गाैरीगंज २३, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा १ जनामा आज काेराेना संक्रमण पुष्टि भएकाे छ ।
धरान स्थित प्रयोगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा शुक्रबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका ३५ बर्षिय १ जना पुरूषमा काराेना पुष्टि भएकाे जनाएकाे छ ।
भारतकाे दिल्लीबाट गाैरीगंज आईपुगेका उनकाे जेठ १९ गते स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।

काेराेना संक्रमित उनलाई गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा राखिएको छ । उनीलाई थप उपचारका लागि काेराेना अस्पताल गाउँ पठाउन लागिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

त्यसैगरी गाैरादह नगरपालिका वार्ड नं. ७ का २० वर्षिय एक युवकमा काेराेना संक्रमण भएकाे जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ। उनी भारतकाे सिक्किमबाट घर आएका बेला उनलाई गाैरादहकाे क्वारेन्टाइनमा राखिएकाे थियाे ।

Facebook Comments Box