाएको छ। अभियानले एमनेस्टी इन्टरनेशनल, अन्य अन्तरराष्ट्रिय मानवअधिकार संस्थाहरू तथा विश्व समुदायलाई यी बन्दीहरूको तत्काल रिहाइको लागि सार्वजनिक माग गर्न र जवाफदेहिता सुनिश्चित गर्नका लागि गुरुङको मृत्युबारे स्वतन्त्र छानबिन आयोग गठन गर्न भुटानमाथि दबाब दिन आग्रह गरेको छ ।

भुटानी कानुनअनुसार आजीवन कारावासको सजाय घटाउने अधिकार केवल राजालाई मात्र छ। ह्युमन राइट्स वाचले गुरुङलाई जेलमा कसरी व्यवहार गरियो भन्नेबारे स्पष्ट पार्न भुटान सरकारलाई आह्वान गरेको छ र राजनीतिक बन्दीहरूले भोगिरहेका समग्र अवस्थाबारे पनि सम्बोधन गर्न माग गरेको छ। ह्युमन राइट्स वाचले भुटानको अन्तरराष्ट्रिय छवि र त्यहाँका कारागारहरुको  यथार्थबीच गहिरो विरोधाभासलाई समेत औँल्याएको छ।

राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु

काठमाडौं / राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता २०८२, बुधबारबाट काठमाडौंमा शुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले उदघाटन गरे ।

प्रतियोगितामा कोशी, मधेश, वागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम गरी सातै प्रदेश तथा विभागीय टोलीहरु नेपाल आर्मी, एपीएफ र महेन्द्र पुलिस क्लबका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष र महिलाका विभिन्न तौल समुहमा प्रतिस्पर्धा भइरहेको कार्यक्रम संयोजक रामकुमार थारुले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख र दोस्रो हुने समु्हलाई ५० हजार पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगिता उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका डोजोका खेलाडि उत्कृष्ठ खेलाडिहरु रेहान जावेद र निरुमा दोङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

झापा ५ की उम्मेदवार मन्धरा चिमरिया, जो असहायहरुको सेवामानै समर्पित

आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि झापा ५ मा मनोनयन दर्ता गराएका उम्मेदवारहरु मध्येकी दमक ९ की स्थायीबासिन्दा हुन नेपाली कांग्रेसकी नेतृ मन्धरा चिमरिया पौडेल ।
सञ्चार क्षेत्रको समेत नजरमा नपुगेकी तर असली समाजसेवा र यस क्षेत्रकी असली स्थानीय उम्मेदवार हुन उनी ।
मन्धरा भन्छिन– म नैं यो क्षेत्रबासी असली उम्मेदवार हुँ । राजनीतिक प्रतिशोधको भावना राखेर यहाँ चुनाव लड्न आएका र सधैं यो ठाउँलाई भोट बैंक बनाएका अरु उम्मेदवार र यहींको दुखसुखमा , यहाँको सेवामा बिना कुनै स्वार्थ लागेको उम्मेदवार म नैं ।
प्रस्तुत छ झापा ५ मा कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको परिचय र सामाजिक , राजनीतिक योगदान
मन्धरा चिमरिया ( पौडेल) झापाको महिला नेतृत्वमा स्थापित नाम हो । २०१९ सालमा बुबा लाल बहादुर चिमरिया र आमा गोमा चिमरियाको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएकी मन्धराले प्रारम्भिक शिक्षा ताप्लेजुङकै फुङलिङमा लिएकी हुन् ।
कक्षा ७ देखि धरानको तत्कालिन बालिका माविबाट २०३७ सालमा एसएलसी उत्तिर्ण गरेकी उनले धरानको महेन्द्र क्याम्पसमा क्याम्पस तहको अध्ययन शुरु गरेपनि २०३८ सालदेखिनै लोकसेवा मार्फत निजामती सेवामा जागिर शुरु गरेकी थिइन् ।


२०४३ साल बैशाख ४ गते खोटाङका राजेन्द्र पौडेलसंग बैबाहिक जिवन शुरु गरेकी उनले काठमाडौंको त्रिपुरेश्वरमा घरेलु उद्योग कार्यालयदेखि नेपालगञ्ज, राजविराज, गाईघाट हुँदै दमक नगरपालिका सम्म २०५१ साल सम्म जागिरको सिलसिलामा १३ बर्ष विताइन् ।
बहुदलीय व्यवस्था शुरु भएसंगै राजनीतिमा समेत आवद्ध हुन पाउने भएपछि पौडेल २०४८ सालदेखिनै नेपाली कांग्रेसको क्रियाशील सदस्य भइन् ।
उनले कांग्रेस र कांग्रेस सम्बद्ध नेपाल महिला संघको नेतृत्वमा वडादेखि जिल्ला सम्म जिम्मेवारी सम्हालेकी अनुभवी नेतृ हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतसहित महासमिति सदस्य चुनिएकी पौडेल राजनीतिक प्लेटफर्म बाहेक असली समाजसेवाको बाटो रोजेकी साहसी र शालिन महिला नेतृ हुन् ।
उनी अन्य सामाजिक संघ संस्थाहरुमा समेत उत्तिकै क्रियाशील छिन् । आफ्नै नेतृत्वमा स्थापना भएको जनचेतना महिला विकास संघ दमक १४ मा २०५९ सालदेखि निरन्तर अध्यक्ष पदमा छिन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र दमकमा दुई कार्यकाल र दमक नगर महिला समन्वय समितिको उपाध्यक्षमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी पौडेलले १३ बर्ष सम्म दमकको सरस्वती माविको व्यवस्थापन समितिमा समेत जिम्मेवारी निर्वाह गरिन् ।
महिला र बालबालिकाको क्षेत्रमा समर्पित
राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रिय उपाध्यक्ष भएर महिला हक अधिकारका पक्षमा योगदान दिँदै आएकी मन्धरा अनाथ बाल आश्रम दमक ९ की अध्यक्ष पनि हुन् ।
उनकै अगुवाईमा असहाय बालबालिकाहरुको हेरचाह र संरक्षण गर्ने अभिभावकीय थलोका रुपमा रहेको अनाथ बाल आश्रममा अहिले पनि झण्डै ३० जना असहाय बालबालिकाहरु आश्रित छन् । ति बालबालिकाहरुको खानपान, स्वास्थ्योपचारदेखि बिद्यालय तहको पढाई समेत मन्धराकै नेतृत्वमा चलिरहेको छ ।