कोशी सरकारविरुद्धको मुद्धामा बिहीबार सुनुवाइ

काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।

सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।

सांसद यादव पक्राउ

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

सगरमाथा दोजाङका खेलाडीहरुको ग्रेडिङ

दमक/ नेपाल तेक्वान्दो संघ झापाले आज (शनिबार) दमकका प्रशिक्षार्थी खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले दमकमा सञ्चालन गरिरहेको पाँच वटा विद्यालयका प्रशिक्षार्थी खेलाडीहरुको दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयको प्राङ्गणमा ग्रेडिङ गरेको हो ।

दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी विद्यालय, दमक–ढ्क्रपानीस्थित अक्सफोर्ड अंग्रेजी विद्यालय, दमक–४ चिया बगानस्थित आस्था एकाडेमी, दमक–४ को पल एकाडेमी र दमक–२ खरखरेस्थित सनराइज अंग्रेजी विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

ग्रेडिङ कार्यक्रममा जिल्ला तेक्वान्दो संघ झापाका बरिष्ठ प्रशिक्षक जितेन्द्र मेचेसहित प्रशिक्षक कर्ण दाहाल, दीपेन्द्र दुनुवार, अजय गुप्ता, मिरा काफ्ले र मनु कटुवालले खेलाडीहरुको अनुशासन खेलप्रती रुची, खेल कौशलता, धर्यता, पोजिसन लगायतका बारेमा मुल्याङ्कन गरेका थिए ।

झण्डै एक सय ४० जना खेलाडीहरुको ब्लु बेल्ट, हाफ ब्लु, हाफ ग्रीन, हाफ एल्लो लगायतका विभिन्न तहगत रुपमा ग्रेडिङ गरिएको नेपाल सगरमाथा टेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालले जानकारी दिए । ग्रेडिङमा छनौट भएका खेलाडीहरुलाई आगामी बिजया दशमी तथा दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसहित वेल्ट तथा पुरुस्कार प्रदान गरिने अध्यक्ष धिमालले बताए ।

कार्यक्रममा नेपाल सगरमाथा तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा सर्वोदय अंग्रेजी विद्यालयका प्रिन्सिपल नविन योगी, विद्यालयका प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरु र अभिभावहरुको बाक्लो उपस्थिति थियो ।

पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

काठमाण्डौ – एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।

पाकिस्तानले दियो नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य

काठमाण्डाै/ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै माेहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरकाे याे १९औँ शतक हाे भने इफ्तिकरकाे पहिलाे शतक हाे ।

बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा, यस्तो छ खेल तालिका

दमक/ दमक उद्योग वाणिज्य संघको ३३ औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फुटसल प्रतियोगिता तयारी समितिले संघद्धारा आज (मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीसँगै खेल तालिका सार्वजनिक गरेको हो ।

समितिका संयोजक तुलसीराम तिम्सिनाले भाद्र ६ गते बुधबार दमक ५ स्थित विस्ट फुटसल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा संघ अन्तर्गतका ८ वटा बस्तुगत संघका टीमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

उनका अनुसार सो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ वटा बस्तुगत संघ प्रतिनिधि, संघका पदाधिकारी, व्यवसायीहरुको रोहबरमा गोलाप्रथाद्वारा खेल तालिका निर्धारण गरिएको हो ।

व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघले बार्षिकोत्सवका अवसरमा रचनात्मक कार्यक्रमहरु गर्ने र संघको बार्षिक साधारण सभा पुष भित्र गर्ने यसअघिको साधारण सभाको म्याण्डेड अनुसार यस पटक फुटसल प्रतियोगिता गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

फुटसल मैदानमा बिहान ७ बजे संघको बार्षिकोत्सव विशेष कार्यक्रम उदघाटनमा दमक नगर प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि एवं व्यवसायीहरु समेतको विशेष उपस्थिती रहनेछ भने अपरान्ह ३ बजेपछि हुने समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठको प्रमुख आतिथ्य रहने पत्रकार सम्मेलनमा जनाइयो ।

प्रतियोगिताको विजेता टिमले नगद १५ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सक्ने जनाइएको छ । अन्य थप दुई विधामा समेत खेलाडी पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यालय प्रमुख निरज विष्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

व्यवसायी नेताहरुले खेलकुदका माध्यमबाट व्यवसायीहरुको शारिरीक अभ्यासमा मद्धत पुग्नुका साथै मित्रताको भावना बिकास गराउन मद्धत पुग्ने अपेक्षा गरिएको बताएका छन ।

मुख्यमन्त्री थापालाई विस्वासको मत

काठमाण्डौ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ ।

सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए ।

थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।

एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो ।

उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लाग्नुभएको हो ।

विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।

विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए ।

अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् ।

उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।

झापाका तीन ठाउँमा रास्वपाको जनसभा

दमक/  राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एकैदिन झापाका ठुला मध्येका तीन शहरमा बृहत जनसहभागितामा सभा सम्पन्न गरेको छ ।

