दमक। झापाको कमल ५ पाडाजुङीबाट २ किलोमिटर उत्तर पर्ने बस्तीमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । स्थानीय दिनेश अधिकारीका अनुसार आज बिहान २.३० बजे चुलाचुलीतर्फबाट आएका जंगली हात्तीले सुतेकै ठाउँमा आक्रमण गर्दा सो ठाउँका अम्दाजी ६० बर्षका रोहित रेग्मीको घट्नास्थलमै ज्यान गएको हो । त्यहा एकैसाथ ३ वटा हात्ती प्रवेश गरेका थिए । हात्तीले रेग्मीको घर समेत भत्काएर पुर्ण क्ष्यती पुर्याएको छ । सो क्षेत्रमा यस अघि बारम्बार हातीले मानिसको ज्यान लिनुका साथै घर तथा अन्नबालीमा नोक्सान पुर्याउदै आएपनि दीर्घकालीन समाधान खोजिएको छैन । हात्तीको त्रासका कारण गाउँमा बस्न सक्ने अवस्था हराउँदै गएको छ ।