दमक/पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका ८ मा मंगलबार राती भएको सवारी दुर्घटनामा घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बेलुका ८ बजे भएको सवारी दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका थापाको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पुर्वबाट आउदै गरेको रोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही ठाउँका ३० बर्षीय रुपक खड्का समेत घाईते भएका छन । उनको धरानमा उपचार भईरहेको छ । रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतमलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।