दमकमा बर्ड फ्लू प्रमाणित फार्मका २० हजार कुखुरा मारिँदै

दमक/ दमक १० स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफलु प्रमाणित भएपछि जिल्लास्तरीय र्यापिट रेसपोन्ज टिमले व्यवस्थित र सुरक्षित रुपमा पंक्षी नष्ट गर्न थालिएको छ ।
दमक एग्रिकल्चर फार्ममा ५ वटा रायापिट रेसपोन्ज टिमले पंक्षी नष्ट गर्ने काम शुरु गरिएको हो ।
२० हजार लेयर्स कुखुरा(पंक्षी) रहेको फार्म रहेका पंक्षी नष्ट गर्ने काम २÷३ दिन लाग्न सक्ने भेटनरी तथा पशु विज्ञ केन्द्र भद्रपुरको प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत सितल भटराईले जानकारी दिइन् ।
फार्ममा २०हजार कुखुरा रहेकोमा ९ हजार कुखुरा मरिसकेका र अरु पनि मर्ने क्रममा रहेको दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रसाईले बताए ।
अध्ययन टोलीको प्रतिवेदन पछि सरकारको पशु सेवा विभागको गत चैत ७ गते पत्रानुसार फार्मलाई केन्द्र विन्दु मानेर तोकिएको संकटग्रस्त क्षेत्रभित्रका बर्डफलु संंक्रमित कुखुराहरु नष्ट गर्ने काम गरिएको हो ।
पशुपन्छी चिकित्सक तथा प्राध्यापक डाक्टर सुबीर सिंहले पंक्षी ( कुखुरा)मा लागेको एच फायब वान (ज्छलज्ञ)भाइरस मानिसमा भने सहजै नसर्ने बताएका छन् । मानिसले कुखुराको मासु पकाउदा ६० डिग्री भन्दा माथिको तापक्रममा पकाउने हुँदा पंक्षीमा हुने भाइरस आफैं स्वत नष्ट हुने डाक्टर सिंहको तर्क छ ।

बर्डफ्लू बारे सरोकारवालाहरुबीच छलफल, करोडौंको नोक्सान, मानव स्वास्थ्यमा जोखिम नरहेको निष्कर्ष

