दमक/झापाको गौरादह नगरपालिका ४ मैदानघोपामा दुई बर्षिय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय गोपाल भट्टराईका छोरा संयोग भट्टराईको पैनीको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो शनिबार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए । उनका बुबा आमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा ल्याएका थिए । उनको उपचारका लागि ल्याउने वित्तिकै मृत्यु भएको इलाक प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । घटनाका बिषयमा ईलाका प्रहरी कार्यालय दमकको टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box