दमक/ दमकस्थित रिलायन्स फाईनान्स कम्पनीले १२ औं वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई न्यानो सिरक र खाद्यान्न प्रदान गरेको छ । दमक ४ स्थित चियावगानमा रहेको रत्न ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठहरुलाई ७ थान सिरकसहित फलफूल र अन्य खानेकुरा राहत स्वरुप प्रदान गरेको हो । फाइनान्सका शाखा प्रवन्धक प्रकाश ढकालले बैकिङ्ग सेवासंगै सो फाइनान्सले सामाजिक काम समेत गर्दै आएको बताए । सो फाइनान्सले देशभर २१ वटा शाखा मार्फत आफनो सेवा प्रवाह गर्दै आएको बताइएको छ ।
सो राहत हस्तान्तरण कार्यक्रममा आश्रमकी सञ्चालिका अन्जु सुनुवार,सामाजिक अभियान्ता काजी राउत,दिपेन्द्र पौडेल,तुलसा चापागाई,सन्तोस खतिवडा,घनश्याम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
