माहाभारा। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एल पी सावाँ आज निर्वाचन क्षेत्र अन्तरगत पर्ने भारत सग सीमा जोडिएको क्षेत्रमा पुगेर त्यहाँको अवस्था बारे स्थलगत जानकारी लिनु भएको छ ।

आज दिउँसो गौरीगन्ज १ महाभारास्थित भारतसग सीमा क्षेत्र जोडिएको कुन्जिबारी बोर्डर आउट पोस्ट्मा पुगेर वहाले त्यस क्षेत्रको नेपाल भारत आवागमनमा रहेको रोक कार्यन्वयनको अवस्था , सीमामा खटिएका सुरक्षाकर्मीहरुको अवस्था र तत्काल आवश्यक पर्ने सामानहरुको बन्दोबस्तीका विषयमा समेत जानकारी लिनु भएको हो ।
त्यस अवसरमा ससस्त्र प्रहरी बोर्डर आउट पोस्टका इन्चार्ज ससस्त्र प्रहरी निरीक्षक अगम राईले त्यस क्षेत्रको अवस्था र समस्याहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

सांसद सावाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका स्थानीय तहहरुमा रहेका बिपन्न राहत कोषमा समान रुपले आफ्नो एक महिनाको तलब र सेवा सुबिधा बापतको रकम उपलब्ध गराउने पनि जानकारी गराउनु भएको छ । वहाँले आफ्नो क्षेत्रमा कुल ३० हजार मेडिकेटेड माक्स र सेनेटाइजर प्रदान गर्न समन्वयकारी भुमिका निर्वाह गरेको पनि जनाउनु भयो । उहाँको निर्वाचन क्षेत्रमा पर्ने हरेक वार्डमा एक एक हजारका दरले माक्स प्रदान गरिएको बताउनु भयो ।