दमक/ झापाको दमक १० का कुखुरापालक किसान देवेन्द्र प्रसाइँको लेयर्स फार्ममा रहेका कुखुरामा बर्ड फ्लू देखिएपछि जनमानसमा उत्पन्न त्रासलाई मध्यनजर गर्दै दमक लेयर्स कुखुरा पालन समुहले आज सरोकारवालाहरुसँग छलफल गरेको छ ।
झापा जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष समेत रहेका व्यवसायी भरतकुमार चम्लागाइँको अगुवाईमा जुम बैठक मार्फत सरोकारवालाहरुले सो बिषयमा छलफल गरेका हुन् । बैठकमा कुखुराको उपचार तथा यस सम्बन्धिको खोज अनुसन्धानमा २० बर्ष अघिदेखि सक्रिय प्राध्यापक डा. सुविर सिंहले अहिले पूर्व क्षेत्रमा पालिएका कुखुराहरुमा देखिएको फ्लू (एच ५, एन १ ) नामक फ्लू भएको बताए ।
उनले यसका बिषयमा विभिन्न माध्यमबाट प्रकाशन प्रशारण भइरहेका सामग्रीहरु तथ्य पूर्ण र वैज्ञानिक खोज अनुसन्धानबाट प्रमाणित किसिमका हुन आवश्यक रहेको सुझाए ।
यो भाइरस लागेका कुखुरा वा अण्डा ६० डिग्री भन्दा माथिको तापक्रममा पकाउँदा स्वतः नष्ट हुने तथ्य विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा यसबारे धेरै नकारात्मक प्रचार प्रसार आवश्यक नरहेको डा. सिंहको तर्क छ ।
सबै पशुपंक्षी र मानिसहरुमा समेत अलग अलग यस्ता भाइरसहरु हुने तर कुखुरामा लाग्ने यो भाइरसका बिषयमा भने धेरैनै आतकंपूर्ण रुपमा फैलाइँदा यसको प्रत्यक्ष अप्रत्यक्ष असर सामान्य किसान र व्यवसायी तथा लगानीकर्ताहरुमा पर्न गइरहेको प्रति सजग हुनुपर्ने पोल्ट्री व्यवसायी संघका केन्द्रिय अध्यक्ष विनोद पोखरेलले बताए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले बर्ड फ्लू मानव स्वास्थ्यसँग समेत जोडिएको बिषय भएकाले स्थानीय सरकारका तर्फबाट अपनाउनु पर्ने सजगता र सतर्कताका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिएको बताइन् । उनले बर्डफ्लूको संक्रमण कुखुराबाट मानिसमा सहजै सर्न नसक्ने तर्क सम्बन्धित विज्ञहरुले गरिरहेकाले आम नागरिकहरु यसबाट अत्तालिनु पर्ने अवस्था नरहेको तर आफ्नो स्वास्थ्यका बिषयमा संवेदनशील हुनु स्वभाविक भएको उनको भनाई छ ।
कुखुरापालक अगुवा किसान माधव पराजुलीले सामान्य किसान र व्यवसायमा असर पार्ने किसिमका नकारात्मक सन्देशहरुका कारण ठुलो आर्थिक नोक्सानी भइरहेको प्रति सजग हुनुपर्ने औंल्याए । उनले विश्वमा देखिने बर्डफ्लूलाई अन्य देशमा स्वभाविक रुपमा लिएर यसको निदान गर्ने गरिएको भए पनि नेपालमा यसलाई ठुलो चर्चाको बिषय बनाइने गरेको टिप्पणी गरे ।
बैठकमा कुखुरामा देखिएको बर्डफ्लूका कारण पीडित बनेका व्यवसायी प्रसाइँले चैत ३ गते केही कुखुरा एक्कासी मरेका र ल्याब परिक्षणका लागि पठाउँदा बर्ड्फ्लू पुष्टि भएको जानकारी दिए । उनले यसपटक अचानक देखिएको फ्लूका कारण आफ्नो व्यवसायमा झण्ड झण्डै तीन करोडको  नोक्सानी ब्यहोर्नु परेको जानकारी दिए ।

लागू औषधसहित पाँच जना पक्राउ

झापा/  झापा, मोरङ र सुनसरीबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ८ गते खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका–४ घर भई हाल अर्जुनधारा नगरपालिका–११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको हो । त्यस्तै मोरङको बिराटनगर–१६ बाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरले बिराटनगर–१५ का मोहन चौधरीलाई ४ ग्राम ६५० मिलिग्राम सहित र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनूसन्धान समुहले सुन्दरहरैँचा नगरपालिका– ६ का बिपिन दाहाललाई १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान–१५ बाट अस्थायी प्रहरी चौकी श्यामचोकले सोहि स्थानका अजय खड्गी र विशाल राईलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन र डिकोलिक १२२० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

पाँचतले मन्दिरमा ‘फायर शो’

भक्तपुर/ आइतबार साँझ आगोको चमकले भक्तपुरको पाँंचतल्ले मन्दिर क्षेत्र झिलिमिली देखिएको छ ।
‘सस्टेनेबल टुरिजम भक्तपुर’ अभियान अन्तर्गत ‘जन्तु फेमिली’ समूहले प्रस्तुत गरेको आकर्षक ‘फायर शो’ हेर्न स्थानीय बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । भक्तपुरको रात्रिकालीन पर्यटनलाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति र साहसिक कला संयोजन गरिएको थियो । कार्यक्रमले साँझपख पनि पर्यटकलाई नगरमा रोक्न सकिने सन्देश दिएको छ ।
सांस्कृतिक अभियन्ता चन्दन ताम्रकारको नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपालसहित विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको थियो । टोलीमा नेपालका चन्दन ताम्राकार र ओसिस भाजू, बेलायतका निमी र जोस तथा ताइवानकी हुवा सहभागी थिए । अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिताले सांस्कृतिक आदानप्रदानमार्फत पर्यटन प्रवद्र्धनको सन्देश दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य सन्देश ‘दिगो पर्यटन’ रहेको छ । अभियन्ता ताम्राकारका अनुसार भक्तपुरमा पर्यटकहरू केही समय मात्र बिताउने प्रवृत्तिलाई परिवर्तन गर्दै साँझको समय पनि आकर्षक बनाउने र बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ । “पर्यटकलाई यहाँको संस्कृति, सम्पदा र वातावरणसँग जोड्दै स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो,” उनले बताए ।
पाँचतल्ले मन्दिर अगाडि गरिएको उक्त फायर शोले भक्तपुर साँझको समयमा पनि सुरक्षित र जीवन्त गन्तव्यका रूपमा विकास भइरहेको संकेत दिएको छ । आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भक्तपुरलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाएको छ ।

