दमक/ झापाको बाह्रदशी २ ( साविक राजगढ) मा कोरोना संक्रमणका कारण एक साताका बीचमा पति पत्नीको निधन भएको छ ।
नेपाली कांग्रेस राजगढका पूर्व गाउँ सभापति समेत रहेका डिल्लीचन्द राजवंशी र उनकी धर्मपत्नी मनसरी राजवंशीको यसैसाता निधन भएको हो । ७० बर्षिय डिल्लीचन्दको हिजो ( बिहिबार) बिएण्डसी हस्पिटल विर्तामोडमा उपचार गराएर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उनकी पत्नी ६० बर्षिया मनसरीको गत शनिबार विर्ता सिटी हस्पिटल विर्तामोडमा मृत्यु भएको थियो । एक साता नबित्दै एकै परिवारका पति पत्नीको निधनले सो गाउँ शोकाकुल बनेको छ । ( स्रोत –टाइम्स अफ प्रदेश)

Facebook Comments Box