ओली र साहले काठमाडौं पुगेर थाले फेसबुक जुहारी, क्षेत्रमै व्यस्त कांग्रेसकी महिला उम्मेदवार

Author Nishkarsha News
२०८२ माघ १२, आईतवार १२:४६

दमक/  माघको पहिलो साता मनोनयन दर्ताको तयारीमा रहेका दलहरु ६ माघमा मनोनयन दर्ता लगत्तै औपचारिक रुपमा चुनाव केन्द्रित आन्तरिक बैठक, छलफल र भेटघाट लगायतका गतिबिधिहरुमा केन्द्रित भएका छन् ।
यहाँका दुई चर्चित उम्मेदवार भने चुनावी माहोल तताएर काठमाडौं फर्किएका छन् ।
एमालेका उम्मेदवार समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका बासिन्दा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० शनिबार काठमाडौं फर्किएका हुन् ।
उनीहरु दुवै जना काठमाडौं फर्किए लगत्तै सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।
खुल्ला बहसमा सहभागी हुने नहुने बिषयमा यि दुई उम्मेदवारले फेसबुक जुहारी चलाइरहँदा झापा ५ कै भुगोलमा रहेर राजनीतिक , सामाजिक क्षेत्रमा पहिचान बनाएका अन्य दलका उम्मेदवारहरु भने मतदातासँगको सुखदुखमा सहभागी भइरहेका छन् ।
कांग्रेसका तर्फबाट झापा ५ मा प्रस्तुत गरिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेल भन्छिन– आज बिहानैदेखि पहिला जस्तै मरिमराउमा गएँ । दमककै बस्नेत परिवारमा परेको शोकमा उपस्थित भए लगत्तै उनी आफ्नै नेतृत्वमा चलिरहेको अनाथ बाल आश्रममा एकैछिन पुगेर त्यहाँका नानीबाबुहरुको अवस्था बुझेर फर्किएकी हुन् । मध्यान्ह १२ बजे पार्टी कार्यालयमा चुनाव केन्द्रित छलफलमा सहभागी भएकी उम्मेदवार चिमरियाले भनिन्– दमकका साथीहरुसँगको मिटिङ सकेर तीन बजे अघिनै गौरादह पुग्नु छ । गौरादह पनि झापा ५ कै भुगोलमा पर्छ ।
उम्मेदवार काठमाडौं फर्किएपछि एमाले नेता, कार्यकर्ताहरु चुनावमा केन्द्रित भएका छन् ।
खासगरी जेनजी आन्दोलनको कारण ढलेको ओली नेतृत्वको सरकारपछि सत्ताबाहिर रहेका अध्यक्ष ओली आफ्ना कार्यकालमा भएका भौतिक पूर्वाधार बिकासका योजनाहरुको फेहरिस्त सर्वसाधारणमाझ प्रस्तुत गर्दै चुनावमा केन्द्रित देखिन्छन भने ओलीलाई काउण्टर दिन भन्दै काठमाडौंबाट आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहका समर्थकहरु परिवर्तनको नारा लिएर चुनाव केन्द्रित छन् ।
रास्वपाले लामो समय अघिदेखि यहाँँ यज्ञमणी न्यौपानेलाई उम्मेदवार बनाएर मतदाताको घरदैलोमा पुगिरहेको र सामाजिक सञ्जालमा केन्द्रित भएको देखिन्थ्यो ।
एकाएक यहाँ साहलाई उम्मेदवार बनाएको रास्वपाको स्थानीय नेतृत्व भने उम्मेदवार साहको टिमसँग सहकार्य र समन्वयका लागि पहल गर्न केन्द्रित भएको देखिन्छ ।
चुनावमा भोट कसलाई दिने भन्दै मतदाताको मुखैमा माइक पुरयाउने सामाजिक सञ्जालका प्रयोगकर्ता र पत्रकारहरुको समुहको सक्रियता धेरै बढेको छ ।
सामाजिक सञ्जालमा रास्वपाको सकारात्मक र ओली विरुद्ध कटाक्ष गर्ने रास्वपा समर्थकहरु कस्सिएर लागेका देखिन्छ भने रास्वपाका साह विरुद्ध पनि एमाले नेता, कार्यकर्ताहरु प्रतिरक्षामा सक्रिय देखिन्छन् ।
ति दुवै पक्षधरले भाद्र २३ र २४ का मर्मस्पर्शी घट्नाहरुमा एकाअर्कालाई आक्षेप लगाइरहेका सामाजिक सञ्जालमा प्रष्ट देखिन्छ । तत्कालिन प्रधानमन्त्री ओलीले ति सबै घटनाको जिम्मा लिनुपर्ने र मतदान मार्फत ओलीलाई परास्त गर्नुपर्ने रास्वपा समर्थकको तर्क देखिन्छ भने आन्दोलन र हिंसाका घटना गराउन बालेन्द्रको भुमिका प्रष्ट देखिएको तर्क गरिरहेका छन् ।
उनीहरु जनमतद्धारा त्यसताका सुनियोजित घटना गराउन भुमिका खेल्दै प्रतिशोधको भावना राखेर झापामा चुनाव लड्न आएकाले त्यसको जवाफ मतदान मार्फत दिनु पर्ने तर्क गरिरहेका छन् ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्