काठमाडौं/ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ ।

पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो । एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।  विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदेखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ । एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने बताईएको छ ।

Facebook Comments Box