झापा/ झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता अर्थात् असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरे पनि केही खुकुलो बनाएको हो । बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णय गरेको छ । ती पसलहरूले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ । टाइम्स अफ प्रदेशबाट