सरकारले ४ महिना सम्मका लागि बजारमा खाध्यन्न सामग्री मौज्दात रहेको भने पनि बजारमा लक डाउनकै बीचमा सबै खानेकुराको दाम बढाएका छ्न । लक डाउन सुरु हुनु अगाडीनै दमकमा गरिएको एक सर्वेक्षणमा खाध्यन्न बस्तुको कारोबार गर्ने ब्यवसायिले ३ महिना का लागि पुग्ने खाध्यन्न मौज्दात रहेको बिबरन स्थानीय सरकार समक्ष राखेका थिए ।

तर अहिले बजारमा अत्यावश्यक मानिएको चामलमा प्रती केजी ५ रुपैयाँ मुल्य बढाएका छन । चामल उध्योगलेनै दाम बढाएका कारण चामलको मूल्य बढाएको ब्यवसायिहरुले बताउने गरेका छ्न । झापाको दमकका एक जना चामल उध्योगीले धानको मुल्य बढेको भन्दै चामलको मुल्यमा त्यही कारण बढाउनु परेको जिकिर गरे । तर यहाँका धान उत्पादक किसानका घर खेतबाट भने कुनै ब्यापारीले यतिबेला धान किनेका छैनन् । उनिहरुले बिचौलिया र चामल बिक्रेता ब्यापारीसगकै मिलेमतोमा चामलको दाम बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेका हुन ।

चामल राहतको रूपमा स्थानीय सरकारले खरिद गर्न थालेपछी त्यसको फाइदा किसानले होइन ब्यापारीले उठाउने मौका पाएका हुन । चामलको मात्रै नभएर राहत सामग्रीको रुपमा बितरन गर्ने गरिएको दाल ,खानेतेल तथा चिनीदेखि विभिन्न मसला तथा तरकारीजन्य सामाग्रीको पनि उसैगरी रातारात मूल्य बढाएका हुन ।

सामानको मुल्य बढाउने र दमकमा बजार खुल्ने समय बढाउने काम सग्सगै भएको छ । बजारमा स्ट्क रहेको सामान बेच्ने गरेका ब्यापारीले मूल्य बढेको भन्दै उपभोक्ताको ढाड सेक्ने काम गरेकोप्रती स्थानीय सरकारले चासो लिने नगरका बजार अनुगमन सम्योजक भीम पौडेलले बताउनु भयो । उहाले बजार बन्दका कारण हुनेखानेहरु पनि राहतको चामल माग्न आउने क्रम सुरु भएका कारण थेग्न नसकेर बजार खुल्ने समय परिवर्तन गरेर बढाइएको उहाँको भनाइ छ ।

Facebook Comments Box