दमक/ निजी तथा आवासीय बिद्यालयहरुको संगठन ( प्याव्सन)को दमक नगर समितिले आयोजना गरेको नगरस्तरीय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्बन्धि प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
बिद्यार्थीहरुमा किताबी ज्ञानका अतिरिक्त अन्य बिषयहरुमा समेत प्रतिभा बिकास गराउने उद्धेश्यले हरेक बर्ष आयोजना गरिँदै आएको सो कार्यक्रम यस बर्ष दमक ४ स्थित एकता एकाडेमीमा सम्पन्न भएको हो ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबीच श्रुती लेखन, निवन्ध लेखन, कविता लेखन तथा वाचन, आकस्मिक वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ लगायतका विधामा गरिएको प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँं)को प्रमुख आतिथ्य र दमक नगर शिक्षा संयोजक तथा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको विशेष आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
प्याव्सन दमक नगर अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको सो प्रतियोगितामा ४५ बिद्यालयको सहभागिता रहेको जनाइएको छ । प्याव्सनका अतिरिक्त क्रियाकलाप संयोजक मित्र खत्री रहेका थिए ।
गाउँ नगरस्तरमा सञ्चालित विभिन्न बिधाका प्रतियोगितामा प्रथम हुनेहरुलाई बाल दिवसको अवसर पारेर यही २९ भाद्रमा जिल्लास्तरमा हुने प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।