बिर्तामोड/ झापाका पत्रकार तथा वाम विश्लेषक देवकुमार आचार्य ( डि कौडन्य) को स्मृतिमा स्थापित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रतिभा छनौटका लागि समिति गठन गरिएको छ ।


सोमबार विर्तामेडमा बसेको प्रेस संगठन झापाको अन्तरक्रियात्मक बैठकले सो पुरस्कार प्रतिभा छनौटका लागि प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेको संयोजकत्वमा छनौट समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघ प्रदेश समिति सदस्य तथा प्रेस संगठन नेपालका प्रदेश समिति सदस्य लीलाराज झापाली, प्रेस संगठनका जिल्ला अध्यक्ष झुलन रेग्मी, पत्रकार महासंघ झापाका सचिव तथा प्रेस संगठनका नेता डिकेश लामा र पत्रकार महासंघ झापाका सहसचिव राजु पाठक रहेका छन । तत्कालिन शाही सेनाद्धारा झापाको चारआली सैनिक ब्यारेकमा २०५९ साल साउन ७ गते हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य डि कौडिन्यको नाममा स्थापित डि कौडिण्य पत्रकारिता पुरस्कार हरेक बर्ष साउन ७ गते प्रदान गरिँदै आएको छ । यस बर्ष समेत बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार वितरण गरिने जनाइएको छ ।
सो बैठकले पुरस्कारको राशी समेत बढाउने निर्णय गरेको छ । यस अघि नगद १५ हजार रुपैँया राशी रहेको सो पुरस्कारको राशी बढाएर यस बर्ष २१ हजार रुपैयाँ बनाइएको छ । यस अघि सो पुरस्कारबाट पत्रकारहरु चन्द्र भण्डारी, लीला वराल, गन्जबहादुर दाहाल, बिमल लामिछाने र केशव भट्टराई सम्मानित भइसकेका छन ।
आज भएको बैठकमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं नेकपा माओवादी केन्द्रकी नेतृ धर्मशीला चापागाईको प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका झापा जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग बिजयको विशेष आतिथ्य रहेको थियो ।

 

Facebook Comments Box