दमक/दमकको साविक वडा नं १२ हाल वडा नं ७ सिद्धार्थ टोलका एक व्यक्ति लागुऔषध सम्बन्धिको मुद्धामा आठ बर्षपछि पक्राउ परेका छन । ३९ बर्षिय तेजबहादुर मगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
उनको पेशा बैदेशिक रोजगार उल्लेख गरिएको छ । उनीमाथि झापा जिल्ला अदालतले २०७६ भाद्र २ गते ६ बर्षको कैद तथा १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २०७० साल फागुन १४ गते काँकरभिट्टामा दमक १० का दिपेश खरेललाई मे ४ प ९०८६ नम्बरको स्कुटरमा लागुऔषध ब्राउनसुगर १० ग्रामसहित प्रहरीले पक्राउ गरेको थियो । सो घटनामा संलग्न रहेको खुलेका मगर हाल सम्म फरार रहेको भन्दै प्रहरीले शनिबार दमककै थाना रोडबाट पक्राउ गरि आइतबार झापा जिल्ला अदालतमा पैसला कार्यान्वयनका लागि पेश गरेको जनाइएको छ ।
