दमक/ दमकमा अझै ३०० जना भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन । चैत्र २५ यता दमकमा देखिन शुरु गरेको कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमितहरु मध्ये १ हजार ५ सय ३२ जना संक्रमण मुक्त भएपनि अझै ३०३ जना सक्रिय संक्रमित रहेका हुन । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले संक्रमितहरुको संख्या यस अघि घटदो दरमा रहेको भएपनि २/३ दिनयता बढिरहेको बताए । उनका अनुसार दोश्रो भेरियन्ट शुरु भएयता दमक अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना हुने संक्रमितको संख्या समेत दुई /तीन दिनयता ह्वात्तै बढेको छ । ३० बेड क्षमताको सो केन्द्रमा आज ( आइतबार ) अपरान्ह सम्ममा २५ जना उपचाररत रहेका छन । अस्ति १०/११ जना संक्रमित मात्रै कोभिड उपचार केन्द्रमा हुनुहुन्थ्यो आज २५ जना पुग्नु भएको छ, यसले पनि दमकमा कोरोना संक्रमितहरुको संख्या र प्रभाव दुबै बढेको पुष्टि गर्छ– भट्टराईले निष्कर्ष न्यूजसंग भने ।
आजै एक महिलाको मृत्यु
यसैबीच केही दिनयता दमकमा संक्रमितको मृत्यु हुने क्रम रोकिएकोमा आज ( आइतबार) थप एक जना संक्रमित महिलाको ज्यान गएको छ । दमकको आम्दा अस्पतालमा उपचाररत दमक ९ की ६१ बर्षिया महिलाको मृत्यु भएको हो । सो संगै दमकमा दोश्रो भेरियन्टबाट संक्रमित मृतकको संख्या २९ पुगेको छ ।

Facebook Comments Box