दमक ७मा सिलाई बुनाई तालिम समापन

 

दमक/ दमक नगरपालिका वडा नम्बर ७ को वडा कार्यलयले २० जना महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई बुनाई तालिम प्रदान गरेको छ । वडाले सीप सिकेर आत्मनिर्भर हुन इच्छा राख्ने महिलालाई सिलाई बुनाई सम्बन्धि तीन महिने आधारभुत र आधारभुत तालिम लिइसकेकाहरुलाई एडभान्स कोर्स तालिम एकैसाथ प्रदान गरेको हो । बिहिबार वडा कार्यलयमा आयोजित तालिम समापन कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापाले तालिम सगै सीपको उपयोग हुने गरिका कार्यक्रम संचालन गर्ने नगरपालिकाको योजना रहेको बताए ।

वडाध्यक्ष भिम प्रसाद पौडेलले सीप सिकेका महिलाहरुको समूह बनाएर सङठित रूपमा उद्यम ब्यवसाय संचालन गर्न आग्रह गरे । उनले सो तालीम लिएर उध्यम गर्न चाहने महिलालाई वडाले प्रोत्साहन स्वरुप निशुल्क ब्यवसाय दर्ता गरिदिने घोषणा गरे ।

उनले तालिमको उपयोग ब्यवहारिक जिवनमा गर्न अनिवार्य भएको वताए । सो अवसरमा तालिम प्रशिक्षक कमला कार्कीले महिलाहरु स्वरोजगार बन्न सके कसैको प्रभाव र दबाबमा बस्न नपर्ने भएकोले स्वरोजगार बन्न भित्री मनदेखीनै लाग्नुपर्ने सुझाइन । वडा सदस्य अतीत बान्तवा राईले तालिम लिएर महिलाहरु आफैले परिवर्तनको महसुस गर्नुपर्ने बताए । सो अवसरमा तालिमका प्रशिक्ष्यार्थीहरु आफैले सिलाएका पोशाकमा सहभागी भएका थिए भने एक जना बालिकालाई स्कुल ड्रेस प्रदान गरिएको थियो ।

मुख्यमन्त्रीबाट ट्राफिक सप्ताह उद्घाटन

विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ ।

उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो ।

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।

उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराउनुभयो ।

जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पानुभयो । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हँुदै आएको उहाँको भनाइ छ ।

प्रदेश सभाको बैठकमा स्थगित भएपछि मुख्यमन्त्री कार्की बहिरै

विराटनगर/  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।

मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु भने प्रदेशसभाबाट बाहिरिएका छन् । मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि वैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।

मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि एमालेका प्रदेशसभा सदस्यहरुमा पनि अन्योल देखिएको छ । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए । जवाफ तयार गर्न उहाँ निस्कनुभएको हुनुपर्ने उनको भनाई छ ।

आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा एसले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ । प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ ।

स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलीको समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । एमालेका सांसद एकराज कार्कीले भने मत विभाजन हुने दाबी गरे ।

-हाम्रोमत बाट