खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय एक युवकले आफनै बाबुलाई खुकुरीले हानेर हत्या गरेका छन । स्थानीय सुबर्ण राईले आफ्नै बुबा चन्द्रबहादुर राईको हत्या गरेका हुन् ।
आज आइतबार बिहान पौने ५ बजे उनले ७२ बर्षीय बुबा चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरेका थिए । उनको तत्कालै मृत्यु भएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ । हत्यामा संलग्न सुवर्ण पक्राउ परेका छन ।