दमक/मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा सञ्चालित एक प्राइभेट बैंकको एटीएम तोडफोड गर्ने दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ९ का २४ बर्षीय मोहम्मद ईम्तियाज र २५ बर्षीय मोहम्मद अनिष हुसेन रहेका छन् । प्रहरीका अनुसार आज बिहान पौने ३ बजे बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध चोरी उद्योग कसूरमा थप अनुसन्धान अघि बढाइएको छ ।