दमक । एक जना कोरोना पोजिटिभ देखिएको दमक नगर क्षेत्रमा सतर्कताका लागि अपनाइएको लक डाउनको पालना गराउने विषयमा दमक नगरपालिका अडिग हुन सकेको छैन । अत्यआवश्यकीय खाद्य सामाग्रीका पसलहरु खोल्ने दिन, समय तोक्ने बिसयमा नगरपालिकाले पटकपटक आफ्नो निर्णय परिवर्तन गर्दा सर्वसाधारणमा अन्योल छाएको छ भने लक डाउनको पुर्ण पालना हुन समेत सकेको छैन । आज मात्रै नगरपालिकाले दैनिक २ घण्टा अत्यावश्यक पसल खोल्ने निर्णय लिएको छ । यसअघि साताको दुई दिन बुधबार र सनिवार ३/३ घण्टा खोल्ने निर्णय गरेको थियो ।

दुईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक उपभोग्य खाद्य सामाग्रीका पसलहरु दैनिक १२ देखि २ बजेसम्म खुला राख्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कहिले बिहान बेलुका त कहिले दिउँसो , कहिले हप्तामा दुई दिन, कहिले हप्तै भरी बजार खोल्ने निर्णयले नगरबासीहरुमा अन्योल पैदा भएको छ । जोखिमका हिसाबले भने यहाँ कोरोनाका सन्क्रमित नै फेला परेका कारण दमकलाइ निक्कै जोखिम क्षेत्रका रूपमा लिइएको छ ।

Facebook Comments Box