टंक आचार्यको “तथास्तुः अवशेष” कृति लोकार्पण

दमक/  साहित्यकार तथा लेखक टंक आचार्य द्वारा लिखित “तथास्तुः अवशेष” नामक कृति लोकार्पण गरिएको छ । शनिबार दमकमा आयोजित संक्षिप्त कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा र बरिष्ठ समालोक तथा साहित्यकार डा. गोबिन्दराज भट्टराईसहित र्जनौ साहित्यकारको उपस्थीतिमा भएको लोकार्पण समारोहको अध्यक्षता शैक्षिक व्यक्तित्व , लेखक एवं साहित्यकार खेमलाल पोख्रेलले गरेका थिए ।
प्रतिभा निकेतन र साहित्यकला संगमको आयोजनामा शील्प एकेडेमी दमकको सभा हलमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

चितुवाको आक्रमणमा प्रहरीसहित पाँच जना घाईते

  झापा/ झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाई स्थित कमल खड्काको मकैवारीमा फेला परेको हिंसक चितुवाको आक्रमणमा परी ५ जना घाईते भएका छन ।
आईतवार दिउसो १ बजेको समयमा मकैवारीमा फेला परेको चितुवाले मान्छे र जनावारलाई आक्रमण गर्न थालेपछि चितुवा पक्रनका लागि कोशीटप्पु बन्यजन्तु आरक्षणको टोली सहित सशस्त्र प्रहरी वल टिमाईको प्रहरीटोलीका सहायक प्रहरी नायक निरिक्षक केदार श्रेष्ठ सहित स्थानीय बुद्धशान्ति गाउँपालिका ६ बस्ने बर्ष ५० का कृष्ण गजमेर, ५४ बर्षिय दुर्गाबहादुर कटुवाल, मेचीनगर नगरपालिका १० का २६ बर्षिय विशाल कार्कीलाई समेत चिथरेर घाईते बनाएको थियो ।

प्रहरी सहित ५ जनालाई नियन्त्रणमा लिनेक्रममा घाईते बनाएपछि आईतवार साँझ ६ बजे स्थानीयले ढुङ्गा प्रहार गरेर मारिदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चितुवाको आक्रमणमा परि घाईते सबैको स्थानीय भागिरथा न्यौपाने अस्पतालमा हाल उपचार भइरहेको र मृतक चितुवालाई डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।
आईतवार दिनभरजसो चितुवा आतंकका कारण यस क्षेत्रमा जनजिवन आतंकित बनेको थियो ।

अक्सफोर्ड स्कूलमा विज्ञान रोबोटिक्स र फुड फेस्टीबल

दमक/ दमक ३ ढुकुरपानीमा सञ्चालित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयमा बिद्यार्थीहरुको सक्रिय सहभागितामा विज्ञान रोबोटिक्स र खाद्य महोत्सव (फुड फेस्टिबल) सम्पन्न भएको छ ।
शुक्रबार आयोजित सो कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न समुहमा आवद्ध भई विज्ञान सम्बन्धिका कलात्मक सिर्जनाहरु प्रदर्शन गरेका थिए ।
उनीहरुले विशेष गरि आदिवासी समुदायमा लोकिप्रय खानेकुराहरु बनाएर अभिभावक तथा कार्यक्रमका सहभागी अतिथीहरुलाई विक्री समेत गरेका थिए । कार्यक्रमका सहभागीहरुले उत्सुकतापुर्वक बिद्यार्थीहरुले गरेका सिर्जनात्मक क्रियाकलापहरुको अवलोकन गरेका बिद्यालय प्रशासनले जनाएको छ ।


