दमक/उर्लाबारीबाट हिजो ( शुक्रबार) देखि मोटरसाइकलसहित हराइरहेका एक युवकको शव जंगलमा शंकास्पद अवस्थामा भेटिएको छ । कानेपोखरी–लेटाङ सडक खण्डमा पर्ने जङ्गलमा उनको शव फेला परेको हो ।
इटहरी १० का ३० बर्षिय उमेश मिश्र गत शुक्रवारदेखि उर्लाबारीबाट मोटरसाइकलसहित बेपत्ता भएका थिए । उनी रुखमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन । हात र खुट्टामा बाँधिएको जस्तो दाग देखिएको मिश्रको शव फेला परेको स्थान नजिकै मोटरसाइकल कुदेका डोव र रगतका टाटा समेत देखिनुका साथै घटनास्थलमा भुइँ मडारिएको भेटिएकोले मिश्रको मृत्यु शंङ्कास्पद रहेको अनुमान गरिएको छ ।
जङ्गलमा निगुरो टिप्ने महिलाहरूले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए घटनाको जानकारी पाएसंगै घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला परेको स्थानबाट केहि पर मृतकको मोटरसाइकल समेत बरामद गरेको छ । कानुनि प्रकृया पुरा गरी मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।