इटहरी/सुनसरी कोशी गाउँपालिका ८ नङ्खु टोलस्थित पुर्ब–पश्चिम राजमार्गमा हायस माइक्रोबसले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

आज आइतबार बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको सो माइक्रोले बिपरित दिशाबाट आउदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको हो । घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही ठाउँका २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।