कार्यक्रम सफल बनाउन योगदान पुर्याउने शिक्षकहरू, उत्साही विद्यार्थीहरू, सहयोगी अभिभावकहरू र शुभचिन्तकहरूलाई बिद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।
यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनात्मकता, नवीनता र समग्र शैक्षिक र सामाजिक विकासमा समेत विशेष योगदान दिने विश्वास गरिएको बिद्यालयका प्रिन्सीपल गंगादेव चौधरीको भनाई छ ।

 

कर्नर स्टोन फाउण्डेशनको बार्षिक साँस्कृतिक कार्यक्रम

दमक/ मन्टेश्वरी बिधिबाट पठनपाठन सञ्चालन गर्दै आएको दमक १ मा सञ्चालित कर्नर स्टोन फाउण्डेशनले बार्षिक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मातृभुमी पार्टी प्यालेसमा बिद्यालयका निर्देशक युवराज गजमेरको अध्यक्षतामा शुक्रबार भएको सो कार्यक्रममा बिद्यार्थीहरुले परम्परागत साँस्कृतिक पोशाकमा सज्जिएर नृत्य , गीत आदि प्रस्तुत गरेका थिए ।
बिद्यालयले बालबालिकाहरुमा औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै कला प्रतिभाको उजागर गर्ने र उनीहरुमा अन्तर्निहित प्रभिाको बिकास गराउने उद्धेश्यले सो कार्यक्रम गरिएको निर्देशक गजमेरले जानकारी दिए । अभिभावकहरुको उल्लेखीय उपस्थितीबीच बालबालिकाहरुले उल्लासपूर्वक कला, प्रतिभा प्रस्तुत गरेका हुन् ।
हामीले बालबालिकालाई विभिन्न जातजातीका परम्परागत भेषभुषामा सजाएर आफ्नो कला प्रस्तुत गर्ने अवसर दिएका हौं, यसले उनीहरुमा जातजातीका परम्परागत साँस्कृतिक पक्षहरुका बिषयमा पनि अतिरिक्त ज्ञान बढाएको छ भने आफूमा रहेको गायन र नृत्य कलाको बिकासमा पनि टेवा पुगेको छ– निर्देशक गजमेरले भने ।

 

साहित्य कला सङ्गमको रचना वाचन सम्पन्न

विश्व मुख स्वास्थ्य दिवस, दमकमा सचेतनामुलक कार्यक्रम गरिँदै

दमक/ आज २० मार्च । विश्वभर मुख स्वास्थ्य दिवस । विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे आजैको दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।
मुखको स्वास्थ्य सम्बन्धि बढ्दो समस्याका विरुद्ध हरेक नागरिकहरु आफैं सचेत हुन आवश्यक हुने विज्ञहरुको सुझाव छ । मुखको स्वास्थ्यका लागि उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु पनि आवश्यक छ ।
विश्वको जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा मुख सम्बन्धी रोगहरूबाट पीडित भएको पाइन्छ ।
यी मध्य धेरै जसो मुख सम्बन्धी रोगहरूलाई रोक्न सकिने भए पनि उचित उपचार र जनचेतनाको अभावमा मुख स्वास्थ्यका समस्याहरू अझै विद्यमान छन् । एफडीआई अर्थात वल्र्ड डेन्टल फेडेरेसनद्वारा आयोजित, विश्व मुख स्वास्थ्य दिवसमा विश्वभरका राष्ट्रिय दन्त सङ्घहरूले १३० भन्दा बढी देशहरूमा मुख स्वास्थ्य सम्बन्धि सचेतना अभियानहरू सञ्चालन गर्दै आएका छन् । सन् २०१३ वाट विश्वमा यो दिवस मनाउन थालिएको हो ।
यसैबीच विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर आज झापाको दमकमा राष्ट्रिय दन्त संघको अगुवाईमा सचेतनामुलक र्यालीको आयोजना गरिएको दन्त रोग विशेषज्ञ थुलुङ डेन्टल हस्पिटलकी सञ्चालक डा.सोफया थुलुङले जानकारी दिइन् ।
.