दमक, गौरादह र विर्तामोडमा एकैदिन आयोजना गरेको जनसभालाई पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री मुकुन्द ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित आधा दर्जन बढी केन्द्रिय नेताहरुले सम्बोधन गरेका छन । दमकमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यो अवस्थामा ल्याउन एक बर्ष अघि मात्रै स्थापना भएको आफनो पार्टीको कुनै दोष नभएको जिकिर गर्दै लामो समयदेखि राजकाज चलाएका ठुला भनिएका दलहरुको अकर्मण्यता यसको मुख्य कारण भएको तर्क गरे ।

मुलुकमा भइरहेको बिकास र समृद्धिमा अन्य दलहरुको योगदानबारे खासै नबोलेका सभापति लामिछानेले भ्रष्टचार, अनियमितता र देशको गिर्दो आर्थिक अवस्था लगायत सम्पूर्ण जिम्म अन्य ठुला दलहरुले लिनुपर्ने जिकिर गरे ।

दमकमा सभा चलिरहँदा पानी पर्न थालेपछि लामिछानेले आफनो सम्बोधनका क्रममा आँधीहुरी र बर्षाबाट प्रभावित र विचलित नहुने भन्दै सहभागीहरुलाई भने–यहाँ पानी पर्न सक्छ, आँधीहुरी आउन सक्छ रुझ्दै भिज्दै पनि भ्रष्टाचारीहरुलाई लखेटनु परेको छ ।
त्यसैगरी गौरादह बजारमा आयोजना गरेको सभालाई पनि सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार लगायतले सम्बोधन गरेका थिए । त्यसअघि विर्तामोडमा पनि रास्वपाले व्यापक जनहभागितामा पार्टीको सभा सम्पन्न गरेको थियो ।

बिकास गाउँ पस्दै, घरहरु रित्तिदै ( फोटो फिचर सहित )

ताप्लेजुङ/ पूर्वी पहाडी जिल्ला ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा बिकासका पूर्वाधारहरु भित्रिएपनि गाउँ छोडेर अन्यत्र बसाइँ सरी जाने क्रम उच्च रहेको पाइएको छ ।

स्थानीय तह पुनसंरचनाका क्रममा जिल्लाका साविकका गा.वि.सहरु नाङखोल्याङ, थेचम्बु, तिरीङ्गे, डुम्रिसे, चाक्सिबोटे र थुम्बेदिनको समायोजनपछि एउटै पालिका पाथीभरा याङवरक गाउँपालिका बनेको हो ।

यो गाउँपालिकाको भुगोल भित्र मोटर गाडी कुदने सडक, बिद्युत , खानेपानी, स्वास्थ्य जस्ता अत्यावश्यक पूर्वाधारहरु भित्रिएपनि गाउँबाट मानिसहरु बसाइँसरेर अन्यत्र जाने क्रम भने उच्च देखिएको हो ।

वडा नं ४ डुम्रिसेस्थित आधारभूत स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मचारी मुकुन्द दाहाल भन्छन–पहिला बाटोघाटो केही थिएन अहिले यहाँ सुविधाहरु थपिएका छन तर गाउँचाहिं खाली हुँदैछ ।

अधिकांश परिवारबाट कोही न कोही वैदेशिक रोजगारीका लागि जाने र कमाएको पैसा शहरी क्षेत्र तथा जिल्लाबाहिर खर्चिने क्रमले यहाँबाट मानिसहरु बसाइँसरेर अन्यत्र गइरहेको हुन सक्ने वडा नं ४ डुम्रिसेका बासिन्दाहरु बताउँछन ।

यहाँ घर भएका प्रायजसो सबैले मधेसका गाउँ बजारतिर कम्तीमा बास बस्ने बन्दोबस्तीका लागि जग्गा किनेका कारण पहाडका गाउँ बस्ती कुनैदिन रित्तिदैनन भन्ने अवस्था नरहेको उनीहरु बताउँछन ।

डुम्रिसेका मित्रलाल कोइराला भन्छन–पहिला यहाँ थुप्रै घर परिवार बस्थे अहिले घर खाली भइरहेका छन । अस्ति भर्खरै एक परिवार झापातिर गए । अरु पनि जाने सुनिराखिएको छ ।

लगभग ४० बर्षपछि आफनो जन्मथलो डुम्रिसे पुगेका श्रीप्रसाद पौडेलले उ बेलाको डुम्रिसे र अहिलेको डुम्रिसेमा निक्कै फरक अनुभुती गरेको बताए । उनले भने– त्यो बेला हिंडेरै पहाड छोडेका थियौं, अहिले घरको आँगनमै गाडीबाट ओर्लिन पाउँदा औधी खुशी लाग्यो ।

