काठमाडौं- थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको बताए।

यो सँग कोरोना संक्रमितको संख्या ४५ पुगेको छ। आज २४ वर्षिय, ६० र ७२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको देवकोटाले जनाए।

यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक विरामी कोरोना मुक्त भएका छन्। यो सँगै ७ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

Facebook Comments Box