माछा मार्न पोखरीमा पस्दा ज्यानै गयो

Author Nishkarsha News
२०७८ असार ७, सोमबार १८:१७

दमक/झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधाराका ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो ( आइतबार) बेलुका पौने ६ बजे घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका उनको शव आज भेटिएको हो । ईलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट खटिएको प्रहरी टोलीले आज बिहान १० बजे सोरेनको लास फेला पारेको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्