सुदिप पन्त

जब कुनै मनुष्य वा केही मनुष्यहरु  कानुन र न्याय भन्दा माथि हुन्छन । सरकारमा हुन्छन कि शहरमा हुन्छन कि गाउँमा , स्वदेशमा हुन्छन कि बिदेशमा पात्र एउटै अनुहार बेग्लै ।
सहि आवाजहरु पनि मिहिन हुन थाल्छन ,आशाहरु निराशामा बदलिन्छन् । जनता दास हो भन्ने भ्रममा श्रीपेच लगाएको मात्र सपना देख्छन ।
अनि जनताहरु फगत आफ्नै भित्ता रङाएर परिवर्तनको किरण खोज्न थाल्छन । थाकेर सुस्केरा हाल्दै आफ्नै मस्तिस्कमा निराशाका बादलहरुलाई मडारिन दिन्छन ।
सत्य घर भित्र लुक्न थाल्छ मानौ सत्यले ठुलो गलत गरिरहेको छ । चेतना सुन्य हुन थाल्छ, घाम उदाउदा र अस्ताउदाको पलहरु तौलिने घडीको कुनै महत्व हुँदैन । असत्य बजार घुम्न थाल्छ ,खादा सम्मान र पुरस्कारले अनुहार रङयाउन थाल्छ । आज भोली हरेक दिन उसैको हो अनी हरेक रात पनि ।
तर यो त केवल स्वपन दोष हो, क्षितिज पर देखिएको बादलभित्रको फगत आकार हो समय मात्र राजा हो समय मुहान हो परिवर्तन हो अग्लो सगरमाथा हो
समयलाई एक छिन् जिस्काउन सकिएला । केही समय नर्कलाई स्वर्ग बनाउन सकिएला तर गोलो दुनियाँमा भोकाएका पेटहरु जब तड्पिन थाल्छन न्याय मरेको पागल जब जुरुक्क उठ्छ अनि सत्य घरको भित्र कोठाबाट सडकमा आईपुग्छ ।
तब आउने आँधिबेरी ,त्यस्ले ल्याउने कम्पनबाट छोटे राजा महाराजाहरु नत भाग्न सक्छन न त जोगिन सक्छन । तब आगोको मुस्लो र तापमा तड्पिएर अस्ताउनुको बिकल्प छैन ।
हरेक ईतिहासको पन्नाले यही भन्छ जब जब मनुष्य राजा बन्न खोज्छ या राजा बन्छ त्यसैको राप र तापले भस्म हुन्छ ।
हिजो त्यही भएको हो भोली त्यही हुन्छ फरक यति मात्र हो निर्णय समयले गर्छ ,उसका आफ्नै रैतिले उ बिरुद्द जब रगत उमाल्छ ।
समय मात्र राजा हो,राजा नै समय हो , समय नै बलवान हो ।।

क्यालिफोर्निया

Facebook Comments Box