उदयपुर/ उदयपुरको बेलका नगरपालिका ८ कोठु भन्ने ठाउँबाट एक केजी गाँजा सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मंग्रान्ती रहेकी छन् ।

हिजो आइतबार बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बोलेरो पिकअपमा सवार मंग्रातीको जेब्रा झोलामा रहेको गाँजा बरामद गरेको हो । मंग्रान्तीलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान शुरु गरिएको छ ।

Facebook Comments Box