विष्णुप्रसाद पोखरेल
दमक / झापाको दमकमा कोरोना भाइरस संक्रमणको आँंशकामा ७ जना विरामी आईसुलेसनमा भर्ना भएको दमक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जारी गरेको बक्तब्यमा यो जानकारी गराईएको हो । विहिबार एकै परिवारका ३ जनामा आरडिटी पोजेटिभ देखिएको थियो ।
आज दमक अस्पतालको आइसुलेसनमा पुरुष ५ र महिला २ गरी जम्मा ७ जना कोरोना भाइरस शंकाश्पद विरामीहरु भर्ना गरी राखिएको छ, बिज्ञप्तिमा भनिएको छ ।
नगरपालिकाले जानकारी दिए अनुसार शुक्रबारसम्ममा दमकमा ४१ जना क्वारेन्टाइनमा रहेकाछन् । उनिहरुको नियमित स्वास्थ्य जाँच हुँदै आएको छ ।
मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदमा १४ जना रहेको जनाईएको छ । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच आरडिटीमा कोरोना पोजेटिभ देखाएकाहरुको स्वाब परीक्षणको रिर्पोट साँझसम्म आएको छैन । आज ढिलासम्मा परीक्षण सकिने र रिर्पोट आउने जनाईएको छ । फाईल तस्बिर