दमक/मोरङ रंगेली नगरपालिका ७ रंगेली बजारमा ट्रिफरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालक रतुवामाई ६ सौठाका ४२ बर्षिय तिलक खडकको मृत्यु भएको हो ।
प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाइकल चालक खडकालाई आज बिहान सवा ९ बजे ठक्कर दिएको थियो । उनलाई रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर रायलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको जनाइएको छ ।