लायन्स क्लब गौरादहले कोरोनाको कारण लक डउनबाट प्रभावित गौरादहका २१ परिवारलाई आज खाध्यन्न राहत प्रदान गरेको छ । क्लबले वार्ड नम्बर १ ,२ र ३ का २१ परिवारलाई प्रती परिवार २५ केजी चामल, नुन, दाल, तेल र चाउचाउ बितरन गरेको क्लबका अध्यक्ष समेत रहनु भएका त्यस क्ष्रेत्रका युवा सामाजिक ब्यक्तित्व भुपालराज कटुवालले जानकारी दिनु भयो ।
दैनिक ज्यालादारिको भरमा जिविकोपार्जन गर्दै आएका अति बिपन्न ती परिवारलाई परेको समस्यालाई मध्यनजर गर्दै राहत स्वरुप सो सामग्री प्रदान गर्नुका साथै सचेतना जगाउने काम गरिएको हो ।
सो अवसरमा वार्ड अध्यक्षहरु हेमन्त कार्की, नगेन्द्र भण्डारी , लायन्स क्लबका स्थानीय नेता तिलक खनाल ,गौरादह उध्योग बाणिज्य संघ का निबर्तमान अध्यक्ष जीवन राई, सुभलक्ष्मी सहकारी अध्यक्ष प्रकाश कार्की लगायत सहभागी हुनुहुन्थ्यो ।