विजुली वत्ती पुगेछ, घरमै खानेपानी आइपुगेछ । पहाडतिर बिकास हुँदैछ रे भन्ने सुनेका यहाँका पहिलाका बासिन्दाहरु गाउँ फर्किँदा प्रत्यक्ष रुपमै बिकासको अनुभुती गर्न पाएको बताउँछन ।

बिकासका पूर्वाधारहरु बिस्तारको क्रम एकदमै ढिलो हुनु र बैदेशिक रोजगारीका कारण मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनले यस क्षेत्रका बस्तीहरु उजाड बनेका छन । परम्परागत शैलीका घरहरु देखिएपनि ति धेरै घरहरु रित्तो अवस्थामा पाइन्छ । पुराना घर र मतानहरु ढुंगा माटोले बनेका हुन यि घर बिक्ने कुरा भएन त्यही भएर यत्तिकै छोडेर यहाँका मानिसहरु मधेस झरेका छन– डुम्रिसेको पुछारतिरका खाली घर देखाउँदै एक महिलाले भनिन । त्यहाँका दुई परिवार बसाइँसरेर झापातिर लागेको बताइएको छ ।

पञ्जीकरण विभागका अनुसार ताप्लेजुङबाट बसाइँ सरेर अन्यत्र जाने भन्दा आउने परिवारको संख्यामा भारी अन्तर छ । विभागले उपलब्ध गराएको तथ्याङक अनुसार ३१ साउन सम्ममा पाथीभरा याङवरक गाउँपालिकाभरीबाट ४२१ परिवार बसाइँ सरेर अन्यत्र बाहिरिँदै गर्दा यो पालिका भित्र बसाइँ सरेर आउने परिवारको संख्या ४१ मात्रै छ ।

 

दमक चौंकमा बल्दैनन् सडक बत्ति

दमक/ झापाको मुख्य शहरी क्षेत्र मानिने दमक चौंकमा सडकबत्ती नहुदाँ रातीपख अन्धकार हुदै आएको छ । सडकका पूराना वत्ती जीर्ण भएपछि लामोसमयदेखि दमक चौंक क्षेत्र अन्धकार बन्दै आएको हो ।

पूर्वपश्चिम लोकमार्गमा पर्ने दमकको मुख्य चौंक क्षेत्रमा भएका सोलारजडित सडकबत्ती काम नलाग्नेमा पुगेपछि चौंक क्षेत्र अन्धकार वन्न पुगेको स्थानीयले बताएका छन् । सडकबत्ती नहुदाँ चौंकमा रात्रीपख दैनिकजसो झैझगडा, दुर्घटनाको घटना बढ्दै गएको पाईएको छ ।

दमक आकासे पुल संगैको पूराना सृजना होटलका सञ्चालक रमेश मगरले मुख्य दमक चौंक अन्धकार जस्तै भएपनि सम्बन्धित निकाय बेखबर हुनु दुःखद भएको गुनासो सुनाउँछन् । भएका सडकबत्ती मर्मत तथा थप विस्तार गरे चौंकको आर्कषण देखिने उनको भनाई छ ।

दमक चौंक बाहिरका धेरैजसो सडकमा आधुनिक सडकबत्ती जडान गरि झिलीमिली गरिएपनि दमक चौंकमा भने कसैको चासो नपर्नु दुःखद भएको सांस्कृतिक संघ दमकका अध्यक्ष टंक ढकाल बताउँछन् । एम्बुलेन्स समेत चलाउदै आएका उनले दमक चौंक क्षेत्रका बाटोघाटोमा सडकबत्ती नहुदाँ कता कता आफूहरु असुरक्षित महषुष गरेको सुनाउँछन् ।

सडकबत्ती नहुदाँ आकासे पुल आसपास साँझपख लाग्दै आएका फूटपाथका व्यापार प्रभावित भएको उनीहरुको दुखेसो छ । साँझपख ठेलामा खाजाको विभिन्न परिकार बेचेर जिबिकोपार्जन गरिआएकी दमक ८ की तिलल्मा शर्माले बर्षोदेखि सडक किनारका फूटपाथमा परिवारिक गुजाराका लागि ठेलामा खाजा बेच्दैआएपनि अहिले भने लखेटी लखेटी नगर प्रहरीले खेद्दै आएको सुनाउँछिन् । अव्यवस्थितसंगै फूटपाथमा व्यापार गर्न नगरपालिकाले रोक लगाएको छ ।

फूटपाथमा व्यापार गरेर चारजना परिवारको पेट पालिदैआएको उनले सुनाउदै भनिन्, –‘फूटपाथमा गुजारा चलाउन निकै समस्या खेप्नुपरेको छ भने अर्कातिर साँझपख सडकबत्ती नहुदाँ आफूहरुले असुरक्षित महषुष गर्नुपरेको छ ।

मुख्यगरि दमकको प्रवेशद्धार रतुवाको पुलदेखि चियादोकानसम्मका सडकमा सडकवत्ती नबल्दा रात्रीको समय अन्धकारमय वन्दै आएको छ ।