नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या एकैपटक ५३ बढेर ३ सय ५७ पुगेको छ ।
पछिल्लोपटक बाँकेमा ४६ पुरुष र १ महिला गरी ४७ जना तथा मोरङका १, गुल्मीका १, धनुषाका १, रौतहटका १, दाङका १ र धादिङ १ पुरुष गरी ५३ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार संक्रमित ५७ जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका छन् ।
आजै बिहान ९ जनामा कोरोनासंक्रमण पुष्टि भएको थियो । यस हिसाबले एकैदिन ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।