ताप्लेजुङका २३ वटा वडामा पहिरोको उच्च जोखिम

Author Nishkarsha News
२०७८ असार ४, शुक्रबार ११:२४

ताप्लेजुङ/ताप्लेजुङका ९ पालिकका २३ वटा वडा पहिरोको उच्च जोखिममा छन् । कूल ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम, फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङ्गोला पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालीखोला र आँङ्खोप उच्च जोखिममा रहेको विपद् समितिले जनाएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाको नाङ्खोल्याङ, थुम्बेदिन र चाक्सिबोटे तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिनका साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले आफ्नो मातहतमा रहेका सरकारी कार्यालय तथा गैह्रसरकारी सङ्घसंस्थालाई क्षमताले भ्याएसम्म बन्दोबस्तीका सामग्रीसहित पूर्वतयारीमा रहन भनिएको पनि जनाएका छन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्