गौरादह/ झापाको गौरादहमा विपन्नहरुका लागि ९ वटा सुरक्षित आवास ( घर) निर्माण कार्य भइरहेको छ ।
गौरादह नगरपालिका वडा नं १ मा गत आर्थिक बर्ष र चालू आर्थिक बर्षको संघीय सरकारको तराई मधेस समृद्धी कार्यक्रम , प्रधानमन्त्री एवं यस क्षेत्रका विगठित प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीको निर्बाचन क्षेत्र पुर्बाधार क्षेत्र बिकास र वडाको आवास कार्यक्रम अन्तर्गत ति घरहरु निर्माणको चरणमा रहेका वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

निर्माणाधिन ८ वटा मध्ये दुई वटा घर पुर्ण रूपमा बनिसकेका पनि वडाध्यक्ष भण्डारीले बताए । अन्य ६ वटा घर समेत यही असार २५ गते भित्र निर्माण सम्पन्न गर्ने तयारीसाथ काम भइरहेको भण्डारीले बताए । ती सबै घर शौचालयको बन्दोबस्तीसहित बन्ने छन । संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत निर्माण शुरु गरिएका चार घर सरकारले टेण्डर प्रकृया मार्फत निर्माण गरिरहेको हो भने निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम र वडा आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घर सेवाग्राही आफैंल निर्माण गरिरहेका वडाध्यक्ष भण्डारीले बताए ।