चाडपर्वमा असुरक्षित दमक बजार, चोरी र जुवाजन्य क्रियाकलाप बढ्दो

दमक/ चाडपर्वसँगै झापामा असुरक्षा बढेको छ । जिल्लाको पश्चिमी क्षेत्र दमक मुख्य बजार रहेको भए पनि यहाँको व्यवसायिक सुरक्षामा चुनौती देखिएको व्यवसायीहरुले बताएका छन् । दमकको साविक पश्चीम बस स्टेण्ड नजिकैको एक मोवाइल पसलमा बुधबार राती सटर फोडेर चोरी भएको हो ।
हेमन्त ओलीले सञ्चालन गर्दै आएको सो मोवाइल पसलमा लाखौं मुल्यका मोवाइलसँगै अन्य सामानहरु चोरी भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
अध्यक्ष गुरागाइँका अनुसार चाडपर्वको याम शुरु भएसँगै दमक बजार क्षेत्र र आसपासको भागमा दुले चोरीका घट्ना दिनहुँ जसो हुने गरेका छन् ।
केही दिन अघि दमकको दमक अस्पतालको अण्डरग्राउण्ड पार्किङस्थलबाटै एउटा मोटरसाइकल चोरी भएको छ । त्यस्तै आम्दा अस्पताल भित्र भर्ना गरिएका बिरामी र कुरुवाका दुई थान मोवाइल एकै समयमा चोरी भएका बताइएको छ ।
दमकका अधिकांश अस्पताल भित्र पर्याप्त सुरक्षा सावधानी नअपनाइँदा बिरामी हेर्ने निहुँ गरेर चोरी गर्ने योजनासहित उच्छृखंल समुहहरु प्रवेश गर्ने गरेका छन् ।
त्यस्तै मध्यरातमा कतिपय होटलहरुमा धम्काउने, डर त्रास देखाएर अराजक समुह प्रवेश गर्ने गर्दा होटल व्यवसाय समेत सुरक्षित हुन नसकेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
बजार क्षेत्रमा चाडबाडको निहुँ पारेर व्यवसायिक रुपमा जुवाजन्य गतिबिधि हुने क्रम पनि उच्च भएको छ । दमक बजार र यहाँ चोक, गल्लीहरुका साथै एकान्त ठाउँ खोजेर व्यवसायिक रुपमा तास जुवा खेल्ने खेलाउने समुह सक्रिय भएपनि यसलाई रोक्न सुरक्षा निकायको ध्यान पुगेको देखिँदैन ।
मादक पदार्थको जथाभावी खुल्ला विक्री वितरण , जुवाजन्य क्रियाकलाप र चर्को ध्वनी प्रदुषण गराउँदै असुरक्षित रुपमा विस्फोटक पदार्थ एवं आतसवाजीहरु गराउने क्रियाकलापहरुले सर्वसाधारण नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएको छ । बालबालिकाहरु यस किसिमका पटाका र आतसवाजीको प्रयोगका कारण जोखिममा परेका छन् । तीन दिन अघि दमक बजार क्षेत्रमा ६ बर्षिय एक बालक पटाका पडकिँदा घाईते भएका छन् । बिद्यम अग्रवाल नाम गरेका ति बालकको अनुहार र आँखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाले सो घट्नाको पुष्टि गरे पनि सो बारेमा थप जानकारी दिन अस्विकार गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापाले सो घट्नाबारे थप बताउन नमिल्ने पनि हुन सक्ने भन्दै विस्तृत जानकारी दिन अस्विकार गरे ।
बढ्दो चोरी र अबैध क्रियाकलापहरु रोक्न सुरक्षा निकायको ध्यान जानुपर्ने दमक उदोग वाणिज्य संघका अध्यक्ष गुरागाइँको भनाई छ । अध्यक्ष गुरागाइँ भन्छन– चोरीका घट्ना एकदमै बढेका छन् । साता अघि दमकको ३ नम्बर वडास्थित मावा पुल छेउमा भएको जग्गा विवादमा एक जनाको हत्या भएको थियो ।

 

झापाका तीन ठाउँमा रास्वपाको जनसभा

दमक/  राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एकैदिन झापाका ठुला मध्येका तीन शहरमा बृहत जनसहभागितामा सभा सम्पन्न गरेको छ ।

दमक, गौरादह र विर्तामोडमा एकैदिन आयोजना गरेको जनसभालाई पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री मुकुन्द ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित आधा दर्जन बढी केन्द्रिय नेताहरुले सम्बोधन गरेका छन । दमकमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यो अवस्थामा ल्याउन एक बर्ष अघि मात्रै स्थापना भएको आफनो पार्टीको कुनै दोष नभएको जिकिर गर्दै लामो समयदेखि राजकाज चलाएका ठुला भनिएका दलहरुको अकर्मण्यता यसको मुख्य कारण भएको तर्क गरे ।

मुलुकमा भइरहेको बिकास र समृद्धिमा अन्य दलहरुको योगदानबारे खासै नबोलेका सभापति लामिछानेले भ्रष्टचार, अनियमितता र देशको गिर्दो आर्थिक अवस्था लगायत सम्पूर्ण जिम्म अन्य ठुला दलहरुले लिनुपर्ने जिकिर गरे ।

दमकमा सभा चलिरहँदा पानी पर्न थालेपछि लामिछानेले आफनो सम्बोधनका क्रममा आँधीहुरी र बर्षाबाट प्रभावित र विचलित नहुने भन्दै सहभागीहरुलाई भने–यहाँ पानी पर्न सक्छ, आँधीहुरी आउन सक्छ रुझ्दै भिज्दै पनि भ्रष्टाचारीहरुलाई लखेटनु परेको छ ।
त्यसैगरी गौरादह बजारमा आयोजना गरेको सभालाई पनि सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार लगायतले सम्बोधन गरेका थिए । त्यसअघि विर्तामोडमा पनि रास्वपाले व्यापक जनहभागितामा पार्टीको सभा सम्पन्न गरेको थियो ।