दमक/ झापा गौरीगञ्जका महिलाहरूलाई महिला हिंसा न्युनिकरण तथा क्षमता अभिबृद्धिका लागि एक दिने प्रशिक्षण सञ्चालन गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. ३,४,५ र ६ का ग्रामिण महिलाहरूलाई गाउँपालिका स्तरिय गठित महिला संजाल संस्थाले तालिम प्रदान गरेको हो ।
महिला संजालकी अध्यक्ष मनिका राईको अध्यक्षतामा भएको तालिममा १ सय भन्दा बढी महिलाहरूको सहभागिता थियो ।
गौरीगञ्ज वडा नं. ४ को बाह्रसुदी, वडा नं. ५ को जनता चौकलगायत वडा नं. ३ र ६ मा भएको कार्यक्रममा सहभागी महिलाहरूलाई लैगिंक हिंसा न्युनिकरण, बाल विवाह तथा छुवाछुत विरूद्वको अभियानका बारेमा प्रशिक्षित गराइएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गौरीगंज प्रहरी निरीक्षक राकेश रेग्मी र बस्तु तथा उपभोक्ता महासंघका सदस्य केदार ढुंगेलले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, पत्रकार आत्माराम राजवंशी, वार्ड नं. ५ का अध्यक्ष विजय प्रसाद सिहं गन्गाई, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीलगायत जनप्रतिनिधिहरूको सहभागिता थियो ।
प्रदेश नं. १ सरकारको १ लाख २८ हजार रूपैयाँ बजेटबाट पुस १९ र २० गते सञ्चालन भएको सो कार्यक्रमको स्वागत संजालकी सहसचिव सर्मिला राजवंशीले गरेकी थिईन भने सञ्चालन नैना भुजेलले गरेकी थिईन । कार्यक्रममा महिला संजालकी उपाध्यक्ष सरस्वती बाबाजी, सदस्य रूकमणी राजवंशी, निरासा रेग्मी लगायतको उपस्थिति थियो ।

Facebook Comments Box